नागेश्वरी उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नागेश्वरी

নাগেশ্বরী
उपजिल्ला
नागेश्वरी is located in बङ्गलादेश
नागेश्वरी
नागेश्वरी
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लाकुडिग्राम जिल्ला
क्षेत्रफल
 • जम्मा४१५.८ किमी (१६०.५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२७९,७७५
 • घनत्व६७०/किमी (१,७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
५६६०
वेबसाइटआधिकारिक नक्सा

नागेश्वरी (बङ्गाली: নাগেশ্বরী) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

नागेश्वरी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°५९' देखि २६°१३' उत्तर अक्षांश र ८९°३५' देखि ८९°५२' पूर्वी देशान्तरणमा अवस्थित छ। नागेश्वरी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७६.४५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भुरुङ्गामारी उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, कुडिग्राम सदर उपजिल्लाले दक्षिण, भारतको आसाम राज्यले पूर्व र फुलबाडी उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, दुधकुमार, नाओडाङ्गा आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

सन् १९५४ मा यस उपजिल्लाका मओलाना अब्दुल हामेद खान भासिनीले यस उपजिल्लाको राईगञ्जबाट बाङ्लामा एक खेगाओ आन्दोलनको प्रतिवाद गर्न एक सभा सञ्चालन गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २ सेप्टेम्बर १९७१ का दिन राजाकारहरूको एक समूहले कुमारपुर पुल ध्वस्त पार्ने क्रममा बङ्गलादेशको मुक्तिमा लागि लडिरहेका लडाकुहरू शमशेर आली बसुनिया, रोस्तक आली, अब्दुल खलेक, जामसेद आली र मिजानुर रहमानलाई गिरफ्तार गरेका थिए। १९ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच राईगञ्ज पुलमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ समाद, मिजार र आली हुसैन मारिएका थिए। बङ्गलादेश स्वतन्त्रता युद्धका बेला पाकिस्तानी सेनाले खमेर मौजा अन्तर्गत सन्तोषपुर सङ्घमा ६२ सर्वसाधारणहरूको हत्या गरेका थिए। त्यसको सँगसँगै पाकिस्तानी सेनाले ३५ स्थानीय मानिसहरूलाई उत्तर पश्चिममा नागेश्वरी स्वास्थ्य केन्द्रमा आगो लगाई हत्या गरेका थिए।[२]

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३२२३३९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६१८०० छ भने महिलाको जनसङ्ख्या १६०५३९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३०५०११ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७९२१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५६, इसाई धर्मवलम्बीको जनसङ्ख्या १०१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५० रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ८५० मस्जिद र १७ हिन्दु मन्दिरहरू रहेका छन्। नागेश्वरी सवारीसाधन बिसौनी मस्जिद, बाजार जामे मस्जिद, मादाइखाला काली मन्दिर आदि यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.३०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२७% ले पोखरी, ०.३६% ले टुटी र ५.०७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४३.६८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ६ शिशु हेरचाह तथा प्रशुति गृह केन्द्र १ आँखा अस्पताल र ४ सामुदायिक स्वास्थ्य केन्द्रहरू रहेका छन्। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको भुकम्पमा यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, चामल, बाँस, प्याज, लसुन, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका तिल, खैनी, सखरखण्ड, कोदो र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, ८५ दुग्ध सङ्कलन केन्द्र तथा २० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ७६.०५% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.५९%, उद्योग तथा व्यापार ०.३८%, वाणिज्यमा ७.५५%, सञ्चार तथा यातायातमा २.३२%, निर्माण क्षेत्रमा ०.५९%, सुविधामा ३.३०%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.०४% र अन्यमा ६.०५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

नागेश्वरी थानको स्थापना सन् १७९३ मा भएको थियो भने सन् १९८३ अप्रिल १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १४ सङ्घ परिषद्/वडा, ७९ मौजा/महल्ला र १३६ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर २९.८४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३६.१९% छ भने महिलाको साक्षरता दर २३.५२% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नागेश्वरी डिग्री क्याम्पस (सन् १९६७), मादमरगञ्ज उच्च विद्यालय (सन् १९७१), नवमसी बहुभाषिक उच्च विद्यालय (सन् १९७१), पूर्व रामखन्दा सरकारी प्राथमिक विद्यालय (सन् १९००), पागल सरकारी प्राथमिक विद्यालय (सन् १९००), नवाशी सरकारी प्राथमिक विद्यालय (सन् १९०३), पियरादाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १९०७), नागेश्वरी आलिया मदरसा (सन् १०६०), नवाशी आलिया मदरसा (सन् १९६०), भतिरबन्दा जेडी एकेडेमी (सन् १०४५), नागेश्वरी दयामय उच्च विद्यालय (सन् १९४५), डिएम एकेडेमी (सन् १९४६) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. हरी चन्द्र (सन् २०१२), "नागेश्वरी उपजिल्ला", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. জেলা উন্নয়ন পরিক্রমা। ২০০১-২০০৫, গণযোগাযোগ অধিদপ্তর, তথ্য মন্ত্রণালয়, ডিসেম্বর ২০০৫
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]