निकलोडियन (पाकिस्तान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकलोडिएन
सुरुवात२३ नोभेम्बर २००६; १७ वर्ष पहिले (२००६-११-23) (वास्तविक) १० नोभेम्बर २०१६; ७ वर्ष पहिले (२०१६-११-10) (पुनर्स्थापित)
बन्द३१ अक्टोबर २०१६; ७ वर्ष पहिले (२०१६-१०-31) (वास्तविक)
मालिकएआरवाई समूह
दृश्य ढाँचा४:३ (५७६आई, मापदू)
देशपाकिस्तान
भाषाअङ्ग्रेजी
उर्दु
प्रसारण क्षेत्रपाकिस्तान
प्रधान कार्यालयकराची, सिन्ध, पाकिस्तान
भातृ च्यानल(हरू)एआरवाई न्युज
एआरवाई डिजिटल
एआरवाई म्युजिक
एआरवाई क्युटिभी
एआरवाई जिन्दगी
एचबिओ पाकिस्तान
वेबसाइटआधिकारिक वेबसाइट
उपलब्धता
उपग्रह
एसियास्याट सेभेनfrq. 4060 V
केबल
डिडब्ल्युएनसूचीहरू हेर्नुहोस्
इन्टरनेट दूरदर्शन
पिटिसिएल स्मार्ट टिभीच्यानल २१

निकलोडियन पाकिस्तान वा निक पाकिस्तान निकलोडियन अन्तर्राष्ट्रियको पाकिस्तानी सहायक हो, जुन घरेलु मिडिया कम्पनी एआरवाई समूहको अङ्कीय सञ्जाल सहायक भायाकम अन्तर्राष्ट्रिय मिडिया सञ्जालहरूसँग एक ब्राण्ड अनुमतिपत्र र कार्यक्रम सम्झौता अन्तर्गत सञ्चालित छ।[१]

सञ्जाल एसियाभरि ७ वटा उपग्रहहरूको प्रयोग गरी पाकिस्तानमा तार तथा उपग्रह दर्शकहरूमा प्रसारित हुन्छ र यसका कार्यक्रमहरूको केही अंश उर्दु भाषामा अनुवादित वा उपशीर्षकको रूपमा प्रस्तुत छन् साथै केही सामग्रीहरू यसको भारतीय सहायक सञ्जाल मार्फत प्रत्यक्ष आयात गरिन्छ जुन भायाकम१८ को स्वामित्वमा रहेको छ। कहिलेकाहीँ यसले पश्चिमी बजारका बालबालिकाहरूका लागि समर्पित चलचित्रहरूको पनि अनुमतिपत्र प्रदान गर्दछ।

विवाद तथा आलोचनाहरू[सम्पादन गर्नुहोस्]

दूरदर्शन च्यानलका कार्यक्रमहरू उर्दु भाषामा अनुवादित वा उर्दु उपशीर्षकमा हुनुपर्ने ठाउँमा च्यानलहरूले शब्द तथा सन्दर्भहरूमा हिन्दी लिपीमा समाहित गरेकाले, सन् २००५ मा, पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणले धेरै गैर-निजी च्यानलहरूको प्रतिबन्धको सम्बन्धमा एउटा आदेश जारी गरेको थियो। हिन्दी संस्करणहरू प्रत्यक्ष रूपमा भारतबाट आयात गरिएको थियो।

२०१० को सुरूमा, पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणले पुनः बालबालिकाको दूर्दसन सञ्जालहरूको विरूद्धमा सूचना जारी गर्दै निकलोडियन र कार्टुन नेटवर्कको अनुमतिपत्रलाई निलम्बन गरेको थियो र उनीहरूलाई प्रसारणबाट गर्नबाट रोक लगाएको थियो। यसै बीच, पाकिस्तानी सरकारले पिटिभी वा बालबालिकाहरूका लागि लक्षित अर्को घरेलु प्रसारणकर्ताले सञ्जाल प्रक्षेपण गर्नको लागि निजी प्रसारणकर्ताहरूलाई प्रतिस्थापित गर्नका लागि पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणले भाषा मापदण्डको अनुपालन सुनिश्चित गर्न असफल भएको थियो।

