पाथ (सामाजिक सञ्जाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाथ
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
सामाजिक सञ्जाल
उपलब्ध भाषाअङ्ग्रेजी, अरबी, डच, फ्रान्सेली, जर्मन, ग्रिक, इण्डोनेसियाली, इटालेली, जापानी, कोरियाली, मलाय, पर्तुगीज, रूसी, सरलिकृत चिनियाँ, स्पेनी, स्वीडेली, थाई, परम्परागत चिनियाँ
संस्थापितसेन फ्रान्सिस्को, क्यालिफोर्निया
मुख्यालयहरू,
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)डेभ मोरिन
सन फेनिङ
डष्टिन मेयरू
मुख्य व्यक्तिहरूडेभ मोरिन
सन फेनिङ
डष्टिन मेयरू
कर्मचारीहरू२५
अभिभावककाकोवा
युआरएलwww.path.com
दर्ताआवस्यक
चालु भएको मिति२०१० नोभेम्बर
वर्तमान स्थितिनिस्कृय
लेखिएको भाषासि, जाभा (एन्ड्रोइड), पाइथन

पाथ सक्षम तस्वीर साझेदारी तथा सन्देश सेवा प्रदान गर्ने एक सामाजिक सञ्जाल सेवा थियो जुन मोबाइल उपकरणहरूको लागि नोभेम्बर २०१० मा सुरू गरिएको थियो।[१][२] सेवाले प्रयोगकर्ताहरूलाई करीव ५० सम्पर्कहरू उनीहरूको नजिकका साथीहरू र परिवारसँग साझेदारी गर्न अनुमति दिन्थ्यो। सान फ्रान्सिस्को, क्यालिफोर्नियामा आधारित यस कम्पनी सन फ्यानिङ र पूर्व फेसबुक कार्यकारी डेभ मोरिनद्वारा स्थापित गरिएको थियो।[३] 

२८ मे २०१५ मा, पाथलाई काकाओद्वारा अज्ञात रकमका लागि अधिग्रहण गरिएको घोषण भएको थियो।[४]

१७ सेप्टेम्बर २०१८ मा, पाथले यसका सम्पूर्ण सेवाहरूलाई बन्द गर्ने घोषणा गरेको थियो। १८ अक्टोबर २०१८बाट अवस्थित प्रयोगकर्ताहरू हाल पाथका सेवाहरूमा पहुँच गर्न सक्षम छैनन्।[५]

सेवा[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताहरूले पाथमा प्रवाहहरू तस्वीर सार्वजनिक गरी व्यक्ति, ठाउँ वा सामग्रीहरूका लागि ट्यागहरू थपेर अद्यावधिक गर्ने सुविधा यसमा समावेश थियो।[६]

पाथले व्यक्तिगत जानकारीहरूको अधिक साझेदारी गर्न प्रोत्साहित गर्दै सुरुमा प्रत्येक प्रयोगकर्ताहरूको सामाजिक सञ्जालाई ५० जना साथीहरूमा सीमित गरेको थियो।[७][८] पछि, पाथले यसको सीमालाई १५० मा वृद्धि गर्दै यसलाई पूर्ण रूपमा हटाएको थियो।[९][१०] साइट, फेसबुक र अन्य सामाजिक सञ्जाल मञ्चका साथीहरूको रूपमा लक्षित थियो जून एक गन्तव्य वेबसाइटको विपरीत हो।[११]

इतिहास[सम्पादन गर्नुहोस्]

पाथका लागि मूल लगानीकर्ता कोष, सन् २०१० को नोभेम्बरमा सुरक्षित गरिएको थियो।[१२][१३] फेसबुकका पूर्व छात्र मार्क बोडनिक लगायतले डेभ मोरिनलाई लगानीको आफ्नो व्यक्तिगत कारणको रूपमा व्यक्तिगत विश्वास दिएका थिए।[१४]

