सामग्रीमा जानुहोस्

नेपाल गुणस्तर तथा नापतौल विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल गुणस्तर तथा नापतौल विभाग
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगऔद्योगिक उत्पादनको गुणस्तर व्यवस्थापन
स्थापितवि.सं. २०३३
केन्द्रीय कार्यालयबालाजु, काठमाडौँ, नेपाल
शाखा सङ्ख्या
१२
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
दीनानाथ मिश्रा
(महानिर्देशक)
मालिकनेपाल सरकार
वेबसाइटnbsm.gov.np

नेपाल गुणस्तर तथा नापतौल विभाग नेपालको औद्योगिक उत्पादनहरूको गुणस्तरमा सुधार ल्याई परिमाणात्मक वृद्धि गर्ने उद्देश्यले वि.सं. २०३३ सालमा उद्योग मन्त्रालय अन्तर्गत गुणस्तर निर्धारण समितिको गठन भएको थियो। उद्योगसँग सम्बन्धित उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारद्वारा नेपाल गुणस्तर (प्रमाणचिह्न) ऐन, २०३७ को तर्जुमा भएपछि गुणस्तर निर्धारण समितिलाई विभागीय स्तरको नेपाल गुणस्तर कार्यालयमा परिणत गरिएको थियो। यस निकायले वि.सं. २०३७ सालदेखि गुणस्तर चिह्न प्रदान गर्न थालेको हो। गुणस्तरको आधारस्तम्भका रूपमा रहेको औद्योगिक नापतौल तथा उपभोक्ताहरूको हितमा अति महत्त्वपूर्ण भूमिका निभाउने कानुनी नापतौलसमेत एकै छानामुनिबाट कार्यसञ्चालन गर्ने उद्देश्यले नेपाल गुणस्तर कार्यालय तथा नापतौल विभागलाई समायोजन गरि वि.सं. २०४४ साल श्रावण १ गतेदेखि नेपाल 'गुणस्तर तथा नापतौल विभाग' स्थापना गरिएको हो।[]

नेपाल गुणस्तर (प्रमाणचिह्न) ऐन २०३७, नेपाल गुणस्तर (प्रमाणचिह्न) नियमावली, २०४० तथा स्टान्डर्ड नाप तौल ऐन, २०२५ र स्टान्डर्ड नाप र तौल नियमहरू, २०२७को अधीनमा रहेर यस विभागले हालसम्म विभिन्न कार्यहरूको माध्यमबाट उद्यमी, व्यापारी तथा उपभोक्ताहरूमा सेवाका साथै औद्योगिक उत्पादन तथा व्यापारिक लेनदेनमा सेवा प्रदान गर्दै आइरहेको छ।[]

कार्यक्षेत्र

[सम्पादन गर्नुहोस्]


१. वैज्ञानिक नापतौल महाशाखा

२.गुणस्तर निर्धारण तथा  प्रयोगशाला महाशाखा

३.प्रमाणीकरण महाशाखा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]