१ अगष्ट २०११ मा सूचना तथा प्रसारण मन्त्री फिरदौस आशिक अवानले निकलोडियन र कार्टुन नेटवर्कको अनुमतिपत्र पुनर्स्थापनाको घोषणा गरेकी थिइन् जसले उनीहरूलाई प्रसारणमा फर्काउन अनुमति दिएको थियो तर उनले घरेलु पाकिस्तानी प्रसारणकर्ताहरूले बालबालिकाहरूका लागि प्रसारण गर्न नपाउने निराशा व्यक्त गरेकी थिइन्। [२]

सन् २०१६ अस्थायी सञ्जाल निलम्बन तथा थप कठिनाइहरू[सम्पादन गर्नुहोस्]

सन् २०१६ को युरी आक्रमण पश्चात्, पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणले पुनः निकलोडियन पाकिस्तानमा ध्यान केन्द्रित गरेको थियो। एआरवाई र भायाकमसँग सहकार्य गरी सञ्जालले, लागतको चिन्ताक कारण निकलोडिएन भारतसँग कार्यक्रमको साझेदारी गर्न सुरु गरेको थियो। नियामक प्राधिकरणले १९ अक्टोबरमा सबै भारतीय मूल सञ्चारका प्रसारणहरू माथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो। तथापि, पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरण एआरवाई समूहले उक्त आदेशलाई बेवास्ता गरेको र प्रतिबन्धित अवधिमा निकलोडियन भारतबाट हिन्दी भाषाको सामग्री सहितको आयातित कार्यक्रम प्रसारण गरिरहेको जानकारी दिएको थियो। स्थानीय प्रदायकहरूले पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणको आदेशमा सञ्जाललाई ढाल्दै प्रसारणको लागि अनुमतिपत्र ३१ अक्टोबर स्थगित गरेका थिए।[३][४] त्यसको लगत्तै, विस्तृत विवरण विना प्रसारणकर्ताहरूलाई निलम्बन गर्ने अधिकार नभएकाले सिन्ध उच्च अदालतले पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणको आदेशलाई प्रभावकारी ढङ्गले खारेज गरेको थियो र निकलोडियनको प्रसारणमा फर्कन अनुमति दिएको थियो। एआरवाईले सत्तारूढ पाकिस्तान मुस्लिम लिग-एन पार्टीको फरक राजनीतिक विचारको कारण आफ्नो सञ्जालको विरोध गर्न पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणको शक्तिको प्रयोग गरेको थियो।[५]

२७ अप्रिल २०१७ मा, सञ्जालले विनिक्स क्लबको एक भाग लिएको थियो पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणको आचार संहिताको उल्लङ्घन गरेको आरोप लगाएको थियो। अपिलको एक महिना पछि, पाकिस्तान इलेक्ट्रोनिक सञ्चार माध्यम नियामक प्राधिकरणले एआरवाई लाई पाँच लाख रूपैयाँ जरिवाना लगाएको थियो र आइन्दा प्राधिकरणको विरुद्धमा कुनैकुनै कार्य नगर्न नगराउन सञ्जाललाई चेतावनी दिएको थियो।[६][७][८]

कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. क्लार्क, स्टिभ (२३ नोभेम्बर २००६), "र एमटिभी र निकलोडिएन पाकिस्तानमा सुरु गरिएको छ", भेराइटि, मूलबाट १३ मे २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००७ मिति
  2. "Two foreign channels for kids get Pakistan's nod", था इण्डिएन न्युज, आइएएनएस, २ अगस्ट २०११, अन्तिम पहुँच ९ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१७ मिति
  3. Report PEMRA [@reportpemra] (३१ अक्टोबर २०१६), "PEMRA Suspends Landing Rights Permission of "Nickelodeon"" (ट्विट), अन्तिम पहुँच १० डिसेम्बर २०१७ट्विटरद्वारा। 
  4. "Pemra suspends licence of Nickelodeon channel for airing Indian content", डाउन, ३१ अक्टोबर २०१६, अन्तिम पहुँच ३ नोभेम्बर २०१६ 
  5. "SHC Restores Nickelodeon License in Pakistan", प्रोपाकिस्तानी, अन्तिम पहुँच २० जुन २०१७ 
  6. अभिगमन मिति १० डिसेम्बर २०१७
  7. "PEMRA imposes Rs500,000 fine on Nickelodeon over this cartoon", डाउन इमेज, १७ जुन २०१७, अन्तिम पहुँच १८ जुन २०१७ 
  8. "PEMRA fines Nickelodeon Rs500,000 for airing 'indecent' cartoon", दुनिया न्युज, १७ जुन २०१७, अन्तिम पहुँच १८ जुन २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१५ मिति