बल गरेर त्यो मन यता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"बल गरेर त्यो मन यता"
स्वरूपराज आचार्य[१]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०६:३६
लेबलविन्दवासिनी म्युजिक
गीतकार(हरू)विपिन किरण
साङ्गीतिक भिडियो
"बल गरेरे त्यो मन यता" युट्युबमा हेर्नुहोस्

बल गरेर त्यो मन यता एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक स्वरूप राज आचार्यको रहेको छ। यो स्वरूप राज आचार्यको गीति सङ्गालो किरण-२ मा समावेश गीत हो। यसले उत्कृष्ट गीतको तर्फबाट विभिन्न पुरस्कार समेत जितेको छ।[२]

यस गीतमा छायाङ्कन नवराज सुबेदीले गरेका छन् भने सम्पादन विवेक घिमिरे गरेका छन् र यस गीतलाई निर्देशन निशान्त घिमिरे गरेका हुन्। यस गीतमा शब्द तथा विपिन किरणको रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ गीत तथा सङ्गीतकार महेश खड्काको रहेको छ। यस गीतमा श्रव्य/श्रव्य दृश्य विन्ध्यवासिनी म्यूजिक प्रालिको रहेको छ। यस गीतको उत्पादक तथा वितरक क्रिएटिभ मनकामना फिल्म्सको प्रालि हो। यस गीतको श्रव्य दृश्यलाई निर्माण सुवास रेग्मीले गरेका थिए। यसका सिआरबिटि तथा पिआरबिटि अङ्क क्रमशः ०१३०००१४९४२ र ६०४३१६ हुन्। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खातामा ४ जून २०१२ मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा ४ लाख ५० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[३]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक श्रव्य दृश्यमा यस गीतका सङ्गीतकार महेश खड्कालाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ। यसको सुरुवातमा प्रमुख महिला पात्रले एउटा सुनको सिक्री लगाउँछिन्। दृश्यमा प्रमुख पुरुष पात्र (महेश खड्का) पत्र लेखिरहेका हुन्छन्। महिलालाई हातमा मेहन्दी लगाइँदै गरिन्छ। उनी बैसाखी च्यापेर एक युवती भएको ठाउँमा पुग्छन् र उनलाई उपहार दिँदै उनका प्रेमिकालाई (दृश्यकी प्रमुख महिला पात्र) सो उपहर दिनका लागि आग्रह गर्छन्। उनले उक्त उपहार उनलाई दिन्छन् र उक्त उपहारलाई खोल्दा अघि लेखिएको पत्र देखिन्छ र गीतको सुरुवात त्यहीँबाट हुन्छ। 

पत्र पढ्नासाथ उनी निरास हुँदै उपस्थित सबै जनाले उनलाई हेर्छन्। उनी त्यस ठाउँमाबाट उठ्छिन् र उनी भएको ठाउँमा जना खोज्दा एउटी वृद्ध महिलाले उनलाई केही कुरा व्यक्त गर्छिन्। उनी रूँद‌ै उनको अनुहारमा हेर्छिन् र सोही ठाउँमा बस्छिन्। उनी पनि निराश देखिन्छन्। दृश्य अन्तै ठाउँमा पुग्छ जसमा उनी आफ्नो बैसाखी लिएर उक्त पत्र पढ्दै गीत गाउन थाल्छन्। दुबै जना निरास देखिन्छन्। दृश्य सोही घरको कोठामा पुग्छ जसमा सबैजना उक्त कोठामा भेला हुन्छन्। उनी रूँदै उक्त दृश्य हेर्छिन् भने उनका प्रेमी बैसाखीमा टाउको अड्याएर दु:खी हुँद‌ै मनमा कुरा खेलाउन थाल्छन्। अर्को दृश्य उनी कसरी लङ्गडो भएको भनेर देखाइएको छ जसमा उनी गाडीको ठक्करमा परि भुँईमा लड्छन्। दृश्य घरको छतमा पुग्छ जसमा उनीहरू दुई जना देखिन्छन्। उनले कुर्थाको तुना बाँध्न बिर्सिन्छिन् र उनी पछाडि हट्दै कोठा भिँ छिर्छिन्। दृश्य अघिको स्थानमा पुग्छ जसमा उनले कुर्थाको सल खसाल्छिन्। उक्त सललाई उनले टिपी उनी भएको ठाउँमा पुग्छन्। एकछिन पछि दृश्य सोही घरको कोठामा पुग्छ जसमा भेला भएका सबै जना कुरा गर्न थाल्छन्। उनले उनलाई अगाडि बसेर हेर्छन्। दृश्य सोही रूखै रूख भएको स्थानमा पुग्छ जसमा उनले निराश हुँदै गीत गाउँछन्। एकैछिनमा गीतमा स्वरूप राज आचार्यको आगमन हुन्छ जसमा उनले गीत गाइरहेको देखाइएको छ। पछि उनी पछाडिबाट आई आफ्ना प्रेमीलाई उक्त सलले बाँध्छिन् र उनी पछाडि फर्किँदै उनी सामु पुग्छन् र हर्सित हुँदै आफ्नो हत्केला उनको अनुहार नजिक डुलाउँछन्। पछि उनी उक्त सल लिएर पछाडि हट्छिन् र लामो सास तान्छिन्। उनी पनि पछाडि हट्दै जाँदा एउटा रूखमा ठोकिन्छन् र दृश्य सोही घरको सबै जना उपस्थित भएको कोठामा पुग्छ जसमा उनी बसिरहेको ठाउँबाट लड्छन्। दृश्य सोही स्थानमा केन्द्रित हुन्छ जसमा भुँईमा खसेको बैसाखीलाई दुबै जना मिली उठाउँछन्। दृश्य हेरफेर हुने क्रम जारी रहन्छ। पछि दोस्रो पटक दृश्यमा गायकको आगमन हुन्छ। 

उनले मनको पिडा व्यक्त गर्दै उनलाई गश्रत मार्फत सम्झाउने कोशिश गर्छन्। दृश्य भूतमा पुग्छ जसमा उनी एउटा सिसाको अर्को छेउमा बसी उनलाई चुम्मन गर्न खोज्छन् र उनी लाज मान्दै पछाडि फर्किन्छिन्। वर्तमानको समयमा उनी कोठामा टोलाउँद‌ै उनलाई हेर्छन्। दृश्य सोही स्थानमा पुग्छ जसमा उनी रोइरहेको देखाइन्छ र उनले गीत मार्फत कुरा व्यक्त गरिरहेका हुन्छन्। 

गीतमा अर्का युवकले उनलाई अौंठी लगाइदिन्छन् र उनलाई पनि लगाइदिनका लागि अौंठी तयार पार्दा उनको हातबाट उक्त अौंठी खस्छ र सबै जना आश्चर्य मान्दै उनलाई हेर्छन्। उनी बसेको ठाउँबाट उक्त अौंठी उठाएर उनलाई दिन्छन् र उनले उनलाई नै सो अौंठी लगाइदिन्छिन् र दुबैजनाले अङ्कमाल गर्दै श्रव्य दृश्यको त्यहीँ अन्त्य हुन्छ। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]