सामग्रीमा जानुहोस्

पलेशा गोवर्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पलेसा गोवर्धनबाट अनुप्रेषित)

पलेसा गोवर्धन
व्यक्तिगत जानकारी
मूल नामपलेशा गोवर्धन
पुरा नामपलेशा गोवर्धन (Palesha Goverdhan)
राष्ट्रियतानेपाली
जन्मजुलाई २५, २००३
काठमाण्डौँ, नेपाल
उचाइ१.७१ मी (५ फिट ७ इन्च)
खेल
राष्ट्रनेपाल
खेलपारा तेक्वान्दो
अपाङ्गता वर्गके४४
प्रशिक्षितकबिराज नेगी लामा

'पालेशा गोवर्धन' (en:Palesha Goverdhan, जन्म २५ जुलाई २००३ काठमाडौँ) एक नेपाली पारा तेक्वान्दो खेलाडी हुन्। उनले सन् २०२० को ग्रीष्मकालीन प्यारालिम्पिक्समा ५८ किलो तौल वर्गमा प्रतिस्पर्धा गरेकी थिइन्। फ्रान्सको पेरिसमा सम्पन्न भएको सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन्। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो। जुन नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ।[]

जन्मदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले स्कुलमा अध्ययनरत रहँदा १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन्। उनी सन् २०१६ देखि पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन्। पलेसाले सन् २०१६ देखि नै नेपाल तेक्वान्दो संघका प्रशिक्षक कविराज नेगी लामासँग प्रशिक्षण लिइरहेकी छिन्।[] उनकोको अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप हो। त्यसमा उनी पाॅचौं स्थान रहिन् । सन् २०१८ मा काठमाडौं सम्पन्न दोस्रो काठमाडौं ग्यारोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी पलेशाले सन् २०१८ मै भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय पदक जितको यात्रा थालेकी हुन्। त्यसपछि उनले सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक जितेकि थिईन्।

सम्मान र पुरस्कार

[सम्पादन गर्नुहोस्]
सि.नं.सम्मान र पुरस्कारद्वाराबर्ष
१.१५औँ एनआपिए खेलकुद पुरस्कार २०७७नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ(एनआपिए)२०२१
२.वर्ष २०७९ को उत्कृष्ट खेलाडीको अवार्डराष्ट्रिय खेलकुद परिषद् (नेपाल)२०२२
३.२०७८ को उत्कृष्ट पारा एथलीट(एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड)नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)२०२३
४.जनसेवाश्री पञ्चम श्रेणीद्धारा विभूषित २०७७(नेपाल सरकारको संविधान दिवस २०७९ को उपलक्ष्यमा)राष्ट्रपतिको कार्यालय, सम्माननीय श्री रामचन्द्र पौडेल२०२३
५.सर्वोत्कृष्ट तेक्वान्दो खेलाडी पुरस्कार २०२४नेपाल तेक्वान्दो संघ(एनटिए)२०२४
६.एनओसी बेस्ट पारा एथलीट अवार्ड २०२४नेपाल ओलम्पिक कमिटी(एनओसि)२०२४


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]