नर्मदा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नर्बदा जिल्लाबाट अनुप्रेषित)
नर्मदा जिल्ला
नक्सा
नर्मदा जिल्ला
गुजरातमा जिल्लाको स्थानको अवस्थिति
गुजरातमा जिल्लाको स्थान
निर्देशाङ्क: २१°५२′१२″उ॰ ७३°३०′०″पू॰ / २१.८७०००°N ७३.५००००°E / 21.87000; 73.50000निर्देशाङ्कहरू: २१°५२′१२″उ॰ ७३°३०′०″पू॰ / २१.८७०००°N ७३.५००००°E / 21.87000; 73.50000
देश भारत
राज्यगुजरात
मुख्यालयराजपीपला
क्षेत्रफल
 • जम्मा२७५५ किमी (१०६४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा५९०२९७
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटnarmada.nic.in

नर्मदा जिल्ला भारतको गुजरात राज्यको एक प्रशासनिक जिल्ला हो। यस जिल्लाको उत्तरमा वडोदरा र छोटा उदयपुर जिल्ला, पूर्वमा महाराष्ट्र राज्यको नंदुरबार जिल्ला, दक्षिणमा सुरततापी जिल्ला र पश्चिममा भरुच जिल्ला रहेका छन्। यस जिल्लाको क्षेत्रफल २,७५५ वर्ग किलोमिटर रहेको छ भने यस जिल्लाको जनसङ्ख्या ५,९०,२९७ (सन् २०११ को जनगणना अनुसार) रहेको छ। सन् २०११ मा यो १०.४४ प्रतिशत सहरी थियो। सन् २०११ को तथ्याङ्क अनुसार, यो गुजरातको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला (३३ मध्ये) डाङपोरबन्दर पछि तेस्रो सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला हो।

यो जिल्ला अक्टोबर २, १९९७ मा बनाइएको थियो। नवगठित जिल्लामा तत्कालीन वडोदरा जिल्लाको तिलकवाडा तालुका र तत्कालीन भरूच जिल्लाको ३ तालुकहरू: नन्दोद, देडियापाडा र सागबारा समावेश थिए।[१] सन् २००६ मा पंचायती राज मन्त्रालयले नर्मदालाई देशको २५० सबैभन्दा पिछडिएका जिल्लाहरू मध्ये एक (कुल ६४० मध्ये) को रूपमा नामकरण गरेको थियो। यो गुजरातको छ वटा जिल्लाहरू मध्ये एक हो जसले हाल पिछडिएको क्षेत्र अनुदान कोष कार्यक्रमबाट रकम प्राप्त गरिरहेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About District", Narmada District Panchayat। 
  2. Ministry of Panchayati Raj (सेप्टेम्बर ८, २००९), "A Note on the Backward Regions Grant Fund Programme", National Institute of Rural Development, मूलबाट अप्रिल ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २७, २०११