धौलीको ब्या: (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"धौलीको ब्या:"
चेतन बोहरा र राजेन्द्र भट्टको एकल
सार्वजनिक३ नोभेम्बर २०१७
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०३:१७
लेबलम्युजिक नेपाल
गीतकार(हरू)राजेन्द्र भट्ट
साङ्गीतिक भिडियो
"धौलीको ब्याः" युट्युबमा हेर्नुहोस्

धौलीको ब्या: डोटेली भाषाको डिजे गीत हो। यस गीतमा स्वर डोटेली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक चेतन बोहराको रहेको छ।[१]

यस गीतमा छायाङ्कन प्रकाश खड्काले गरेका छन् भने सम्पादन मिलन बिक गरेका छन् र यस गीतलाई निर्देशन विक्रम चौहानले गरेका छन्। यस गीतमा शब्द तथा सङ्गीत राजेन्द्र भट्ट लोकप्रिय नाम मिष्टर आरजेको रहेको छ। यसमा श्रव्य तिर्सना म्युजिकको रहेको छ। यो गीत नेपाली गीत सङ्गीत बजारको लोकप्रिय प्रकाशन म्युजिक नेपालको युट्युब खातामा का ३ नोभेम्बर २०१७ दिन सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा २० लाख भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ। [२]

साङ्गितिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यको लम्बाई ३ मिनेट १७ सेकेण्डको रहेको छ।  यसको आधिकारिक श्रव्य दृश्यमा नर्तक अञ्जली अधिकारी, गायक चक्र बम, र्‍यापर मिष्टर आरजे र नेत्र ठकुल्लालाई प्रस्तुत गरिएको थियो जसको सुरुवातमा अभिनयकर्ता (अञ्जली अधिकारी) र (चक्र बम) एउटा सिँढीबाट तल झर्छन् र उनले अञ्जली अधिकारीलाई आफुसँग टाँस्दै उनको गालामा आफ्नो हातको अौंलाले स्पर्श गर्छन् र उनी लजाउँछिन्। दृश्य मिष्टर आरजे देखा पर्छन् र र्‍याप प्रस्तुत गर्दै उनको र आफ्नो वर्णन गर्छन् र उनको पछाडि सबैजना नर्तकलाई घेर्दै एता र उती तान्न खोज्छन्। सबै जना गीतको धुनमा नृत्य प्रस्तुत गर्न थाल्छन्। त्यसपछि नव विवाहित जोडिहरू एउटा बेञ्चीमा बसिरहेको उनले देख्छन् र सबैजना मिलेर नृत्य प्रस्तुत गर्न थाल्छन्। गीतमा मिष्टर आरजे पनि समावेश हुन्छन् र एउटा युवकले नर्तक महिलाफाई चुम्बन गर्न खोज्छन् जसमा उनको ठाउँमा प्रमुख पात्र (गायक) चक्र बम अचानक आउँछन् र उनको गालामा झापड हान्छन्। महिलाले आफ्नो कपाललाई झड्कारेर पछाडि लान्छिन् र उनले आफ्नो चस्मा खोल्छन् र सहयोगीहरूका साथ नृत्य प्रस्तुत गर्न थाल्छन्। 

नृत्य प्रस्तुत गरेको केही सेकेण्ड पछि महिलाले उनलाई बोलाउँछिन्। उनको नजिक पुगेर उनले उनलाई स्पर्श गर्छन् र केही छिन पछि उनले पानी भरिएको बेलुनमा उनलाई चुम्न दिन्छन्। उक्त बेलुनलाई चुम्ने बित्तिकै बेलुन फुट्छ र सबै पानी उनको अनुहार भरि छरिन्छ। त्यसपछि गीतमा नृत्य समावेश हुन्छ। र्‍यापर मिष्टर आरजे र्‍याप हान्दै उनी भएको ठाउँमा आउँछन् र उनलाई आफ्नो कुरा उक्त र्‍यापबाट प्रस्तुत गर्न थाल्छन्। उनी त्यसपछि मुस्कुराउँछिन् र चक्र बमले उनलाई आफुसँग टाँसि गीत मार्फत भावनाहरू व्यक्त गर्छन् जसमा पछि मिष्टर आरजे पनि दृश्य समावेश भई अभिनय गर्छन्। शालिकलाई घेरिएर राखेको ठाउँमा ५,६ जना देखा पर्छन् जसमा एकजना युवकले गीत गाउँछन्। एकछिन पछि अञ्जली अधिकारी र चक्र बम एकै ठाउँमा टाँसिएर बसेको दृश्य समावेश हुन्छ। सोही युवक र मिष्टर आरजे पनि दृश्य समावेश हुन्छन्।

श्रव्य दृश्यमा महिला सहित सबै जना नाच्न थाल्छन् र उनी केही छिन पछि दौडिएर भाग्छिन् र अरूले भने नृत्य कायमनै राख्छन्। चक्र बमले एउटा प्लाष्टिकको फूलमा र आफ्नो शरिरमा अत्तर छर्कन्छन्। उनले उक्त फूल उनलाई दिन एकजना युवकलाई अर्‍हाउँछन् र उनले महिलालाई दिन खोज्दा उनले उनलाई थप्पड हान्छिन्। पछि त्यही फूल उनले सुङ्छिन् र बेहोर भए जसरी ढल्छिन् र उनलाई पुरुषले ढल्दा ढल्दै च्याप्प समाउँछन् र उनी उठेर उक्त फूलले उनलाई हान्छिन् र रिसाउँदै त्यहाँबाट जान्छिन्।

गीतको दृश्य अँध्यारोमा पुग्छ जसमा सबै जना एकै ठाउँमा बस्छन्। मिष्टर आरजेले र्‍याप गाउँदै उनलाई सुझाव दिन्छन्। त्यसको केही छिन पछि एकजना युवकले गीत गाउँछन्। पुरुषले उनलाई समाउँछन् र उनीहरू बाहेक उपस्थित सबैजना नाच्छन्। अर्का युवकले उनको छेउमा आई उनको गालामा स्पर्श गर्छन्। पछि उनीहरू दुई जना दृश्य अङ्गालोमा बाँदिन्छन् र नृत्यको प्रस्तुतिकरण पछि श्रव्य दृश्यको अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]