कोपेन हावापानी वर्गीकरण

कोपेन हावापानी वर्गीकरण सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हावापानी वर्गीकरण प्रणाली मध्ये एक हो।[१] यो पहिलो पटक सन् १८८४ मा जर्मन-रूसी मौसमविद् व्लादिमिर कोपेन द्वारा प्रकाशित गरिएको थियो।[२] पछि, जर्मन मौसमविद् रुडोल्फ गेइगरले वर्गीकरण प्रणालीमा केही परिवर्तनहरू ल्याए, जसलाई कहिलेकाहीं कोपेन-गोइजर हावापानी वर्गीकरण भनिन्छ।[३][४] कोपेन हावापानी वर्गीकरणले हावापानी लाई पाँच मुख्य हावापानी समूहहरूमा विभाजन गर्दछ, प्रत्येक समूहलाई मौसमी वर्षा र तापमान ढाँचाको आधारमा विभाजित गरिएको छ।[५]
पारिस्थितिक महत्व[सम्पादन गर्नुहोस्]
कोपेन हावापानी वर्गीकरण जलवायु र वनस्पति बीचको अनुभवजन्य सम्बन्धमा आधारित छ।[६] यस वर्गीकरणले तापमान र वर्षा र तिनीहरूको मौसमीतालाई एकल मेट्रिकको साथ परिभाषित हावापानी अवस्थाहरू वर्णन गर्न प्रभावकारी तरिका प्रदान गर्दछ।[६] कोपेन वर्गीकरणद्वारा पहिचान गरिएको मौसमी अवस्थाहरू पारिस्थितिक रूपमा सान्दर्भिक भएकाले दीर्घकालीन हावापानी र सम्बन्धित इकोसिस्टम अवस्थाहरूको भौगोलिक वितरण नक्सा गर्न व्यापक रूपमा प्रयोग गरिएको छ।[६]
हालैका वर्षहरूमा, मौसममा परिवर्तनहरू र समयसँगै वनस्पतिमा हुने सम्भावित परिवर्तनहरू पहिचान गर्न वर्गीकरण प्रयोग गर्ने चासो बढेको छ।[७] कोपेन हावापानी वर्गीकरणको सबैभन्दा महत्त्वपूर्ण पारिस्थितिक महत्व यो हो कि यसले हावापानी डेटाको आधारमा प्रमुख वनस्पति प्रकारको भविष्यवाणी गर्न मद्दत गर्दछ र यसको विपरीत।[८]
नक्साहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Köppen, Wladimir (1936). "Das geographische System der Klimate". In Köppen, Wladimir; Geiger (publisher), Rudolf. Das geographische System der Klimate. 1. Berlin: Borntraeger. http://koeppen-geiger.vu-wien.ac.at/pdf/Koppen_1936.pdf. अन्तिम पहुँच मिति: 2016-09-02.
- ↑ Köppen, Wladimir (1918). "Klassification der Klimate nach Temperatur, Niederschlag and Jahreslauf". Petermanns Geographische Mitteilungen. 64. pp. 193–203, 243–248.
- ↑ Geiger, Rudolf (१९५४), "Klassifikation der Klimate nach W. Köppen" [Classification of climates after W. Köppen], Landolt-Börnstein – Zahlenwerte und Funktionen aus Physik, Chemie, Astronomie, Geophysik und Technik, alte Serie (Berlin: Springer) 3: 603–607।
- ↑ Geiger, Rudolf (१९६१), Überarbeitete Neuausgabe von Geiger, R.: Köppen-Geiger / Klima der Erde। (Wandkarte 1:16 Mill.) – Klett-Perthes, Gotha.
- ↑ Kottek, Markus; Grieser, Jürgen; Beck, Christoph; Rudolf, Bruno; Rubel, Franz (२००६), "World Map of the Köppen-Geiger climate classification updated", Meteorologische Zeitschrift 15 (3): 259–263, डिओआई:10.1127/0941-2948/2006/0130, बिबकोड:2006MetZe..15..259K।
- ↑ ६.० ६.१ ६.२ Chen, D.; Chen, H. W. (२०१३), "Using the Köppen classification to quantify climate variation and change: An example for 1901–2010", Environmental Development 6: 69–79, डिओआई:10.1016/j.envdev.2013.03.007, मूलबाट २०१४-१०-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१०-२९।
- ↑ Chen, Hans; Chen, Deliang, "Köppen climate classification", hanschen.org (अङ्ग्रेजीमा), मूलबाट २०१७-०८-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०४।
- ↑ Critchfield, Howard J (१९८३), General Climatology (4th संस्करण), New Delhi: Prentice Hall, पृ: 154–161, आइएसबिएन 978-81-203-0476-5।