पाथको कोष सङ्कलनको सुरुवाती चरणमा यसले रोन कन्वे, इण्डेक्स भेञ्चर्स, फर्ष्ट राउण्ड क्यापिटल, एष्टन कुचर, केभिन रोज, मार्क बेनिफ, क्रिस केली र अन्य लगानीकर्ताहरू मार्फत २.५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको थियो।[१५]

फेब्रुअरी २०११ मा, कम्पनीको दोस्रो कोष सङ्कलन कार्यक्रममा, क्लेनर पर्किन्स काउफिल्ड एण्ड बायर्स र इण्डेक्स भेञ्चर्सको साथ जापानको उद्यम पूँजी कम्पनी मार्फत ८.५ मिलियन अमेरिकी डलर उठाएका थिए।[१६] पाथले फेब्रुअरी २०११ मा गुगलबाट आएको १०० मिलियन अमेरिकी डलरको अधिग्रहण प्रस्तावलाई अस्वीकार गरेको थियो।

नोभेम्बर २०११ मा, पाथलाई अधिक सुविधाहरूको साथ पुन: सुरुवात गरिएको थियो।[१७] सन् २०११ को डिसेम्बर सम्ममा यसको पुन सुरुवातको एक महिना भन्दा कम समयमा यसमा दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्यामा भारि मात्रमा वृद्धि भई ३०,०००बाट ३,००,००० पुगेको थियो।

पाथले पछि रेडपोइण्ट भेञ्चर्स मार्फत उद्यम पूँजीमा ३ करोड अमेरिकी डलर उठाएको थियो। ११ जनवरी २०१४ मा कम्पनीले, उसले इण्डोनेसियाली बक्री समूह, क्लाइनर पर्किन्स काउफिल्ड एण्ड बायर, इण्डेक्स भेञ्चर्स, ग्रेलक पार्टनर, इनसाइट भेञ्चर्स पार्टनर , रेडपोइण्ट भेञ्चर्स र फर्ष्ट राउण्ड क्यापिटलको लगानीमा थप २ करोड ५० लाख अमेरिकी डलर सङ्कलन घोषण गरेको थियो।[१८] विश्वमा सबैभन्दा धेरै पाथमा दर्ता प्रयोगकर्ता इण्डोनेसियाबाट थियो जहाँ उक्त देशबाट यसमा ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए।

आलोचना[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१२ मा, ज्ञान वा अनुमति बिना प्रयोगकर्ताहरूको दूरभाष सम्पर्कहरूलाई पहुँच र भण्डारण गरेपछि कम्पनीको व्यापक रूपमा आलोचना गरिएको थियो।[१९] कम्पनीका प्रमुख कार्यकारी अधिकृतद्वारा उनीहरूको वेबसाइटमा सन्देश सार्वजनिक गरि, उनले उक्त कदम माथि माफी मागेका थिए र उक्त अभ्यासलाई  परिवर्तन गरिने पनि बताएका थिए।[२०]

त्यसको लगत्तै मार्च २०१२ मा, रेप्स हेनरी ए वाक्सम्यान (डि- क्यालिफोर्निया) र जिके बटरफील्ड  (डि-उत्तरी क्यारोलिना) ले जानकारीहरू प्रयोगकर्ताहरूबाट कसरी सङ्कलन र प्रयोग गरिन्छ भन्ने बारेमा,[२१] यसका साथै अन्य ३३ अनुप्रयोग विकासकर्ताहरूसँग जानकारीको माग गरेका थिए।[२२]

