प्रियङ्का अरुल मोहन
स्वरूप
प्रियङ्का अरुल मोहन | |
---|---|
जन्म | प्रियङ्का अरुल मोहन २० नोभेम्बर १९९४ चेन्नई, तमिलनाडु, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २०१९ – वर्तमान |
प्रियङ्का अरुल मोहन (जन्म: २० नोभेम्बर १९९४) एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया तमिल र तेलुगु चलचित्रहरूमा देखा पर्छिन्। उनले कन्नड चलचित्र ओन्ध काथे हेला (२०१९) बाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्, र तेलुगु चलचित्र ग्याङ लिडर (२०१९) र तमिल चलचित्रहरू डक्टर (२०२१), डन (२०२२) र एथरक्कुम थुनिन्धवन (२०२२) मा प्रमुख महिलाको भूमिका निर्वाह गरेकी थिइन्। प्रियङ्का एक साइमा पुरस्कार प्राप्तकर्ता हुन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]प्रियङ्का अरुल मोहनको जन्म २० नोभेम्बर १९९४ मा चेन्नई, तमिलनाडुमा भएको थियो। उनको जन्म तमिल ब्राह्मण परिवारमा भएको थियो।[१] उनका बुबा तमिलियन र आमा कन्नडिगा हुन्।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ India, The Hans (२०२३ अप्रिल २०), "Priyanka Arul Mohan Biography: Age, Personal Life, Career, Height, Weight, Net Worth, Movies, Photos", www.thehansindia.com।
- ↑ "Happy Birthday Priyanka Arul Mohan: Exquisitely beautiful photos of the actress that will make you go crazy", The Times of India।
- ↑ Chowdhary, Y. Sunita (२७ अगस्ट २०१९), "Priyanka Arul Mohan on her debut in Nani's 'Gang Leader'", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २५ अप्रिल २०२१।