तपन सिन्हा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तपन सिन्हा
जन्म(१९२४-१०-०२)२ अक्टोबर १९२४
कलकत्ता, बङ्गाल राज्य बेलायत भारत
(हालको कलकत्ता, पश्चिम बङ्गाल, भारत)
मृत्यु१५ जनवरी २००९(२००९-०१-१५) (८४ वर्ष)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
कार्यकालसन् १९४६–२००१
जीवनसाथीअरुन्धती देवी

तपन सिन्हा (बङ्गाली: তপন সিন্হা २ अक्टोबर १९२४–१५ जनवरी २००९) एक प्रख्यात भारतीय चलचित्र निर्देशन थिए। [१]तात्कालिक समयमा उनका साथै सत्यजित रोय, ऋत्विक घटक र मृणाल सेन प्रख्यात चलचित्र निर्देशक थिए। उनले मुख्यतया बङ्गाली चलचित्रमा निर्देशन गर्थे र त्यसको साथसाथै उनले भारतीय चलचित्रहरूमा पनि काम गरेका थिए। उनले आफ्नो चलचित्र कार्यकाल अन्तर्गत कालबुलीवाला (सन् १९५७), लोहा-कापत, सगिनी महतो (सन् १९७०), अपनजान (सन् १९६८), सफेद हाथी (सन् १९७८) र आजका रविनहुड जस्ता सफल चलचित्रहरूमा निर्देशन गरेका थिए।[२] सिन्हाले सन् १९४६ मा आफ्नो कार्यकाल शुरूुवात कोलकातामा नयाँ थिएटर फिल्म प्रोडक्सन हाउसमा ध्वनी इन्जिनियरको रूपमा गरेका थिए भने त्यसपछि सन् १९५० मा उनी इङ्ल्याण्ड गए जहाँ उनले अर्को दुई बर्षसम्म पाइनवुड स्टुडियोमा काम गरे, घर फर्किनु अघि उनी भारतीय चलचित्रमा ६ दशक लामो कार्यकाल शुरू गरेका थिए जहाँ उनले बङ्गाली, हिन्दी र उडिया भाषाहरूमा चलचित्र बनाउँदै, सामाजिक यथार्थवाद, पारिवारिक नाटक, श्रम अधिकार आधि विधामा चलचित्र निर्माण गरेका थिए।[३]

सिन्हाको जन्म सन् १९२४ अक्टोबर २ का दिन भारतको कोलकाता, पश्चिम बङ्गाल राज्यमा भएको थियो। उनको चलचित्र प्रति समानुभूति उसको विद्यार्थी जीवनबाट शुरू भएको थियो। उनले भातलपुर स्थित एमई विद्यालयमा ५ कक्षा सम्म अध्ययन गरेका थिए भने पछि उनी उक्त विद्या माध्यमिक विद्यालयमा परिणत भएको थियो। उक्त विद्यालयका प्रधानध्यापक सुरेन्द्र गङ्गोपाद्याय थिए जो शरतचन्द्र चट्टोपाध्यायको मामा थिए। उनले पटना विश्वविद्यालयमा भौतिक विज्ञान विषयमा अध्ययन गरे र पछि उनले कलकत्ता विश्वविद्यालयमा एमएससी गरेका थिए। उनले भारतीय चलचित्रकी अभिनेत्री अरुन्धती देवीसँग विवहा गरेका थिए। उनको छोरा अनिन्द्या सिन्हा एक वैज्ञानिक हुन्। १५ जनवरी २००९ का दिन उनको निमोनियाका कारण निधन भएको थियो। सिन्हाको श्रीमतीको मृत्यु भने सन् १९९० मा भैसकेको थियो।[४] सगीना महतो र सफेद हाथी जस्ता उल्लेखनीय चलचित्र बनाएका सिन्हाले विभिन्न श्रेणीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू सहित १९ पुरस्कार द्वरा सम्मानित भएका थिए। भरत स्वतन्त्र भएको ६०अौम्ह जयन्तीमा भारत सरकारले उनलाई चलचित्र जगतमा उल्लेखनीय योगदानका लागि अवार्ड लाइफ टाइम एचिभ्मेण्ट द्वरा सम्मानित गरेको थियो। सिन्हा द्वरा निर्देशित पहिलो चलचित्र उपहार थियो जुन १९५५ मा सार्वजनिक गरिएको थियो। सन् १९५६ मा सार्वजनिक भएको चलचित्र काबुलीवाला उनको दोस्रो चलचित्र थियो। यस बाहेक एक डाक्टरकी मौत, सगीना अौर आदमी उनको सफल चलचित्रहरू थिए।

चलचित्रहरू[सम्पादन गर्ने]

  • अङ्कुस (सन् १९५४)
  • उपहार (सन् १९५५)
  • तनसील (सन् १९५६)
  • काबुलीवाला (सन् १९५७)
  • लोहा कपत (सन् १९५८)
  • काला माटी (सन् १९५८)
  • खानिकार अतिथि (सन् १९५९)
  • झिन्देर बन्दी (सन् १९६१)
  • हाँसुलीबाँकेर उपकथा (सन् १९६२)
  • निर्जन सैकटे (सन् १९६३)
  • जतुरिहा (सन् १९६४)
  • आरोही (सन् १९६४)
  • अतिथि (सन् १९६५)
  • गल्पा हलेओ सत्यि (सन् १९६६)
  • हाटे बाजारे (सन् १९६७)
  • अपनजान (सन् १९६८)
  • सगिना महतो (सन् १९७०)
  • इखोनी (सन् १९७१)
  • जिन्दगी जिन्दगी (सन् १९७१)
  • सगिना ((सन् १९७४)
  • राजा (सन् १९७५)
  • हार्मोनियम (सन् १९७६)
  • एक जे छिलो देश (सन् १९७७)
  • सफेद हाथी (सन् १९७८)
  • सबुजा द्विपेर राजा (सन् १९७९)
  • बनचेर्मर बागान (सन् १९८०)
  • आदालत ओ एकटी मेय (सन् १९८२)
  • आदमी अौर अरत (सन् १९८२)
  • मानुस (सन् १९८३)
  • दिदी (सन् १९८४)
  • बैदुर्य रहस्य (सन् १९८५)
  • आतङ्क (सन् १९८६)
  • आजका रविनहुड (सन् १९८७)
  • एक डाक्टरकी मौत (सन् १९९१)
  • अन्तरधान (सन् १९९२)
  • ह्वील चियर (सन् १९९४)
  • डटर्स अफ दिस सेञ्चुरी (सन् १९९९)
  • अजब गयर अजब कथा (सन् १९९८)
  • अनिखा मोती (सन् २०००)


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Never Have I Made the Same Kind of Film: An Interview With Tapan Sinha (Part-I) – Learning and Creativity", Learning and Creativity (en-USमा), अन्तिम पहुँच ३ मार्च २०१६ 
  2. "Top Indian filmmaker Sinha dies", BBC News 
  3. "7th Berlin International Film Festival: Prize Winners", berlinale.de, अन्तिम पहुँच २९ डिसेम्बर २००९ 
  4. "Award-winning Indian film-maker influenced by Capra and Wilder", The Guardian, १२ मे २००९। 

बाह्य सूत्र[सम्पादन गर्ने]