थान्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Painting Thangka Lhasa Tibet Luca Galuzzi 2006.jpg
Bhutanese Drukpa applique Buddhist lineage thonka with Shakyamuni Buddha in center, 19th century, Ruben Museum of Art.jpg

थान्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो। यो नेपाली हस्तकलाको विविध विधा मध्ये एक मौलिक कला हो। यो चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ।[१] यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्‍याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ। यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखनभन्दा यो फरक रहेको छ।

थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो। जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए। चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको थियो भन्ने धारणा रहि आएको छ | त्यसबेलाको नालन्दा विश्वविद्यालय -हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो। तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे। पछि तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए। उनीहरूको उद्देश्य फेरियो। उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए। उनीहरूका चेला-चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन्। आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो, तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो। त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री-वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन्।

नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पो सँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वाश गरिन्छ | यो कला नेपालीको हातमा मात्र भएकाले यो नेपाली कला हो, तिब्बती होइन। हाल वजारमा पाईने थान्कामा नेपाली पौभा चित्रको प्रभाव रहेको छ |

यो पनि हेर्नुहोस‍[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "थाङ्का–पौभामा संस्कृति", कान्तिपुर दैनिक, २० मे २०१८, अन्तिम पहुँच ०१ सेप्टेम्बर २०१९