सामग्रीमा जानुहोस्

फुजी हिमाल

फुजी हिमाल
नक्सा
सर्वोच्च बिन्दु
शिखर३,७७६.२५ to ३,७७८.२३ मी (१२,३८९.३ to १२,३९५.८ फिट)
प्रमुखता३,७७६ मी (१२,३८८ फिट)
निर्देशाङ्क३५°२१′३८″ उत्तर १३८°४३′३९″ पूर्व / ३५.३६०५६° उत्तर १३८.७२७५०° पूर्व / 35.36056; 138.72750
नामाकरण
स्थानीय नाम富士山 (जापानी)
भूगोल
अवस्थितिफुजी हकोने इजु राष्ट्रिय निकुञ्ज
देश
जापान
भूगर्भशास्त्र
मिश्रित ज्वालामुखी
आरोहण
सबभन्दा सजिलो मार्गपैदल यात्रा

फुजी हिमाल (जापानी: 富士山) जापानको सबैभन्दा अग्लो हिमाल हो। [१] जुन २२, २०१३ मा यसलाई विश्व सम्पदा सूचीमा राखिएको थियो [१] युनेस्को अनुसार माउन्ट फुजीले "कलाकार र कविहरूलाई प्रेरित गरेको छ र शताब्दीयौंदेखि तीर्थयात्राको रूपमा प्रख्यात रहि आइको छ"। [२] यो हिमाल ज्वालामुखी बाट बनेको हो यसको उचाइ ३७७६ मिटर रहेको छ।

भूगोल

[सम्पादन]

माउन्ट फुजीको उचाइ ३७७६ मिटर रहेको छ र यो टोकियोको दक्षिणपश्चिममा, होन्शुको प्रशान्त तट नजिकै अवस्थित रहि शिजुओका र यामानाशी प्रिफेक्चरको सिमानामा फैलिएको छ। यो हिमाललाई चारवटा साना सहरहरूले घेरेका छन्: पूर्वमा गोटेम्बा, उत्तरमा फुजियोशिडा, दक्षिणपश्चिममा फुजिनोमिया र दक्षिणमा फुजी। साथै यसको वरपर पाँच तालहरू रहेका छन्: कावागुची ताल, यामानाका ताल, साई ताल, मोटोसु ताल र सोजी ताल। मौसम सफा भएको बेला टोकियोबाट पनि यो हिमाल देख्न सकिन्छ।[३]

जलवायु

[सम्पादन]

माउन्ट फुजीको शिखरमा टुन्ड्रा जलवायु छ ( कोपेन हावापानी वर्गीकरण ET )। उचाइमा तापक्रम धेरै कम हुन्छ, र शिखरमा वर्षको धेरै महिनासम्म हिउँले ढाकिएको हुन्छ। शिखरमा सबैभन्दा कम रेकर्ड गरिएको तापमान −३८.० C हो (फेब्रुअरी 1981) र उच्चतम तापमान १७.८ C थियो (अगस्त १९४२)।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 अभिलेखिकरण जुन २७, २०१३ वेब्याक मेसिन
  2. ↑ Centre, UNESCO World Heritage, "Fujisan, sacred place and source of artistic inspiration", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-११।
  3. ↑ "STS-107 Shuttle Mission Imagery", NASA, जनवरी २६, २००३, मूलबाट फेब्रुअरी १०, २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१२। अभिलेखिकरण मे १५, २०१३ वेब्याक मेसिन