बदरुद्दीन उमर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बदरुद्दीन उमर
বদরুদ্দীন উমর
जन्म (१९३१-१२-२०) २० डिसेम्बर १९३१ (उमेर ८९)
बर्धमान, बङ्गाल राज्य, बेलायत भारत
राष्ट्रियताबङ्गलादेशी
मातृ शिक्षाप्रतिष्ठानढाका विश्वविद्यालय
अक्सफोर्ड विश्वविद्यालय
पेशामार्क्सवादी, सामाजिक कार्यकर्ता, इतिहासकार, लेखक, बुद्धिजीवी
राजनीतिक दलबङ्गलादेश कम्युनिस्ट पार्टी
मातापिताआबुल हासिम (बुबा)

बदरुद्दीन उमर (बङ्गाली: বদরুদ্দীন উমর ; जन्म २० डिसेम्बर १९३१) एक बङ्गलादेशी मार्क्सवादी–लेनिनवादी सिद्धान्तवादी, राजनीतिक कार्यकर्ता, इतिहासकार, लेखक, बौद्धिक र बङ्गलादेशी कम्युनिष्ट पार्टीका नेता हुन्। उनका बुबा आबुल हाशिम भारतीय उपमहाद्वीपका एक प्रख्यात राजनीतिज्ञ थिए।[१]

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्ने]

उमरको जन्म बङ्गला प्रदेशको बर्धामान जिल्लामा सन् १९३१ डिसेम्बर २० का दिन भएको थियो। यद्यपि उनका बुबा आबुल हाशिम एक गुप्त कम्युनिष्ट थिए जसले पूर्व पाकिस्तानको निर्माणमा विरोध गरेका थिए।[२] हाशिमले पूर्व पाकिस्तानबाट सन् १९५० मा ढाकामा बसाइँसराइ गरेका थिए। उमरले ढाका विश्वविद्यालयबाट दर्शन विषयमा एमए गरे र उनको बिए डिग्री अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्र विषयमा गरेका थिए। उमरले अस्थायी रूपमा ढाका विश्वविद्यालयमा शिक्षकको रूपमा आफ्नो शैक्षिक जीवनको शुरूवात गरेका थिए।[३] सन् १९६३ मा उमर राजशाही विश्वविद्यालयमा राजनीति विज्ञान विभागको संस्थापक-अध्यक्षका रूपमा प्रवेश गरेका थिए। उनले सोही विश्वविद्यालयमा समाजशास्त्र विभागको पनि स्थापना गरे तर उनले पूर्व पाकिस्तानका तात्कालिक गभर्नर अब्दुल मोनेम खानको प्रतिकूल समयमा आफ्नो विश्वविद्यालयको पदबाट राजीनामा दिएका थिएजसका कारण उनी अझ बढी सक्रिय र पूर्णकालिक वामपन्थी राजनीतिक कार्यकर्ता र सार्वजनिक बौद्धिक रूपमा संलग्न भए।[४] उनले पछि बङ्गलादेशमा शोषित किसान र मजदुरहरूको पक्षमा लड्न शुरू गरेका थिए।

राजनितीक कार्यकाल[सम्पादन गर्ने]

मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरूको अनुयायीका रूपमा उमरले सन् १९७० को दशकदेखि औपनिवेशिक विरोधी लेखहरू लेख्न शुरू गरेका थिए। सन् १९६० को दशकमा उनले तीन महत्त्वपूर्ण पुस्तकहरू; साम्प्रदायिकता (सन् १९६६), संस्कृत सङ्कट (सन् १९६७ ) र संस्कृत सम्प्रदायिकाता (सन् १९६९) लेखेका थिए जसको राजनैतिक संस्कृतिको द्वन्द्ववादको सिद्धान्त साम्प्रदायिकता बङ्गाली राष्ट्रवादको बृद्धिमा महत्त्वपूर्ण बौद्धिक योगदान पुर्‍यायो।[५] सन् १९६९ मा उमर पूर्वी पाकिस्तान कम्युनिष्ट पार्टीमा सामेल भए र फेब्रुअरी १९७० देखि मार्च १९७१ सम्म उमरले पूर्वी पाकिस्तान कम्युनिष्ट पार्टी सप्ताहिक गणशक्तिको मुखपत्रमा सम्पादन गरेका थिए जहाँ उनले पाकिस्तानमा कम्युनिष्ट आन्दोलनको समस्या र सम्भावनाहरू बारे निबन्ध र लेख प्रकाशित गरेका थिए।[६] उनी बङ्गलादेश कृषक महासङ्घ (बङ्गलादेश किसान महासङ्घ) र बङ्गलादेश लेखक शिबिर दुबैका अध्यक्ष थिए जुन देशको प्रगतिशील लेखक, बौद्धिक र साँस्कृतिक कार्यकर्ताहरूको सङ्गठन हो।[७] हाल उनी राष्ट्रिय मुक्ति परिषद्का अध्यक्ष हुन्।[८]

