नेबुलर परिकल्पना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेबुलर परिकल्पना सौर्यमण्डलको (र अन्य ग्रहहरू पनि) निर्माणको व्याख्या गर्ने सबैभन्दा धेरै स्वीकार्य गरिएको मोडेल हो। नेबुलर परिकल्पना सन् १७५५ मा जर्मन दार्शनिक इमानुयल कान्टद्वारा प्रस्तुत गरिएको थियो। यसलाई सन् १७९६ मा फ्रान्सका पियरे साइमन लाप्लास ले परिमार्जन गरेका थिए । यस परिकल्पनाअनुसार आकाशमा फैलिएका ग्यास र धुलाका कणहरूबाट बनेका ठुला पिण्डहरू वा नेबुला आफ्नो अक्षमा घुम्दै जाँदा बिस्तारै चिसियो र यसको भूमध्य रेखीय भागमा पदार्थको चक्का बन्यो। उक्त चक्का मुख्य पिण्डबाट उछिट्टिएर पहिले ग्रहको निर्माण भयो। यो क्रम पुरै सौर्य मण्डल नबनुन्जेल चलिरह्यो र बाकी रहेको पिण्डबाट सूर्य बन्यो।