नरबहादुर लिम्बु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अपांग आधिकारक लागि लामो समयदेखि क्रियाशील ब्यक्तित्व हुन् नरबहादुर लिम्बु । उनको जन्म पुर्बी नेपालको तेह्रथुम जिल्लाको मोरयाङ गा.बि.स.मा भएको हो । उनी १५ बर्ष नेपाल नेत्रहीन संघका अध्यक्ष बने । अहिले संघको कार्यकरी सल्लाहकारमा छन् ।

जीवनी[सम्पादन गर्ने]

नरबहादुर लिम्बुले बाल्यकाल भोजपुर जिल्लामै बिताए । उनका दुइ दिदी बहिनि जन्मी सकेका थिए तर उनको आमा बुवामा छोरानै चाहिन्छ भन्ने मान्यताले जरा गाडेको रहेछ । ताप्लेजुङको पाथीभरा देवीको दर्शन गरे सन्तान प्राप्ति हुन्छ भन्ने मान्यता भएकाले दुइ दिन हिडेर उनकि आमा पाथीभरा दर्शन गर्न जानु भएछ । पाथीभरा दर्शन पछि नरबहादुर लिम्बुको जन्म भएछ ।उनि जन्मेको डेढ बर्षमै बुवा बित्नुभयो । उनि चार बर्षको हुदा उनलाई टाइफाइड भएछ । त्यती बेला गाउँमा अस्पताल हुने कुरैभएन । टाइफाइडको ज्वरोले तीन महिना थला परे । तीन महिनामा ज्वरो त सन्चो भयो तर टाइफाइडले आँखाको ज्योति गुम्यो । उनको घर देखि आधा घण्टा टाढा गौराखोरी मा.बि. स्कूल थियो । साथीहरुको पछी लागेर त्यहि स्कूल जान्थे र पढाएको सुन्थे । कोहि शिक्षकले कक्षामा बसे पनि वास्ता गर्दैन थिए भने कोहि शिक्षक बस्न नदिएर बाहिर निकाली दिन्थे । यसै गर्दा गर्दै उनले 'क' 'ख' सबै कण्ठ पारि सकेका थिए । बुवा गुमाउनु, दृष्टि गुमाउनु उनको समस्या छँदै थियो, त्यस पछी उनि ९ बर्षको छँदा आमा पनि गुमाउन पुगे । एउटा दिदीको बिहे भइसकेको थियो भने कान्छी दिदि उनि भन्दा ३ बर्ष मात्रै जेठी थिइन् । केहि दिन ठुलो बाको छोराको घरमा बसे | उहाँलहरुको आर्थिक अवस्था राम्रो नभएकाले त्यस पछी अरुको घरमा काम गर्न बसे | घरको सबै काम गरि दिन्थे । सानो बच्चा हेर्ने, घास काटने, बारी खन्ने स्सकेको सबै काम गरि दिन्थे । एक पटक नरबहादुर लिम्बुकि फूफुले उनको समस्या त्यस बेलाका म्याङ्लुङ गाउँ पंचायतका प्रधानपन्च देबिबहादुर तुम्बाहाम्फेलाई सुनाईदिनु भएछ |आरु धेरै जनाले उनको समस्या थाहा पाएका थिए | २०३१ सालमा मुमाबडामहारानी रत्नराज्य लक्ष्मी शाह म्याङ्लुङ आइन | उनि नेपाल बाल सङ्गठनको संरक्षक थिइन् | म्याङ्लुङमा बाल मन्दिर उदघाटन गर्न आएको बेला प्रधानपन्च तुम्बाहाम्फेले उनको समस्या रत्नलाई सुनाईदिए | पुस महिनामा रत्न म्याङ्लुङ आएकि थिईन | त्यसको २० दिनपछि नै बोलावट भयो | बिराटनगरबाट अन्चालाधिसले हवाईजहाज चढाएर काठमाडौं ल्याए | बाल मन्दिरमा दृटिबिहिनलाई पढाउने व्यवस्था थिएन | त्यसैले उनलाई अन्धा अपांग संघमा ल्याईयो | त्यहा नै उनले ब्रेल लिपिमा लेख्न सिके | लेख्न पाउदा धेरै खुसी लाग्यो | त्यतिबेला उनले 'सिकारी र चरी' शिर्षकमा एउटा कविता लेखे र साथीहरुलाई सुनाए | साथीहरुले मन पराए पछी उनि दंगदास भए | उनको गीत गाउने पनि सोख थियो | रेडियो नेपालमा गएर गीतपनि रेकर्ड गराए | पहिलो गीत रेकर्ड गराउडा उनि १२ बर्षका थिए | त्यस बखत उनले ५ वटा गीत रेकर्ड गराए | यहाँ उनले कक्षा ४ सम्मको पढाई पुरा गरे | राजा बिरेन्द्रकि दिदि शान्ति सिंहले उनको त्यस पछीको पढने व्यवस्था कीर्तिपुरको ल्याबोरोटरी स्कूलमा गरि दिइन् | उनि ठुलो भइसकेकाले ल्याबोरोटरी स्कूलले ४ बाट एकैचोटी ८ मा भर्ना लियो | लेख्न ब्रेल लिपि थियो तर ब्रेल लिपिका सबै किताब पाईदैनथ्यो | आँखा देख्ने साथीहरुलाई पढन लगाउने र आफुले सुन्ने गरिन्थ्यो | त्यहि आधारमा परिक्षा दिइन्थ्यो | [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://ekantipur.com/kantipur/epaperhome.aspx?issue=1112015 ई कान्तिपुर, कोपिला

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]