पुस्तकहरू[सम्पादन गर्ने]

उमरले लगभग सय पुस्तकहरू र असङ्ख्य लेखहरू लेखेका छन्। उनका अधिकांश पुस्तकहरूमा वर्ग समाजको लोकतान्त्रिक र समाजवादी रूपान्तरणको समस्या र सम्भावनाहरूबारे छलफल गरिएको छ। उनले आफ्ना पुस्तकहरूमा राजनीतिक अर्थव्यवस्था र पूँजीवादको संस्कृति, विश्व समाजवादी आन्दोलन, बङ्गलादेशमा कम्युनिष्ट आन्दोलन, तेस्रो विश्वमा सैन्यवाद र सैन्य तानाशाहीको घटना, राजनीति, अपराधिकरण लगायतका विभिन्न विषयहरूको चर्चा गरेका छन्।

प्रकाशित पुरस्कारहरू[सम्पादन गर्ने]

लेख[सम्पादन गर्ने]

  • साम्प्रदायिकता (सन् १९६६)
  • संस्कृति सङ्कट (सन् १९६७)
  • साँस्कृतिक साम्प्रदायिकता (सन् १९६८)
  • पूर्वबाङ्लार भाषा आन्दोलन ओ तात्कालिक राजनिती (प्रथम खण्ड सन् १९७०, द्वितीय खण्ड सन् १९७६ र तेस्रो खण्ड सन् १९८१)
  • चिरस्थायी बन्दोबस्ते बङ्गलादेशर कृषक (सन् १९७२)
  • ईश्वरचन्द्र विद्यासागर ओ उनिश शत्केर बाङाली समाज (सन् १९७३)
  • बङ्गलादेशे कम्युनिस्ट आन्दोलनेर समसत्य (सन् १९७४)
  • जुध्दोओर बङ्गलादेश (सन् १९७४)
  • जुद्ध पूर्व बङ्गलादेश (सन् १९७६)
  • भाषा आन्दोलन ओ अन्यअन्य प्रसङ्ग (सन् १९८०)
  • बङ्गलादेशे मार्कसवाद (सन् १९८१)
  • आमादेर भाषार लडाई (सन् १९८१)
  • बङ्गलादेशे बुर्जोवा राजनितीक चालचित्र (सन् १९८२)
  • भारतीय जातीय आन्दोलन (सन् १९८४)
  • मार्कसीय दर्शन ओ अन्यअन्य प्रसङ्ग (১৯৮৬)
  • बङ्गलादेशेर कृषक ओ कृषक आन्दोलन (सन् १९८६)
  • बङ्गलादेशे गणतान्त्रिक आन्दोलनेर कयेकटी दिक (सन् १९८७)
  • बङ्गलादेशे अर्थ-सामाजिक परिवर्तनेर धारा (सन् १९८७)
  • बङ्गलादेशे धर्मेर राजनैतिक व्यवहार (सन् १९८९)
  • बङ्गलादेशेर मध्यवित्त ओ साँस्कृतिक (सन् १९८९)
  • सामरिक शासन ओ बङ्गलादेशेर राजनिती (सन् १९८९)
  • प्रश्चात्तपद देशे गणतन्त्रर समस्या (सन् १९९०)
  • विप्लव ओ प्रतिविप्लव (सन् १९९०)
  • बामपन्थी महले अनैक्य ओ गणतान्त्रिक ऐक्या प्रसङ्ग (सन् १९९१)
  • नबबइ-एर नागरिक बुर्जुवा अभुत्यत्थान ओ अन्यअन्य प्रसङ्ग (सन् १९९२)
  • प्रतिविप्लव ओ समाजतन्त्रेर भविसत्य (सन् १९९२)
  • गणआदालत-आएकाओरेर असमाप्तु मुक्ति सङ्ग्रामेर जेर (सन् १९९२)
  • निर्वाचित राजनैतिक प्रबन्ध (सन् १९९३)
  • धर्म, राजनिती ओ साम्प्रदायिकता (कलकता, सन १९९३)
  • धर्मीय प्रतिकृयाशिलतार विरुद्ध (सन् १९९४)
  • मुक्ति को पथे? (सन् १९९४)
  • बङ्गलादेशे गणतान्त्रिक स्वैरतन्तर( सन् १९९४)
  • बङ्गलादेशेर आर्थ-राजनैतिक परिस्थिति (सन् १९९४)
  • बङ्गलादेशे दुर्नीति, सन्त्रास ओ नैराज्य (सन् १९९४)
  • साम्राज्यवादेर नतुन विश्वव्यवस्था (सन् १९९५)
  • जनगणेर हाते क्षमता-निर्वाचन ना? अभुत्यत्था (सन् १९९६)
  • आमादेर समयकार जीवन (सन् १९९६)
  • निर्वाचित बक्तता (सन् १९९६)
  • बङ्गलादेशे बुर्जुवा राजनितीक दुईरूप (सन् १९९७)
  • बङ्गलादेशेर राजनैतिक संस्कृति (सन् १९९७)
  • विविध प्रसङ्ग (सन् १९९६)
  • साम्राज्यवाद ओ विश्व परिस्थिति (सन् १९९८)
  • द्वितीय अवामी लीग सरकरेर आमले बङ्गलादेश (सन् १९९९)
  • बङ्गलादेशेर बामपनथीरा; एकाओरेर स्वाधीनताजुद्धे कम्युनिस्टेदेर राजनैतिक भूमिका (सन् २०००)
  • निर्वाचित प्रबन्ध (सन् २०००)
  • एकाओरेर स्वाधीनताजुद्धेर पथे (सन् २०००)
  • साक्षात्तकार (सन् २००१)
  • बङ्गलादेशे फ्यासीवाद (सन् २००१)
  • शिक्षा ओ शिक्षा आन्दोलन (सन् २००२)
  • जनगणेर सङ्ग्रामेर पथ (सन् २००२)
  • बङ्गलादेशेर सङ्सदीय गणतन्त्र (सन् २००३)
  • सङ्सदीय राजनिती जातीय सङ्सद ओ अन्यअन्य प्रसङ्ग (सन् २००३)
  • आमार जीवन (सन् २००४)
  • प्यालेस्टाइन, अफगानिस्तान ओ इराके मार्किन साम्राज्यवाद (सन् २००४)
  • आमार पिता (सन् २००५)
  • बङ्गलादेशे इतिहास चर्चा (सन् २००६)
  • शताब्दीर शुरुते बङ्गलादेशेर चित्र (सन् २००६)
  • मुक्तिजोद्धा ओ स्वाधीनतम जुद्धेर जय-पराजय (सन् २००६)
  • दक्षिण एसियाय मार्किन साम्राज्यवाद (सन्)
  • बङ्गलादेशेर अभुद्याय (प्रथम खण्ड सन् २००८)
  • कार दिन बदल हलो (सन् २०१०)[९]

