पिटर जे. कार्थक
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पिटर जे. कार्थक (सन् १९४३ - ) पत्रकार तथा लेखक हुन्। अङ्ग्रेजी साहित्यमा कलम चलाउने नेपाली साहित्यकारमध्येका पिटरको कर्मथलो भारत हो।
जीवनी
[सम्पादन गर्नुहोस्]पिटरको जन्म सन् १९४३ डिसेम्बर १२मा भारतको असम राज्य शिलोङमा भएको हो। एम्.ए. सम्म शिक्षा हासिल गरेका उनी निजी व्यवसायमा संलग्न रहे।
पिटरले पहिलोपटक सन् १९६२ तिर संगठित रूपमा हिलियन नामक ब्यान्ड निर्माण गरेका थिए। त्यसपछि दार्जीलिङमा पश्चिमी संगीतको नयाँ प्रभाव देखापरेको थियो। त्यसपछि खुलेका विभिन्न ब्यान्ड र सांगीतिक गतिविधि समेटेर केही उत्साही युवाले इन ट्युन विद दार्जिलिङ (वि.सं. २०६३) नामक डकुमेन्ट्री निर्माण गरेका छन्।
पिटरले केही समय 'द काठमाडौँ पोष्ट' (दैनिक) दैनिकमा पनि काम गरे।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना सन् १९७१ तिर रूपरेखामा 'एकोप्यालिप्सः राँके भुतहरू' शीर्षकको कविता प्रकाशित भएको थियो। उनका कृतिहरूः
- पिटरका कथाहरू (कथासङ्ग्रह, वि.सं. २०५२)
- प्रत्येक ठाउँ प्रत्येक मान्छे (उपन्यास, वि.सं. २०३४)
- मानस (अङ्ग्रेजी कवितासङ्ग्रह, सहलेखन)
पुरस्कार
[सम्पादन गर्नुहोस्]- साझा पुरस्कार (वि.सं. २०३४, प्रत्येक ठाउँ प्रत्येक मान्छेका लागि)