सामग्रीमा जानुहोस्

ढुङ्गेसाँघु मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढुङ्गे साँघु मेला नेपालको पोखरा सहरको सेती नदीको किनारमा रहेको सीताघाटमा हरेक वर्ष माघे संक्रान्तिको दिन मनाइने पर्व हो। [] मेलामा पोखरा र छिमेकी जिल्लाबाट हिन्दू तीर्थयात्री आउने गर्दछन् । [] त्रेतायुगदेखि मेला लाग्दै आएको मानिन्छ । [] तर लिखित दस्तावेजमा मेला विसं १९६४ देखि लाग्दै आएको उल्लेख छ । []

मेला हेर्न शिव, ब्रह्मा, विष्णु, याक्च्य, गण्डर्व, अप्सरालगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान राम र सीता आफ्नो जीवनकालमा सीताघाटमा आएको विश्वास गरिन्छ। []

मेलामा स्थानीय उत्पादन बेच्ने पनि गरिन्छ। [] मेलामा मुख्यतया फलामका भाँडाकुँडा बिक्री हुने गरेको छ । [] मेलाको बारेमा विभिन्न पप गीतहरू पनि छन्। []

  • २०७६ सालमा मेलाका लागि प्रयोग गरिएको जग्गा गैरकानुनी रूपमा निजी प्रयोजनका लागि बेचेको थाहा भएपछि विवाद सुरु भएको थियो । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  • नेपालमा मेलाहरूको सूची
  1. १.० १.१ १.२ १.३ १.४ पोखरा, सन्देश श्रेष्ठ, "ढुंगेसाँघुको मेलैमा", अन्तिम पहुँच २०२४-०१-१६ 
  2. २.० २.१ न्यूज, गण्डक (२०२४-०१-१६), "पोखराको ढुंगेसाँघु मेलामा भक्तजनको घुईंचो", Gandak News, अन्तिम पहुँच २०२४-०१-१६ 
  3. "माघे संक्रान्तिमा मेलैमेला", अन्तिम पहुँच २०२४-०१-१६ 
  4. "सरकारी जग्गा व्यक्तिका नाममा", अन्तिम पहुँच २०२४-०१-१६