धनराज गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धनराज गुरुङ्गबाट अनुप्रेषित)
धनराज गुरुङ
नेपाली कांग्रेसको उपसभापति
पद बहाली
२०७८ मंसिर २९
पूर्वाधिकारीविजयकुमार गच्छदार
संविधान सभा सदस्य [१]
कार्यकाल
२००८–२०१७
निर्वाचन क्षेत्रसमानुपातिक सूची
नेपाल विद्यार्थी संघको सभापति
कार्यकाल
१९९६–१९९७
व्यक्तिगत विवरण
जन्मस्याङ्जा, गण्डकी प्रदेश, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

धनराज गुरुङ नेपाली कांग्रेसका नेता राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट यस दलका उपसभापति निर्वाचित भएका थिए।[२] उनी पूर्व संविधानसभा सदस्य पनि हुन्।[३] [४]

गुरुङ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केही समय सभापति भएका थिए।[५][६]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेस स्याङ्जा जिल्ला उपसभापति धनराज गुरुङ समानुपातिक प्रणाली अन्तर्गत संविधानसभामा सभासद भएका थिए। वि.सं. २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका ४२ वर्षीय गुरुङ वि.सं. २०५३ मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति, वि.सं. २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका थिए। राजनीतिक सङ्घर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङले युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि एक्यवद्ध गर्ने कुरामा विशेष रुचि राख्‍छन्। धनराज गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले विभिन्न नेपाली पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दै आएका छन्। एक छोराका पिता गुरुङको रुचि समाजसेवामा पनि छ। सैद्धान्तिक स्पष्टता, लगनशीलता र जुझारूपनले आफूलाई संविधानसभामा पुर्‍याएको बताएका थिए।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://rajpatra.dop.gov.np/welcome/book/?ref=20588
  2. "Khadka, Gurung elected NC vice-president", himalayantimes, २०२१-१२-१६, अन्तिम पहुँच २०२१-१२-१५ 
  3. "नेपाल राजपत्र", राजपत्र, अन्तिम पहुँच २०२१-१२-१५ 
  4. "को हुन काङ्ग्रेस नेता धनराज गुरुङ (बिस्तृतमा पढ्नुहोस्) - नुवाकोट एक्स्प्रेस: मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस", www.nuwakotexpress.com, अन्तिम पहुँच २०२१-१२-१५ 
  5. "नेविसंघको ४८ वर्ष ११ महाधिवेशन, १८ सभापति", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-१५ 
  6. "के गर्दैछ नेविसंघ?", Nepal Live, अन्तिम पहुँच २०२१-१२-१५ 
  7. संविधान सभा निर्वाचन पोर्टल