प्रत्युषा बनर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रत्युषा बनर्जी
जन्म१० अगस्ट १९९१
जमशेदपुर, भारत
मृत्यु०१ अप्रिल २०१६
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१०-२०१६

प्रत्युषा बनर्जी एक भारतीय अभिनेत्री थिइन् । उनी टेलिभिजन च्यानल कलर्स मा प्रसारित हुने धारावाहिक बालिका वधुमा आनन्दीको भूमिकामा अभिनय गरेकी हुनाले आनन्दी नामबाट ज्यादा चिनिइन्थिन् । उनी रियलिटी शो झलक दिखला जा सीजन ५ तथा बिग बोस सीजन ७ को प्रतियोगीका रूपमा पनि सहभागी भएकी थिइन् ।[१][२][३]

मृत्यु[सम्पादन गर्नुहोस्]

१ अप्रिल २०१६ मा २४ वर्षको उमेरमा उनले फाँसी लगाएर आत्महत्या गरेकी थिइन् ।[४] उनलाई अत्यन्त गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो। कोकिलाबेन अस्पतालमा उनको मृत्युको पुष्टि भएको थियो। प्रत्यूषाले आफ्नो कोठामा नै डोरीले झुन्डिएर आत्महत्या गरेकी थिइन् । राहुल राजसँग प्रत्यूषाको विवाह हुने निश्चित भएको थियो ।[५][६]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका च्यानल
२०१०-१३ बालिका वधु आनन्दी कलर्स
२०११ किचन च्याम्पियन ४ प्रतियोगी कलर्स
२०१२ झलक दिखला जा ५ प्रतिभागी कलर्स
२०१३ बिग बोस ७ प्रतिभागी (दिन ६३ मा बाहिर) कलर्स

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]