प्रयोगकर्ता:Madnish21/प्रयोगस्थल
यो प्रयोगकर्ता Madnish21को प्रयोगस्थल हो। एक प्रयोगकर्ता प्रयोगस्थल प्रयोगकर्ता पृष्ठको उपपृष्ठ हो। यो प्रयोगकर्ताद्वारा परीक्षण र पृष्ठ विकास गर्ने स्थल हो। विश्वकोषको लेख होइन्। तपाईँ आफ्नै प्रयोगस्थल सृजना वा सम्पादन यहाँ गर्नुहोस्। अन्य प्रयोगस्थलहरू: मुख्य प्रयोगस्थल | स्वशिक्षा प्रयोगस्थल | रूपरंग प्रयोगस्थल | सहायता पृष्ठ | सन्दर्भ प्रयोगस्थल | ध्यान प्रयोगस्थल | ढाँचा प्रयोगस्थल यो मस्यौदा पेश गरिसकिएको र हाल समीक्षाको प्रतिक्षामा छ। |
परिचय
हाम्रो गौरब हाम्रो श्रीखण्डपूर
श्रीखण्डपुर (नेपाली: श्रीखण्डपुर, नेपाल भाषा: खम्पू) नेपाल काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा अवस्थित ऐतिहासिक सहर हो। यो सहर समुद्र सतहदेखि करिब १,४०० मिटर उचाइमा अवस्थित छ र काठमाडौँबाट करिब २८ किलोमिटर पूर्वमा पर्छ। श्रीखण्डपुर विशेषगरी स्वेत भैरवको मन्दिर र यसको प्राचीन सांस्कृतिक महत्त्वका कारण प्रसिद्ध छ।
नामाकरण
श्रीखण्डपुरको नाम यस क्षेत्रमा पहिले प्रशस्त मात्रामा रहेका श्रीखण्डको रुखहरूबाट राखिएको हो। ऐतिहासिक रूपमा, यसलाई "खम्पू" भनेर चिनिन्थ्यो, जुन नाम नेवार समुदायले हालसम्म प्रयोग गर्छन्। ऐतिहासिक पृष्ठभूमि
श्रीखण्डपुरको इतिहास लिच्छविकालसम्म पुग्छ। नेपाल सम्बत ७५१ को अभिलेखमा यो क्षेत्र "खर्पुदेश" भनेर उल्लेख गरिएको छ। मल्लकालमा यस क्षेत्रले व्यवस्थित सहरको रूप लियो। राजा आनन्ददेवले बनेपा सातगाउँहरूको स्थापना गर्दा श्रीखण्डपुरलाई महत्वपूर्ण सहरका रूपमा विकास गरेका थिए।
श्रीखण्डपुर वरपरका विभिन्न पुराना अभिलेखहरूले यस सहरको पुरानो अस्तित्वलाई प्रमाणित गर्छन्।
नेपाल सम्बत ७५१ को अभिलेखमा “खर्पुदेश” उल्लेख गरिएको पाइन्छ। ने.सं. ८३५ को शिलालेखमा यसलाई “श्रीखण्डपुरी” भनेर चिनाइएको छ। ने.सं. १०२४ मा भैरव मन्दिरको शिलालेखमा “षड्पुर” भनिएको छ।
भूगोल
श्रीखण्डपुर धुलिखेल नगरपालिकाको वडा नम्बर ५ मा पर्दछ। यो सहर पहाडी भूभागमा अवस्थित छ र दक्षिणतर्फ पनौती र पूर्वतर्फ बनेपाका साथ जोडिएको छ। धार्मिक र सांस्कृतिक महत्त्व
श्रीखण्डपुरमा रहेका विभिन्न धार्मिक स्थलहरूले यस क्षेत्रको सांस्कृतिक महत्त्वलाई उजागर गर्छन्। स्वेत भैरव मन्दिर, दीपङ्कर बुद्धको मूर्ति, र धनेश्वर महादेव यस क्षेत्रमा रहेका प्रमुख धार्मिक स्थलहरू हुन्। मल्लकालमा विकास
मल्लकालमा श्रीखण्डपुर व्यवस्थित सहरका रूपमा विकास भयो। राजाले चार ढोकाहरू र चार पोखरीहरूसहित सहरको योजना बनाए। मल्लकालमै लायकु दरबार स्थापना गरिएको थियो, जसको अवशेषहरू आज पनि देख्न सकिन्छ। शिलालेख र पुरातात्त्विक प्रमाण
श्रीखण्डपुरका विभिन्न शिलालेखहरूले यस क्षेत्रमा लिच्छविकालीन र मल्लकालीन गतिविधिहरूको प्रमाण दिन्छन्। उदाहरणका लागि, ने.सं. ७९३ र ने.सं. ८३५ का अभिलेखहरूले यस क्षेत्रको सांस्कृतिक धरोहरलाई उजागर गर्छन्। निष्कर्ष
श्रीखण्डपुर ऐतिहासिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण छ। यसको अध्ययनले नेपालको प्राचीन सभ्यता र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान दिन्छ।
हाम्रो गौरब हाम्रो श्रीखण्डपूर
[सम्पादन गर्नुहोस्]समीक्षा प्रतीक्षा गर्दैहुनुहुन्छ, धैर्य गर्नुहोस्।
यसले एक हप्ता सम्म, किनकि मस्यौदा कुनै विशेष क्रममा समीक्षा नगरिनाले समय लिन सक्छ। यहाँ ८ बाँकी निवेदनहरू समीक्षाको लागि पर्खँदै छन्।
कहाँ मद्दत लिने
आफ्नो लेख कसरी सुधार गर्ने
तपाइँको जस्तो प्रस्तावित लेख विषयहरूमा विकिपिडियाका उत्तम लेखका उदाहरणहरूको लागि प्रमुख लेख र राम्रा लेखहरू पनि खोज्न सक्नुहुन्छ। शीघ्र समीक्षाको लागि तपाईँले अनौंठो सुधार गर्ने
शीघ्र समीक्षाको लागी तपाईँको समस्याहरूलाई सुधार्न, सम्बन्धित विकिपरियोजना खोज्न सक्नुहुन्छ। उदाहरणका लागि, विकिपरियोजना नेपाल, विकिपरियोजना भूगोल, आदि। तपाईँ त्यसपछि थप्न सक्नुहुन्छ {{WikiProject TOPIC}} को शीर्षमा यस मस्यौदाको वार्ता पृष्ठमा, यो जस्तै। यसले विकिपरियोजनाहरूलाई थाहा दिन्छ कि नयाँ मस्यौदा पेश गरिएको छ।*सब भन्दा राम्रो २-३ विकिपरियोजनाहरू थप्नु पर्याप्त हुन्छ। उदाहरणका लागि, यदि तपाइँ सम्पादक स्रोतहरू
समीक्षक उपकरण
|