भुरुङ्गामारी उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भुरुङ्गामारी

ভুরুঙ্গামারী
उपजिल्ला
भुरुङ्गामारी is located in बङ्गलादेश
भुरुङ्गामारी
भुरुङ्गामारी
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लाकुडिग्राम जिल्ला
क्षेत्रफल
 • जम्मा२३६ किमी (९१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा१७६,८२२
 • घनत्व७५०/किमी (१,९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटभुरुङ्गामारीको आधिकारिक नक्सा

भुरुङ्गामारी (बङ्गाली: ভুরুঙ্গামারী) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्ने]

भुरुङ्गामारी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २६°०२' देखि २६°१४' उत्तर अक्षांश र ८९°३६' देखि ८९°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। भुरुङ्गामारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्य र आसाम राज्यले उत्तर, नागेश्वरी उपजिल्लाले दक्षिण, भारतको आसाम राज्यले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, दुधकुमार, फुलकुमार आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[१]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ११ नोभेम्बर १९७१ का दिन भुरुङ्गामारी उपजिल्लालाई पाकिस्तानी सेनाबाट स्वतन्त्र घोषणा गर्दा खेरी कुल ५९ भारतीय शसस्त्र सेना र ५ बङ्गलादेशी लडाकुहरू मारिएका थिए। २० नोभेम्बरमा राइगञ्जलाई स्वतन्त्र गर्नु अघि पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिकन लागि लडिरहेका लडाकु बीच थुप्रै प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ १०० भन्दा बढी पाकिस्तानी सेनाहरू मारिएका थिए र यसको सँगसँगै पाकिस्तानी सेनालाई यस उपजिल्ला प्रवेश गर्न लाग्दा प्रतिरोध गर्ने क्रममा बङ्गलादेशी लडाकुहरूले सोनाहाट पुललाई ध्वस्त पारेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १९७०७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९७७७५ छ भने महिलाको जनसङ्ख्या ९९२९५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९२६३६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३३९०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३४ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ५२० मस्जिद र १४ हिन्दु मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ९२.५५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२२% ले पोखरी, ०.३१% ले टुटी र ६.९३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ३५.७५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ६ शिशु हेरचाह तथा प्रशुति गृह केन्द्र १ आँखा अस्पताल र ३ निजी स्वस्थ्य केन्द्रहरू रहेका छन्। सन् १९५७ र सन् १९९३ मा आएको बाढीले यस उपजिल्लाका थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। [२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर, जैतुन आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, चामल, बाँस, प्याज, लसुन, कुखुरा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका तिल, सखरखण्ड, कोदो र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, ५ दुग्ध सङ्कलन केन्द्र तथा ३२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ७५.२% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.१५%, उद्योग तथा व्यापार ०.४%, वाणिज्यमा ८.०६%, सञ्चार तथा यातायातमा १.४८%, निर्माण क्षेत्रमा ०.४४%, सुविधामा २.९९%, धार्मिक सेवामा ०.११%, वैदेशिक रोजगारी तथा भाडामा ०.३% र अन्यमा ६.८७% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय भुरुङ्गामारी थानको स्थापना सन् १९१५ मा भएको थियो भने सन् १९८३ अप्रिल १० का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १० सङ्घ परिषद्/वडा, ७१ मौजा/महल्ला र १२४ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर २९.८४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३६.१९% छ भने महिलाको साक्षरता दर २३.५२% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, ४० माध्यमिक विद्यालय, १३५ प्राथमिक विद्यालय र २७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; भुरुङ्गामारी डिग्री क्याम्पस (सन् १९६७), भुरुङ्गामारी महिला डिग्री क्याम्पस (सन् १९९४), भुरुङ्गामारी पाइलट उच्च विद्यालय (सन् १९२५), पतेश्वरी बरकटिया उच्च विद्यालय (सन् १९५०), थाङ्गाघाट बहुभाषिक उच्च विद्यालय (सन् १९६१), धमेरहाट सरकारी प्राथमिक विद्यालय (सन् १९५०), भुरुङ्गामारी नमुना सरकारी प्राथमिक विद्यालय, बउसामाडी सिनियर मदरसा (सन् १९३८), भुरुङ्गामारी सिनियर मदरसा (सन् १९४८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. জেলা উন্নয়ন পরিক্রমা। ২০০১-২০০৫, গণযোগাযোগ অধিদপ্তর, তথ্য মন্ত্রণালয়, ডিসেম্বর ২০০৫
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]