वनभोज
स्वरूप
(पिकनिकबाट अनुप्रेषित)
वनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।
नेपालका वनभोज स्थलहरू
[सम्पादन गर्नुहोस्]नेपालका विभिन्न ठाउँहरूमा रमणीय वनभोजस्थलहरू रहेका छन।
ती मध्ये इलामको कन्याम, झापाको जामुनखाडी, दोमुखा, मोरङको शान्तिवन पूर्वका रमणीय वनभोज गर्ने स्थानहरू हुन् ।
काठमाडौंका वनभोजस्थल
[सम्पादन गर्नुहोस्]काठमाडौंमा धेरैवटा वनभोज स्थलहरू छन ।
थानकोट, गोदावरी, नील बाराही, बज्र बाराही, ककनी, चोभार, लाँकुरी भञ्ज्याङ, आदि काठमाडौंका प्रसिद्ध वनभोजस्थलहरू हुन ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वनभोज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।