दराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Draz
उद्योगई-बाणिज्य
स्थापित२०१२; १२ वर्ष अघि (२०१२)
स्थापनाकर्तारकेट इन्टरनेट
सेवा क्षेत्र
बङ्गलादेश, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलङ्का
उत्पादनहरूखुद्रा
मूल सङ्गठनअलिबाबा समूह
वेबसाइटदराज.कम
(कर्पोरेट)
दराज.कम.बीडी
(बङ्गलादेश)
शप.कम.एमएम
(म्यानमार)
दराज.कम.एनपी
(नेपाल)
दराज.पीके
(पाकिस्तान)
दराज.एलके
(श्रीलङ्का)

दराज एक दक्षिण एसियाली अनलाइन खुद्रा बिक्रेता हो जुन २०१२ मा एक जर्मन कम्पनी, रकेट इन्टरनेटद्वारा बनाईएको थियो । दराज समूहले पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्काम्यानमार लगायतका दक्षिण एसियाली देशहरूमा आफ्नो ई-वाणिज्यमा आधारित वेबसाइट सञ्चालन गर्दै आइरहेको छ । मे २०१८ मा, दराज समूहलाई चीनीयाँ ई-वाणिज्य कम्पनी, अलिबाबाद्वारा अधिग्रहण गरिएको थियो र हाल सम्म पनि यो अलिबाबाकै स्वामित्वमा रहेको छ । यसको सेवा पुर्ण रूपमा नेपाल जुलाई २०१६ मा सुरुवात गरिएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

२०१२ मा, दराजले आफ्नो सञ्चालनलाई पाकिस्तानमा अनलाइन फेसन खुद्रा बिक्रेताको रूपमा सुरू गरेको थियो । यसले आफ्नो रणनीति परिवर्तन गर्यो र नोभेम्बर २०१४ मा एक सामान्य अनलाइन बजारको रूपमा आफुलाई स्थापित गर्न पुग्यो । दराज समूह जनवरी २०१५ मा बङ्गलादेश र म्यानमारमा पनि अनलाइन खुद्रा बिक्रेताको रूपमा आफ्नो सेवा क्षेत्र बिस्तार गर्यो ।

सेप्टेम्बर २०१६ मा, पाकिस्तान, बङ्गलादेश र म्यानमारमा सञ्चालन जारी रहनका लागि दराज डट पिकेले कोषको पहिलो चरणमै ५५ लाख डलर सुरक्षित गर्यो । ६०% लगानी अघिल्लो दराजका लगानीकर्ता, एसिया प्यासिफिक इन्टरनेट ग्रुप (एपीएसीएजीआईजी)बाट आएको थियो भने संयुक्त अधिराज्यमा एक राज्यको स्वामित्वको विकास फाइनान्स संस्था (डीएफआई)बाट लगभग ३ .४ बिलियन प्रबन्धन अन्तर्गतको सीडीसी ग्रूपबाट ४०% लगानी भएको थियो ।[१][२]

दराज समूह पहिले देखि नै पाकिस्तान, बङलादेश र म्यानमार जस्ता दक्षिण एसियाली क्षेत्रहरूमा आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । जुलाई २०१६ मा दराजले श्रीलङ्का र नेपालमा पनि सेवा सुरु गरेको थियो ।

दराज समूहका पाँच क्षेत्रीय बजारहरू (पाकिस्तान, बङ्गलादेश, नेपाल, म्यानमार र श्रीलङ्का) ४६० मिलियन मानिसहरू सम्म यसको सेवा बिस्तारमा रहेकोे छ र यस क्षेत्रका ६०% जनसङ्ख्या ३५ वर्ष भन्दा कम उमेरका छन् । दक्षिण एसियामा सेवा गरेको दराज अलीबाबा समूहको स्वामित्व रहेकोे छ ।

मे २०१८ मा दराज समूहले चीनीयाँ कम्पनी अलिबाबा समूहमा अज्ञात सम्झौता को लागि हस्ताक्षर गरेको थियो । यो कदम लाज्दा समूहमा अलिबाबाको अधिग्रहणको दुई वर्षपछि भएको थियो, जुन दक्षिण पूर्वी एसियाली बजारमा रकेट इन्टरनेट समूहद्वारा सुरुगरिएको थियो । अलिबाबा समूहले सिङ्गापुरमा रेडमार्ट चलाउँछ र भारतको पेटीएम र इन्डोनेसियाको टोकोपिडियामा आफ्नो शेयर हालेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नाजबर्ग, एडम (८ मे २०१८), "अलिबाबाले दक्षिण एसियाको एक ठूलो अनलाइ खुद्रा बिक्रेता दराजलाई आफ्नो सहायक कम्पनीको रूपमा स्थापित गरेको छ", अलिजिला डटकम, अन्तिम पहुँच ८ मे २०१८ 
  2. "दराज अलिबाबा समूहमा अनुबन्ध भएको छ", दराज डटकम, अन्तिम पहुँच ८ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट