पेट्रोनस टावरलाई (मलाया भाषा: Menara Petronas, or Menara Berkembar Petronas) पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर ,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। भवनहरू क्वालालम्पुर टावरको नजिकै रहेको क्वालालम्पुरको ऐतिहासिक स्थल हो।
यो टावरको डिजाइन अर्जेन्टिनी बस्तुविद सिजर पिलीले गरेका हुन् । पेट्रोनस टावरको योजना १ जनवरी १९९२ मा सुरु भएको थियो । डिजाइनको वायुको गतिको परीक्षण संरचना भर परीक्षण गरिएको थियो । माटो उत्खननको लागि ५०० ट्रकहरु प्रयोगमा थिए र प्रत्येक रात सतहबाट ३० मिटर (९८ फिट)खनिन्थ्यो ।
जटिल संरचनाको निर्माण १ अप्रिल १९९४ मा सकियो । फर्निचर र आन्तरिक सजावटको कम १ जनवरी १९९६ मा सकियो , टावर १ र २ को शिखरको (गजुर)को काम १ मार्च १९९६ मा सकियो । भवनको आधिकारिक उद्घाटन मलेसियाका प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मद ले १ अगस्ट १९९९ मा गरे ।[७] यो जुम्ल्याहा टावरको निर्माण क्वालालम्पुर रेस ट्रयाकको स्थलमा गरिएको थियो ।[८]
पेट्रोनस जुम्ल्याहा टावरको रातको दृश्य१५ अप्रिल १९९९ मा, फेलिक्स बौमगार्टनर पेट्रोनस टावरको सफा गर्ने क्रेनबाट हाम फालेर बेस जम्पिंगको बिस्व किर्तिमान कायम गरे । [९][१०]
सेप्टेम्बर ११ को हमलामा वोर्ल्ड ट्रेड सेन्टर ध्वस्त भए पछि १२ सेप्टेम्बरमा हजारौ मानिसलाई हटाएर खाली गरियो । बम निस्क्रिय पर्ने टोलीले कुनै बम फेला पारेन । भवन खाली गर्ने क्रममा कुनै क्षति भएन। [११]
४ नोबेम्बर २००५ साँझ, मा सिनेमा कम्प्लेक्समा आगलागी भयो तर कुनै क्षति भएन ।[१२]
१ सेप्टेम्बर २००९ को बिहान , फ्रेन्च आरोहीले बिना कुनै सुरक्षा सामग्री खाली खुट्टा र हातले मात्र टावर २ को चुचुरोमा दुई घण्टामा पुगे ।[१३][१४]
↑[pS=915145200&tx_ttnews[pL]=31535999&tx_ttnews[arc]=1&tx_ttnews[tt_news]=48&tx_ttnews[backPid]=33&cHash=7c1597d667 "Petronas Towers (451 Meters), Malaysia"], felixbaumgartner.com, Felix Baumgartner, मूलबाट २२ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१२।|deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)वेब्याक मेसिनअभिलेखिकरण २२ सेप्टेम्बर २०१० मिति