ढाँचा:प्रमुख लेख/कृतिखम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृतिखम्ब

कृतिखम्बा अथवा किर्तिस्तम्भ शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएकाले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानिय भाषामा यसलाई किर्तिखम्ब भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपुर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ।

दुल्लु कीर्तिखम्ब बजार स्थित यस किर्तिस्तम्भको उचाईं २ मिटर ७६ सेमी., चौडाई ५० सेमी. र मोटाई ८ सेमी. रहेको छ। पृथ्वीमा चन्द्र सूर्य रहुन्जेलसम्मको लागी धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठुलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाई कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र ॐ मणिपद्मे हुँ उतकिर्ण गरिएको छ। सम्पूर्ण स्तम्भको तलदेखी माथीसम्म किनारमा दुईवटा रेखा बनाइएको छन्। अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको वनदना गरिएको छ। स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ। यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागी घोट्ने गर्नाले स्तम्भको चारै तिर घोटिएको छ। स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गैरहेका छन्। (पूरा  पढ्नुहोस्...)