फिलामेन्ट चिम
स्वरूप
(फिलामेन्ट बत्तीबाट अनुप्रेषित)
यस प्रकारको बिजुलीको चिम भित्र मसिनो तारबाट बनाइएको क्वाइल प्रयोग गरिएको हुन्छ । यसलाई फिलामेन्ट भनिन्छ । फिलामेन्टबाट विद्युत बहँदा अत्यन्त तातो हुन्छ । अत्यधिक तापक्रमले गर्दा उज्यालो भई प्रकाश दिन्छ । फिलामेन्ट प्राय टङस्टेनTungsten धातुबाट बनाइन्छ ।
अत्यन्त तातो अवस्थामा अक्सिजन ग्यास सम्पर्कमा आएमा उक्त फिलामेन्ट अक्सिकरण हुन्छ र फिलामेन्ट नष्ट हुन्छ । त्यसैले चिमभित्र निष्क्रिय ग्यासहरु नाइट्रोजन, आर्गन, नियन भरिएको हुन्छ । अथवा चिमलाई हावा शून्य बनाइएको हुन्छ ।
यस्तो बत्तीमा प्रकाश भन्दापनि ताप बढी निस्कन्छ । यस्तो बत्तीमा १०% विद्युत प्रकाश शक्तिमा र बाँकी ९०% विद्युत तापशक्तिमा परिणत हुन्छ ।
संरचना
[सम्पादन गर्नुहोस्]
|