सामग्रीमा जानुहोस्

पूर्णिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्णिया
पुरनिया
पूर्णियाको जेल चौकमा भारतीय झण्डा
माँ पुरण देवी मन्दिर
पन्चमुखी मन्दिर
उपनामहरू: 
सानो दार्जिलिङ, भारतको मखाना राजधानी[]
पूर्णिया को बिहार मा अवस्थिति
पूर्णिया
पूर्णिया
बिहारको नक्सामा स्थान
पूर्णिया को भारत मा अवस्थिति
पूर्णिया
पूर्णिया
भारतको नक्सामा स्थान
निर्देशाङ्क: २५°४६′४१″N ८७°२८′३४″E / 25.778°N 87.476°E / 25.778; 87.476
देश भारत
राज्यबिहार
क्षेत्रमिथिला[]
उपक्षेत्रकोशी-सीमान्चल
मण्डलपूर्णिया
जिल्लापूर्णिया
स्थापनासन् १७७० फेब्रुअरी १४
नामकरणमाता पुरण देवी वा संस्कृत शब्द 'पूर्ण अरण्या'
सरकार
  प्रकारनगर निगम (भारत)
  अङ्गपूर्णिया नगर निगम
  मेयरविभा कुमारी
  संसद सदस्यपप्पु यादव
  विधानसभा सदस्यविजय खेमका
क्षेत्रफल
  सहरी समूह९२ किमी (३६ वर्ग माइल)
  सहरी
६० किमी (२० वर्ग माइल)
  क्रमबिहारमा दोस्रो
उन्नतांश
३६ मिटर (११८ फिट)
जनसङ्ख्या
  सहरी समूह४९६,८३०[]
  क्रमबिहारमा चौथौ
  सहरी
४९६,८३०
भाषा
  आधिकारिकहिन्दी
  अतिरिक्त आधिकारिकउर्दु
  क्षेत्रीयमैथिली, बङ्गाली, सुरजापुरी, पूर्वी मैथिलीअङ्गिका
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक पिन
८५४३०१[]
टेलिफोन कोड+९१ ६४५४
सवारी दर्ताBR-11
साक्षरता७४.०९%
लोकसभा क्षेत्रपूर्णिया
वेबसाइटpurnea.bih.nic.in

पूर्णिया (उच्चारण[]) बिहारको चौथौ सबैभन्दा ठुलो सहर र उत्तर बिहारको सबैभन्दा ठुलो आर्थिक केन्द्र बन्दै गइरहेको छ। यो सहर भारतको बिहार राज्यमा रहेको पूर्णिया जिल्लापूर्णिया प्रमण्डल दुवैको प्रशासनिक सदरमुकाम हो। यो दार्जिलिङ जस्तै आफ्नो उपयुक्त वातावरणको लागि पहिचान बनाएको छ भने यस सहरमा नागरिक वस्तीहरू र आर्थिक गतिविधिहरूको पर्याप्त स्रोतसाधन रहेका छन्।

पूर्णिया सहरी समूहको कुल भोगौलिक क्षेत्र ९२ किमी (३५.५२ वर्ग माइल) रहेको छ, जुन पटनापछिको दोस्रो क्रममा रहेको छ। यो सहरको जनसङ्ख्या घनत्व ३०५८ मानिस प्रति वर्ग किलोमिटर रहेको छ, जसले यसलाई जनसङ्ख्याको आधारमा बिहारको चौथौ सबैभन्दा ठुलो सहर बनाएको छ।[] यो पटनादेखि लगभग ३१५ किलोमिटर, सिलिगुडीदेखि १७१ किलोमिटर, भागलपुरदेखि मात्रै ९० किलोमिटरको दुरीमा रहेको छ। यो गुवाहाटीदेखि लगभग ६४० किलोमिटर र पश्चिम बङ्गाल राज्यको राजधानी र पूर्वी भारतको सबैभन्दा ठुलो सहर कोलकातादेखि ४५० किलोमिटरको दुरीमा रहेको छ। पूर्णिया जिल्लाले ३२०२.३१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। भारतीय सेना, भारतीय वायुसेना, र भारतको केन्द्रीय सशस्त्र प्रहरी बलको पाँचमध्ये तीन वटा शाखाहरू – सीमा सुरक्षा बल, सशस्त्र सीमा बल, र भारतीय-तिब्बत सीमा बलको आधारस्थल यसै जिल्लाको छेउछाउमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Purnea is imerging as Makhana Capital of India", ThePrint, २७ फेब्रुअरी २०२५।
  2. Thakur, Ripunjay Kumar (२०२२-०३-०१), "Historical Geography of Early Medieval Mithila: From Videha to Tirhut.", New Archaeological & Genological Society, Kanpur, India, आइएसएसएन 2348-8301, अन्तिम पहुँच २०२५-०८-२१
  3. 1 2 "Population of Cities in India 2021 - StatisticsTimes.com", statisticstimes.com
  4. "Pin Codes of Purnia, Bihar, India, Purnia Pincode Search", indiapincodes.net, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२२
  5. "Official name of Purnia"

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]