प्रयोगकर्ता वार्ता:Anuradha Poudel
अनुराधाजी तपाईको प्रयास राम्रो छ । तपाइले विकिमा गर्नहुने र गर्न नहुने कुराहरु एकपल्ट हेर्नुहोला । कुनैपनि आर्टिकल यदि Talk भनेर लेखिन्छ भने त्यसको मुनि आफ्नो नाम लेख्ने चलन छ तर मुख्य आर्टिकलको अन्त्यमा भने आफ्नो नाम लेखिंदैन । तपाइको नाम त्यो पेजको इतिहासमा रहिरहन्छ। कहिले लेखिएको र कुसले लेखेको भनेर । प्रयोगकर्तालाइ तपाइको नाम संग लगाव हुदैन, लेखको content संग लगाव हुन्छ । त्यसैले मुख्य लेखहरुबाट आफ्नो नाम आफै हटाउनुहोला ।
आफ्नो नाम लेख्न मन लागेमा चारवटा ~ को प्रयोग गर्न सक्नुहुन्छ । जस्तै यो सन्देश तपाइको लागी भनेर म लेख्दै छु भनेर मैले चारवटा यस्तो प्रयोग गरेको छु । धन्यवाद । राजेश ०३:११, १० मे २००७ (UTC)
सुस्वागतम्[सम्पादन गर्ने]
अनुराधाजी तपाईंलाई नेपाली विकिपीडियामा ढिलै भए पनि स्वागत छ। यो विकिपीडियाको अन्य दुई व्यवस्थापन स्वयम्सेवकहरु (राजेशजी तथा इन्दीवरजी)संग त तपाईंको परिचय भैसकेको छ। म यहाँको तेस्रो सिस्अप हुं। मेरो सेमेस्टरको परिक्षाको कारणले मैले तपाईलाई पहिले नै सन्देश पठाउन सकिनं। तपाईंले धेरै ठाउँमा इन्टरफेस आदिको बारेमा कुरा गर्नु भएको छ। यहांको इन्टरफेस, प्रथम पृष्ठ, देवनागरीको इन्पुट व्यवस्था आदिमा मेरो संलग्नता धेरै छ। अतः, यस सम्बन्धि केही सुझाव छ भने मलाई मेरो वार्तालाप पृष्ठमा सम्पर्क राख्नु होला। यस बाहेक विकिपीडियासंग सम्बन्धित अन्य केही पनि जानकारी चाहिएमा हामी ३ मध्ये कसैलाई पनि सम्पर्क राख्न सक्नु हुनेछ। नेपाली विश्वकोष निर्माणको यो प्रयासमा तपाईंको अमुल्य सहयोग रहिरहनेछ भन्ने मेरो अपेक्षा छ। धन्यवाद। --युकेश १५:०२, ११ मे २००७ (UTC)
स्वागतम[सम्पादन गर्ने]
अनुराधाजी यहाँलाई विकिपीडियामा स्वागत छ। कामविषेशले म बाहिर गएकोले, विकिपीडिया एक्सेस भएन र तपाँईको उत्तर दिन ढिलाई भयो, माफ गर्नुहोला।
तपाँई यहाँ आफ्नो योगदान अझै बढाउँदै जानुहुनेछ भन्ने आशा छ। नेपाली विकिपीडियामा CSS प्रयोग गरिएकाले सबै लेखहरूका लेआउट एकैनास हुन्छ। धेरै पानाहरूमा बिभिन्न टेम्प्लेटहरू पनि प्रयोग भएको छ। यस विकिपीडियामा डिफल्ट लेआउट प्रयोग भएको छ। यी धेरै कारणले गर्दा यहाँ धेरै सुधारहरू गर्न वाँकि छ जस्तो लाग्छ मलाई पनि। तपाँईको विचारमा के के गर्न पर्छ, वा के सुधार गरेमा विकिपीडिया राम्रो देखिन्छ, आयोजना पृष्ठमा सन्देस छाड्नुहोला। युकेशजी त्यस विषयमा धेरै जानकार हुनुहुन्छ, मलाई आशा छ, वहाँले त्यसबारेमा विकिपीडियालाई धेरै सहयोग गर्नुहुने छ। -Indiver ०६:४१, १६ मे २००७ (UTC)
निकोलस सार्कोजी पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित[सम्पादन गर्ने]

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । यस निकोलस सार्कोजी लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएकोलाई जनाउदछ । कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१५, २५ जुन २०१८ (युटिसी(UTC))