सुनौलो तोपचरा
सुनौलो तोपचरा | |
---|---|
![]() | |
भाले सुनौलो तोपचरा, उत्तराखण्डमा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. megarhynchus
|
वैज्ञानिक नाम | |
Ploceus megarhynchus Hume, १८६९ |
सुनौलो तोपचरा नेपाल र भारतको गङ्गा र ब्रह्मपुत्र उपत्यकामा पाइने एक चरा हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। यसले मे देखि सेप्टेम्बर महिना सम्म प्रजनन गर्ने गर्दछ। [२]
शारीरिक विवरण[सम्पादन गर्ने]
सुनौलो तोपचरा ठुलो नाप र ठोँड भएको हुन्छ । बच्चा कोरल्ने समयको भालेको तल्लो भाग र नितम्ब पहेँलोसाथै छातीमा गाढा टाटा हुन्छन् । बच्चा कोरल्ने समयको पोथीको टाउको फिक्का पहेँलोदेखि पहेँलोपहेँलो खैरो र फिक्का पहेँलो देखी मैलोमैलो सेतो तल्लो भाग । अल्पवयस्क र बच्चा कोर्लने समय बाहिरको वयस्क बच्चा कोरल्ने समय बाहिरको बया तोपचरा जस्तै देखिने ।
भौगोलिक अवस्थिति[सम्पादन गर्ने]
सुनौलो तोपचरा नेपाल र भारतमा मात्र पाइने गर्छ । नेपालको सन्दर्भमा यो चरा विशेषत कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने गर्छन ।
प्रमुख वासस्थान[सम्पादन गर्ने]
सुनौलो तोपचराको उपयुक्त वासस्थान तराइका ओसिला जमिन र घाँसेमैदान हो । यो चरा विशेष वर्षामा डुवानमा परेका घाँसेमैदानहरु, छरिएर रहेका रूखहरु यो बस्न रुचाउने स्थान हुन् । समूहमा बस्न रुचाउने यो चराले रुख तथा अग्ला घाँसका डाठहरूमा गूँड लगाउँछ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ बर्डलाइफ इन्टरनेसनल (२०१२), "Ploceus megarhynchus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण २०१२.१, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ बर्डलाइफ इन्टरनेसनल (२००९) प्रजातिहरूको तथ्यपान्ना: Ploceus megarhynchus. बर्डलाइफ इन्टरनेसनल: सुनौलो तोपचरा
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सुनौलो तोपचरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- सुनौलो तोपचरा - विवरण