प्रयोगशाला (पुस्तक)
स्वरूप
(प्रयोगशाला, नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीबाट अनुप्रेषित)
लेखक | सुधीर शर्मा |
---|---|
मूल शीर्षक | प्रयोगशाला, नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | नेपाली राजनीतिमा बाह्य प्रभाव |
प्रकार | इतिहास |
प्रकाशित | फाइन प्रिन्ट्स |
पृष्ठ | ४१८ |
आइएसबिएन | 9789937878906 |
प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी पत्रकार सुधीर शर्माद्वारा लिखित कृति हो। यसमा नेपालको राजनीतिमा बाह्य प्रभाव र परीक्षण सम्बन्धि विश्लेषण गरिएको छ। पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ। यो किताबलाई फाइन प्रिन्ट्सले बजारमा ल्याएको हो।[१]
माओवादीले जनयुद्ध सुरु गरेयता उनले त्यसबारे थुप्रै रेपोर्टिङ गरेका थिए । यो पुस्तक उनले पत्रकारिता गर्दा देखेका , भोगेका सुनेका , पढेका र विश्लेषण गरेका त्यहि निकट अतीत र , विशेषत: वर्तमानको वृतान्त हो । [१]
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुधीर शर्माले जनयुद्धका बारेमा झूटो प्रचार गरेको आरोप लगाएका थिए।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]