फेब्रुअरी २०१३ मा, कम्पनीले प्रयोगकर्ताहरूबाट आँकडा भण्डारण गरेकोमा सङ्घीय व्यापार आयोगले यसलाई $८,००,००० जरिवाना लगाएको थियो। [२३] जसका कारण कम्पनीले यसको गोपनीयता नीतिहरू आउँदो बीस वर्षको लागि प्रत्येक दुई वर्षमा मुल्याङ्कन गर्न आवश्यक भएको थियो।[२४][२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McCarthy, Caroline (२०१०-११-१४), "A Path the world isn't meant to see", CNET, अन्तिम पहुँच २०१४-११-१५ 
  2. Fowler, Geoffrey (२०११-०३-११), "Path Gets "FriendRank" and a Revenue Stream", The Wall Street Journal, अन्तिम पहुँच २०१४-११-१५ 
  3. Issac, Mike (२०१०-११-१४), "New Social Network Path = iPhone + Instagram + Facebook - 499,999,950 Friends", Forbes, अन्तिम पहुँच २०१४-११-१५ 
  4. Carson, Biz (२०१५-०५-२८), "Path acquired by the makers of a popular messaging app", BusinessInsider, अन्तिम पहुँच २०१५-०५-२९ 
  5. "The Last Goodbye", Path (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१७ 
  6. Molina, Brett (२०१०-११-१५), "Following the Path to a more personal social network", USA Today, अन्तिम पहुँच २०१४-११-१५ 
  7. Levine, Barry, "Path turns at the fork: no limit on friends, separate messaging, business texts", Venture Beat, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  8. Frommer, Dan (२०१०-११-१५), "Path Launches To Save You From Facebook", Business Insider, अन्तिम पहुँच २०१४-११-१५ 
  9. Levine, Barry, "Path turns at the fork: no limit on friends, separate messaging, business texts", Venture Beat, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  10. "Introducing Path Talk", Path Blog, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  11. "Startup Path bids to be 'anti-social network'", The Economic Times, २०१०-११-१६, अन्तिम पहुँच २०१४-११-१५ 
  12. Kincaid, Jason (२०१०-११-१४), "After Months Of Buzz, Path Launches: It's Photo Sharing Where You Can Be Yourself", TechCrunch, AOL, अन्तिम पहुँच २०१४-११-१५ 
  13. "Why did Marc Bodnick invest in Path? - Quora", www.quora.com 
  14. Malik, Om (२०११-०२-०१), "Path Gets $8.5 Million. Ahem! Why?", Gigaom, अन्तिम पहुँच २०१४-११-१५ 
  15. "Google Tried To Buy Path For $100+ Million. Path Said No." 
  16. Tsotsis, Alexa (२०११-१२-१६), "A New Path: Path Grows Daily Users 30x Since Relaunch", TechCrunch, AOL, अन्तिम पहुँच २०१४-११-१५ 
  17. Empson, Rip (२०१४-०१-१०), "Path Finally Closes That Elusive Series C", TechCrunch, AOL, अन्तिम पहुँच २०१४-११-१५ 
  18. Desyana, Cornila (२०१४-०२-२५), "Indonesia has the Largest Number of Path Users", Tempo, अन्तिम पहुँच २०१४-११-१५ 
  19. Needleman, Rafe (२०१२-०२-०८), "Path CEO: We are sorry, and we've deleted your address book data", CNET, अन्तिम पहुँच २०१४-११-१६ 
  20. Bonnington, Christina (२०१२-०३-२३), "Congress Queries App Developers on Their Data Privacy Practices", Wired, अन्तिम पहुँच २०१४-११-१६ 
  21. Moreau, Elise, "What Is Path?", About, अन्तिम पहुँच २०१४-११-१६ 
  22. "Path Social Networking App Settles FTC Charges it Deceived Consumers and Improperly Collected Personal Information from Users' Mobile Address Books", FTC, अन्तिम पहुँच २०१४-११-१६ 
  23. Constine, Josh; Butcher, Mike (२०१३-०५-०४), "Facebook Blocks Path's "Find Friends" Access Following Spam Controversy", TechCrunch, AOL, अन्तिम पहुँच २०१४-११-१६ 
  24. Cutler, Kim-Mai (मार्च १५, २०१३), "Facebook Brings Down The Hammer Again: Cuts Off MessageMe's Access To Its Social Graph", TechCrunch, अन्तिम पहुँच जनवरी १९, २०१४ 
  25. Kroft, Steve (२०१४-०३-०९), "The Data Brokers: Selling your personal information", CBS News, अन्तिम पहुँच २०१४-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]