तोप चरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालीमा 'तोप चरा' वा 'कोटेरो' भनेर चिनिने यस चरा भँगेरा वर्गका हुन| यसलाई कतै कतै 'सुजेरो', 'बकेचो' पनि भनिन्छ । धादिङ जिल्लातिर भने 'तोलायँ' भनेर पनि चिनिन्छ । समूहमा बस्न रुचाउँछन् । त्यसैले कोटेरोका गुँड एकै ठाउँमा यसरी भेटिने गरेका हुन् ।

नेपालमा खासगरी हिउँद याममा मंसिर लागेपछि उच्च पहाडी भागबाट पोथीहरूभन्दा केही दिन अगाडि नै भालेहरू तराईतिर लाग्छन| मध्य नेपाल को उच्च पहाड बाट भने केही काठमाडौं उपत्यकातिरै पनि बस्छन्जा। अनि उपयुक्त ठाउँमा गुँड बनाउन अडिन्छन् । यस्तै तराईमा पाइने तोप चराहरू जेठ लागेपछि पुन उकालो लाग्छन| तोप चराको मुख्य आहार धान र गेडागुडी हो । बालीनाली र पानी भएका पोखरीको छेउछाउमा बस्न रुचाउने तोप चराले कहिल्यै पनि कीरा फट्याङ्ग्रा खाँदैनन् । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेंलो हुन्छ । पोथी फुस्रा हुन्छन् । प्रजननकालमा भालेहरूको पहेंलो भाग टल्किएर आउँछ । यसको कारण भालेहरू प्रजननका लागि तयार छन् भन्ने सङ्केत हो । यस्ता रङ्गले भालेहरूको स्वास्थ्यको सङ्केत गर्ने तथ्य वैज्ञानिकहरूले औँल्याउने गरेका छन् ।

काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् । यी चराको हूलमा भालेभालेबीच कसले राम्रो गुँड बनाउने भन्नेसमेत होडबाजी नै चल्छ । 'फिस्टे चरा' वा 'सोली फिस्टो' -अङ्ग्रेजी भाषामा "टेलर बर्ड" र 'कोटेरो' को वर्ग एकै भए पनि सोली 'फिस्टो' ले सकेसम्म आˆनो गुँड लुकाएर बनाउँछ । 'कोटेरो' ले भने सबैले देख्ने गरी बनाउँछ । यिनीहरूलाई खराब मौसम र शत्रुबाट आˆना गुँड बचाउन पाए पुग्छ । गुँडलाई हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन्, जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । गुँड पनि अर्को हाँगाबाट सहजै नभेटिने गरी बनाउँछन् । एकदमै सुरक्षित छ भन्ने लागेमा र गुँड बनाउने उपयुक्त ठाउँ अलि सीमित लागेमा गुजुप्प पारेर थुप्रै गुँड पनि बनाउने गर्छन् । जमिनबाट नभेटियोस् भनेर कम्तीमा १५ फिट उचाइमा मात्रै बनाउँछन| ।अधिकांश चराहरुमा भालेले सामान ओसारिदिने, मिलाईदिने गरेर सहयोग गरिदिने र पोथीले गुँड बनाउने देखिए पनि कोटेरोको गुँडको अधिकांश भाग भालेहरूले बनाउने गर्छन् । गुँड बनाएपछि जब पोथीहरू आइपुग्छन् तब भालेहरू आफूले बनाएको गुँडमा बसेर पोथीलाई बोलाउँछन् । केही दिनपछि पोथीहरू आएर भालेले बनाएका गुँड निरीक्षण गर्छन् फुल पार्ने कोठा कत्रो र कस्तो छ ? भित्र पस्ने ढोका कस्तो छ ? गुँडको बाहिरी आवरण कसरी बुनेको छ ? कस्तो र कति सुरक्षित हाँगामा बनाएको छ ? पोथीले सबै कुराको निरीक्षण गर्दछ । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । गुँड बनाउन बाँकी रहेको काममा फत्ते पार्न पोथीहरूले साथ दिन्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी नपाएर जिल्लिने पनि हुन्छन् । लामो यात्रा

गुँड नबनाउने कालिगढ पोथी नपाएर जिल्लाराम