[१०][११]

अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकहरू[सम्पादन गर्ने]

  • पोलिटिक्स एण्ड सोसाइटी इन इष्ट पाकिस्तान एण्ड बङ्गलादेश (सन् १९७३)
  • पोलिटिक्स एण्ड सोसाइटी इन इष्ट पाकिस्तान (कलकत्ता, सन् १९८०)
  • पोलिटिक्स एण्ड सोसाइटी इन बङ्गलादेश ( सन् १९८७)
  • टुवार्डस् द ईमर्जेन्सी इन बङ्गलादेश (सन् १९८०)
  • ल्याङ्ग्वेज मुभ्मेण्ट इन इष्ट बाङ्ला (सन् २००१)
  • ईमर्जेन्सी इन बङ्गलादेश (प्रथम खण्ड सन् २००४ र द्वितीय खण्ड सन् २००६)

सम्पादन[सम्पादन गर्ने]

  • सुकान्त समग्र (सन् १९७०)
  • भाषा आन्दोलन प्रसङ्ग : कतिपय दलिल (प्रथम खण्ड सन् १९८४ र द्वितीय खण्ड सन् १९८१)
  • स्ट्यालिन प्रसङ्ग (सन् १९९०)
  • पार्वत्य चट्टग्राम : निपीडन ओ सङ्ग्राम (১৯৯৭)
  • नारी प्रश्न प्रसङ्गे (सन् २००३)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Razzaque, Rana (जुन २००६), "Abul Hashim As A Political Thinker", Journal of the Asiatic Society of Bangladesh (Dhaka) 51 (1), मूलबाट १८ जुलाई २०१२-मा सङ्ग्रहित। 
  2. http://www.telegraphindia.com/1090622/jsp/opinion/story_11137241.jsp
  3. "Shrabon Prokashani, author", मूलबाट २२ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २००९ 
  4. "Tribute to Badruddin Umar on his seventy-fifth birthday", मूलबाट ३० जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २००९ 
  5. Communalism in Undivided Bengal: shrouding Class Conflict with Religion
  6. The Emergence of Bangladesh
  7. Morshed, Abul Kalam Manjoor (२०१२), "Bangladesh Lekhak Shibir", in Islam, Sirajul; Jamal, Ahmed A., বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  8. Jatiya Mukti Council calls for lifting of emergency[dead link]
  9. http://www.shaptahik.com/v2/?DetailsId=4691
  10. "Shrabon Prokashani", मूलबाट २२ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २००९ 
  11. Micro-Credit : myth manufactured

बाह्य कडीहरू[सम्पादन गर्ने]