नागरिक समाज
नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपमा विश्लेषण गरेका छन् र त्यसमा विशेष दक्षिण एसियाली राष्ट्रहरू अछुतो छैनन् ।
कार्यहरू
[सम्पादन गर्नुहोस्]सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्त्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुघ्द-दर्शक भएर बस्दैन । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ । समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।
विशेषताहरु
[सम्पादन गर्नुहोस्]- मुनाफारहित तथा सेवामुखी भावना
- गैरसरकारी तथा गैरराजनीतिक चरित्र
- सरकार बाहिर रही सरकारलाई उत्तरदायी र पारदर्शी तुल्याउने समूह
- विचार तथा कुनै आस्थाबाट मुक्त
- स्वयम्सेवी समूह
- लोकतान्त्रिक चरित्र
- नागरिकमैत्रि तथा नागरिक हित केन्द्रित
- सत्य, न्याय तथा जनहितको हिमायती।
महत्वहरु
[सम्पादन गर्नुहोस्]- राज्यका गतिविधिलाई नागरिक हित केन्द्रित तुल्याउन,
- आम नागरकहरुमा सचेतना अभिवृद्धि गर्न,
- सरकारलाई निरंकुशताबाट बचाई प्रजातान्त्रिक तुल्याउन,
- सामाजिक न्याय प्रवर्द्धन गर्न,
- लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन,
- राष्ट्रिय महत्वका विषयहरुमा जनमत तयार तथा एकता कायम गर्न,
- सामाजिक विभेद,विकृती तथा भ्रष्टाचारको अन्त्य गर्न,
- दवावमूलक कार्यक्रमहरु संचालन गर्न,
- शासकीय संयन्त्रलाई जिम्मेवार तथा जवाफदेही तुल्याउन।
नागरिक समाजका स्वरुप/प्रकारहरु
[सम्पादन गर्नुहोस्]- आर्थिक समूह: नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स आदि।
- पैरवी समूह: नेपाल बार एसोशियसन, प्रोपब्लिक आदि।
- राजनैतिक समूह: निर्वाचन पर्यवेक्षण समूह, मानव अधिकार संघ आदि।
- शैक्षिक तथा सूचनामूलक समूह: नेपाल प्रज्ञा प्रतिष्ठान, प्रेस चौतारी आदि।
- धार्मिक तथा सांस्कृतिक समूह: विश्व हिन्दु महासंघ, विश्व बौद्ध महासंघ आदि।
- पेशागत समूह: चिकित्सक संघ, किसान संघ आदि।
- सामाजिक सेवा समूह: नेपाल रेडक्रस सोसाइटी, नेपाल परोपकार संघ आदि।