दुर्गा सप्तशती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देवीमहात्म्य/चण्डी पाठ

१३ अध्यायमा ७०० श्लोक बाट बन्दना गरिएको चण्डी पाठ मार्कण्डेय पूराणको दुर्गा बाट भएको महिषाशुर बधको साराशं हो | शाक्त संप्रदायमा यसको बिषेश स्थान छ | दुर्गासप्तशतीमा दुर्गालाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मंगला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा ,क्षमा, शिवा,धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ। उपर्युक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ। साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरूपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ। श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन्। यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन्।

दुर्गासप्तशतीको पारम्भमा ऋग्वेदीय देवीसूक्त रहेको छ। यसमा देवीको महìव दर्शाइएको छ। देवीको महत्ता, नीतिसँग सम्बन्धित कुरा, राष्ट्रियता, साम्राज्यवादी असुरहरूको विरोधको कुरा यस कृतिमा दर्शाएको छ। दुर्गा सप्तशतीमा आर्य जातिको सङ्गठन शक्तिको विधान बन्न सक्ने गरी प्रस्तुत छ। यसमा सङ्गठित शक्तिको विशेष वर्णन छ। भनिन्छ-यसमा राजनीतिको मुख्य सिद्धान्त शक्ति विज्ञान छ र् प्रत्येक व्यक्तिलाई संसारमा कुशलतापूर्वक सभ्य जीवन बिताउन सक्ने राजनीतिक विज्ञानको ज्ञान यसबाट उपलब्ध हुन्छ |

पुराणमा देवीको आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएको बताएको छ। यस्तै, वैश्यले वैराग्यबाट दुर्लभ ज्ञान पाइ मोक्ष प्राप्ति गरेको कथन छ। दुर्गा सप्तशतीमा भगवती दुर्गालाई सर्वमान्य माताका रूपमा विशेष प्रेमपूर्वक श्रद्धा अर्पण गरिन्छ। श्रद्धाभक्तिका साथ जगदम्बा दुर्गाको आराधना गर्नु बडादसैँको एक महìवपूर्ण पक्ष हो।

दुर्गा सप्तशतीको प्रथम अध्यायमा मेघाऋषिले राजा सुरथ र समाधिको प्रसङ्गमा भगवतीको महिमा बताइ मधु-कैटभ दानवको बध गरेको सुनाइएको प्रसङ्ग छ। दोस्रो अध्यायमा देवताहरूको तेजसमेतले देवीको प्रादुर्भाव र महिषासुरका सेनाका बधको कुरा उल्लेख छ। अध्याय तीनमा देवीबाट महिषासुर सेनापति र स्वयं महिषासुरको बधको सविस्तार वर्णन छ। अध्याय चारमा इन्द्र आदि देवताहरूद्वारा देवीको स्तुति गरिएको छ। अध्याय पाँचमा देवताहरूद्वारा चामुण्डाद्वारा देवी अम्बिकाको रूपको प्रशंसा सुनेर बिहेको प्रस्ताव साथ दूत पठाएको प्रसङ्ग छ। अध्याय छैठौँमा देवीद्वारा धुम्रलोचन बधको उल्लेख्य छ। अध्याय सातौँमा चण्ड र मुण्डको बध र अध्याय आठौँमा रक्तबीजको बध र सविस्तार उल्लेख छ। अध्याय नवौंमा निशुम्भको बध अध्याय दशौँमा शुम्भ बधको कुरा वणिर्त छ। एघारौँ अध्यायमा देवताहरूद्वारा देवीको स्तुति र देवीद्वारा देवताहरूलाई वरदान दिएको कुरा उल्लिखित छ। अध्याय बाह्रमा देवी चरित्रको पाठ -स्तुति) महात्म्य, अध्याय तेह्रमा राजा सुरथ र व्यापारी वैश्यलाई देवीबाट प्राप्त बरदानका बारेमा उल्लेख गरिएको छ।

दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा ४२, पाँचौँमा १२९, छैठौँमा २४, सातौँमा २७, आठौँमा ६२, नवौँमा ५६, दशौँमा ३२, एघारौँमा ५५, बाह्रौंँमा ७२, तेह्रांँमा २८ श्लोक रहेका छन्। यी श्लोकमध्ये मार्कण्डेयऋषिले भने, वैश्यले भने, राजाले भने ब्रहृमाले भने, भगवान्ले भने, देवीले भनिन्, देवताले भने, दूतले भन्यो ५४ श्लोकका विभिन्न अध्यायमा छन्। अर्द्धश्लोक विभिन्न अध्यायमा ४२ रहेका छन्।

दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन्। यसमा १ हरफे श्लोक पनि रहेका छन्।

विजया दशमीमा दुर्गा सप्तशतीको पाठलाई अत्यन्त महìवपूर्ण पक्ष मानिन्छ। माता पार्वती देवी महात्म्यमा श्लोक, अर्धश्लोक, उवाच, गरी सम्पूर्ण सात सय मन्त्र रहेका छन्। यी मन्त्रहरूबाट जगदम्बाले अर्थ, धर्म, काम, मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने कार्य हुन्छ भन्ने विश्वास रहेको छ। महाकाली दशभुजा, महालक्ष्मी अष्टादश भुजा, महासरस्वती, अष्टभुजा रहेको प्रचलित धारणा छ।