ढाँचा:प्रमुख लेख/फेब्रुअरी, २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सचिन तेन्दुलकर

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतका भुतपूर्व क्रिकेट खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेटर्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडी अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । (पूरा  पढ्नुहोस्...)