बानारिपाडा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बानारिपाडा

বানারিপাড়া
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २२°४६.९′उ॰ ९०°१०′पू॰ / २२.७८१७°N ९०.१६७°E / 22.7817; 90.167निर्देशाङ्कहरू: २२°४६.९′उ॰ ९०°१०′पू॰ / २२.७८१७°N ९०.१६७°E / 22.7817; 90.167
देशबङ्गलादेश बाङ्लादेश
विभागबरिशाल विभाग
जिल्लाबरिशाल जिल्ला
क्षेत्रफल
 • जम्मा१३४.३२ किमी (५१.८६ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१ [१])
 • जम्मा१४३,८२५
 • घनत्व१,१००/किमी (२,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक वेबसाइट

बानारिपाडा (बङ्गाली: বানারিপাড়া) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बानारिपाडा जिल्ला बङ्गलादेशको दक्षिण मध्ये भागमा पर्छ भने यो उपजिल्ला २२°४५' देखि २२°५२' उत्तर अक्षांश र ९०°०२' देखि ९०°१३' पूर्वी देशान्तरणमा अवस्थित छ। बानारिपाडा जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३४.८६ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई वाजिरपुर उपजिल्लाले उत्तर, नेछाराबाद उपजिल्लाले दक्षिण, वाजिरपुरझालकाठी उपजिल्लाले पूर्व, नाजिरपुरनेछाराबाद उपजिल्लाले पश्चिमबाट घेरेको छ। सन्ध्या, स्वरुपनकाठि, एछाडा बिशारकान्दी आदि यस उपजिल्लाका प्रमुख नदी र खोलाहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेना र स्थानीय राजाकारको (पूर्वी पाकिस्तानमा बसोबार गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गलादेशीहरू) समूहले यस उपजिल्लाको थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार तथा घरटहराहरूमा पूर्णतया आगजनी गरि आतङ्क मच्चाएका थिए। पाकिस्तानी सेनाले यस युद्धका बेला गाभा गाउँका २१२ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए।


जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५२८७७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७४३५ छ भने महिलाको जनसङ्ख्या ७५४४२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२७०५७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५२९८ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४५५, इसाई धर्मको ३२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३५ रहेको छ। यस जिल्लामा २९७ मस्जिद, २४ हिन्दु मन्दिर, ३ गिर्जाघर र १ चिहान रहेका छन्। बानारिपाडा जामे मस्जिद, विनोद विहारी मन्दिर आदि यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.००% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ४.१४% ले पोखरी, ०.१४% ले टुटी र १.७२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.७९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, नरिवल,अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, केरा, आँप, अम्बा, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको तोरी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ७० माछापालन केन्द्र, २५ दुग्ध सङ्कलन केन्द्र तथा, १३० कुखुरापालन केन्द्रहरू रहेका छन्।


यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४२.३२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३६% मजदुरीमा, उद्योग तथा व्यापारमा १.३२% वाणिज्यमा २७.१०%, सञ्चार र यातायातमा २.०८%, निर्माण क्षेत्रमा १.५९%, सुविधामा ९.२७%, धार्मिक सेवामा ०.३२%, वैदेशिक रोजगारी तथा भाडामा १.६०% र अन्यमा १०.०४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बानारिपाडा थानको स्थापना सन् १९१३ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा ८ सङ्घ परिषद् र एक पुरोसभा रहेका छन् भने उक्त पोरसभाले यस उपजिल्लाको ४.७७ वर्ग किलोमिटर क्षेत्रफल अोगटेको छ। यस उपजिल्लामा ८७ मौजा/महल्ला र ७७ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ६०.८०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६२.५% छ भने महिलाको साक्षरता दर ५९.०% रहेको छ। यस उपजिल्लामा २७ उच्च विद्यालय, ८० सरकारी प्राथमिक विद्यालय, ४१ गैरसरकारी प्राथमिक विद्यालय र ५९ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सरकारी फजुलल हक क्याम्पस (सन् १९४०), बानारिपाडा सङ्घ शिक्षण संस्था (सन् १८८९), गाभा उच्च विद्यालय (सन् १८८९), बानारिपाडा उच्च विद्यालय (सन् १८८९), बाइशारी उच्च माध्यमिक विद्यालय (सन् १९०१), खलिसाकोटा माध्यमिक विद्यालय (सन् १९१७), बलदपया मलुशार माध्यमिक विद्यालय (सन् १९५२), उत्तरकुल माध्यमिक विद्यालय (सन् १९६५), सैयद बजलुल हक माध्यमिक विद्यालय, जसीम उद्दिन माध्यमिक विद्यालय, सालिया बाकपुर फजलुल हक माध्यमिक विद्यालय, वजेदिया माध्यमिक विद्यालय आदि।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন ২০১৪), "এক নজরে বানারীপাড়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৬ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। 
  2. २.० २.१ इसलाम, सिराजुल; जामल, अाहमेद, सम्पादकहरू (सन् २०११), "বানারীপাড়া উপজেলা", बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]