दुधकुण्ड
Jump to navigation
Jump to search
दुधकुण्ड नेपालको सोलुखुम्बु जिल्ला, टाक्सिन्दु गाविस वडा न. ८मा अवस्थित धार्मिकस्थल हो। नुम्बुर हिमाल (६,९५९ मीटर),खाटाङ (६,८५३ मीटर) र कर्योललुङ (६,६८१ मीटर) अग्ला सुन्दर हिमालका काखमा रहेको यस कुण्ड समुन्द्रीसतहदेखि लगभग ४,५३१ मीटर उचाइमा अवस्थित छ। सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकोले यसलाई दुधकुण्ड भनिएको हो। यसै धार्मिकस्थलको नामबाट नै सोलुदुधकुण्ड नगरपालिकाको नाम राखिएको छ।