प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल
प्राकृतिक विज्ञान संग्रहालय

प्राकृतिक विज्ञान संग्रहालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपालको प्राकृतिक सङ्ग्रहालय हो । वि सं २०३२ मा स्थापित यो सङ्ग्रहालय काठमाडौँको स्वयंभूमा अवस्थित छ । नेपालको प्राकृतिक सम्पदासम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। सङ्ग्रहालयले नेपालको वनस्पति र वन्यजन्तुका हजारौँ नमुनाहरू सङ्कलन गरी प्रदर्शनमा राखेको छ ।[१] यो सङ्ग्रहालयले नेपालमा 'संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि'साइटिस (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora/CITES) (https://cites.org/eng/parties/country-profiles/np/national-authorities) सम्बन्धी तालिम तथा कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरेको छ। [२]
सन्दर्भ सामग्री
[सम्पादन]- ↑ श्रेष्ठ, डा.केशव (२०१०), कपिल बिष्टसँग कुराकानी।
- ↑ Bisht, Kapil, "In Flesh and Feathers", ECS Nepal, मूलबाट १७ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०१५।