बालकृष्ण

बाल कृष्ण (अनुवाद:बालक कृष्ण/दिव्य बालक कृष्ण)[१][२] वा बाल गोपाल, हिन्दु देवता कृष्णको बाल्यकालको स्वरूपलाई बुझाउँछ।[३] दिव्य बालकको रूपमा कृष्णको उपासना ऐतिहासिक रूपमा कृष्ण धर्ममा पूजा गरिने प्रारम्भिक स्वरूपहरूमध्ये एक थियो।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]देवकी र वसुदेवका आठौँ छोराको रूपमा, आफ्नो अत्याचारी मामा तथा मथुराका राजा कंसको वध गर्ने भविष्यवाणी पूरा गर्नका लागि कृष्णको जन्म हुन्छ। कारागारमा आफ्ना आमाबुबाको साथमा जन्मने बित्तिकै, उनले आफ्ना पितालाई उनलाई ब्रज क्षेत्रमा लैजान आग्रह गर्छन् जहाँ उनले आफ्नो बाल्यकाल गोठालाहरूको बीचमा आफ्ना दाजु बलरामसँग बिताउने गर्दछन्।[४] गोकुलको बस्तीमा, उनको लालनपालन उनका पालक-आमाबुबा यशोदा र नन्दद्वारा गरिएको थियो।[५]

एक बालकको रूपमा, कृष्ण गोकुलका गोठालाहरूका परिवारबाट नौनी चोर्ने जस्ता आफ्ना कार्यहरूका कथाहरूका लागि सबैभन्दा बढी चिनिन्छन्।[६] कृष्ण-भक्ति परम्पराहरूमा चोर्नेलाई प्रायः प्रेमको रूपकको रूपमा व्याख्या गरिन्छ, जुन यसको प्रचुरता र मापन गर्न नसकिने गुणहरूसँग सम्बन्धित छ। बालक कृष्णले गाईहरू फुकाइदिने, बच्चाहरूलाई जिस्क्याउने र सामाजिक परम्पराहरूप्रति बेवास्ता प्रकट गर्ने गर्छन्। यसलाई प्रायः उनको लीलाको एक भागको रूपमा व्याख्या गरिन्छ, जुन उनको दिव्य खेल हो जसमा उनले आफ्नो वरपरको संसारसँग घनिष्ठ रूपमा अन्तरक्रिया गर्छन्।[७]
बालकृष्णले धेरै चमत्कारपूर्ण कार्यहरू पनि गरेको बताइन्छ।[८] उनको अत्याचारी मामा कंसले कृष्णको जन्मको खबर सुनेर उनलाई मार्नका लागि धेरै दुष्ट असुर र जनावरहरू पठाउँछन् तर ती सबै प्रयासहरू विफल हुन्छन्। रूप परिवर्तन गर्न सक्ने राक्षसी पूतना, शिशु कृष्णले उनले दिएको विषालु स्तनपान गर्दा उनको प्राण चुसेपछि मारिन्छिन्।[९] अर्का असुर बकासुरले बकुल्लाको रूप धारण गरी कृष्णलाई निल्ने प्रयास गरेका थिए, तर देवताले उनको ठुँडो भाँचेपछि उनको मृत्यु हुन्छ।[१०] अघासुरले सर्पको रूप धारण गरी कृष्ण र उनका साथीहरूलाई निलेपछि, देवताले उनको शरीरभित्रै आफ्नो आकार विशाल बनाएर उनलाई मारेका थिए।[११]
भागवत पुराणमा वर्णित मनिग्रीव र नलकुबेरको कथा सहित उनका केही पौराणिक कथाहरू मुक्तिसँग सम्बन्धित छन्। धनका देवता कुबेरका छोराहरू यी दुई दाजुभाइले एक पटक शिवको पर्वतस्थित बगैँचामा युवतीहरूसँग रमाइलो गरिरहेका बेला दिव्य ऋषि नारद प्रकट हुन्छन्। युवतीहरूले सम्मानपूर्वक आफूलाई ढाके पनि, दाजुभाइले आफ्नो धनको अहंकारका कारण उनलाई बेवास्ता गर्छन्। यसले नारदलाई उनीहरूलाई कृष्णद्वारा मुक्त नभएसम्म दुई अचल वृक्षको रूप धारण गर्ने श्राप दिन प्रेरित गर्छ। एक पटक, आफ्नो छोरालाई थप बदमासी गर्नबाट रोक्न यशोदाले उनलाई ओखलमा बाँधिदिएकी थिइन्। बालक कृष्ण अझै पनि बामे सरेर जान सफल हुन्छन् र दुईवटा अर्जुन वृक्षका बीचमा अड्किन्छन्। आफ्नो कम्मर पछाडिको ओखलमा बाँधिएको अवस्थामा कृष्णले ताने र रूखहरू उखेलिदिन्छन्। नारदको श्रापबाट मुक्त भएपछि, मनिग्रीव र नलकुबेरले आफ्नो वास्तविक स्वरूप धारण गर्दै आफ्नो निवास फर्कनु अघि देवतालाई ढोग गर्छन्।[१२]

उनको सबैभन्दा लोकप्रिय कथाहरू मध्ये एकमा, कृष्णका साथीहरूले उनले माटो खाएको भनी यशोदालाई उजुरी गर्छन्। यशोदाले उनलाई गाली गर्न थाल्छिन् र कृष्णले सो दाबी अस्वीकार गर्दै उनलाई आफैँ हेर्नका लागि आफ्नो मुख ठूलो पारेर खोल्छन्। यशोदाले उनको मुखभित्र अन्तरिक्ष, दिशा, पृथ्वी र यसका टापुहरू, महासागर र पर्वतहरू, नक्षत्रहरू, मन, तत्वहरू र अन्तमा आफ्नो मुखभित्र आफूलाई समेत देखेर अचम्ममा गर्छिन्।[१३]
आफ्नो प्रतिमामा, उनलाई प्रायः हात र घुँडाले बामे सरेको सानो बालकको रूपमा, वा हातमा माखनको डल्लो लिएर नाच्दै गरेको रूपमा चित्रण गरिन्छ।[१४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ समग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ KLOSTERMAIER, Klaus K. (२००५), A Survey of Hinduism for Bala Krishna, State University of New York Press; 3 edition, पृ: २०६, आइएसबिएन 0-7914-7081-4।. वर्तमान समयको कृष्ण उपासना विभिन्न तत्वहरूको मिश्रण हो। ऐतिहासिक प्रमाणहरूका अनुसार, ईसापूर्व धेरै शताब्दी पहिले नै मथुरा र त्यसको आसपासको क्षेत्रमा कृष्ण-वासुदेवको उपासना फस्टाएको थियो। दोस्रो महत्त्वपूर्ण तत्व 'कृष्ण गोविन्द' सम्प्रदाय हो। त्यसपछि 'बाल-कृष्ण' अर्थात् दिव्य बालक कृष्णको पूजा सुरु भएको थियो, जुन आधुनिक कृष्ण धर्मको एक प्रमुख विशेषता हो। पछिल्लो चरणमा 'कृष्ण गोपीजनवल्लभ' अर्थात् गोपिनीहरूका प्रेमी कृष्णको रूपमा पूजा हुन थालेको थियो, जसमा राधाको स्थान विशेष छ। केही ग्रन्थहरूमा कृष्णलाई भागवत धर्मको संस्थापक र पहिलो गुरुको रूपमा प्रस्तुत गरिएको छ।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७५।
- ↑ Smith, David (२००८-०४-१५), Hinduism and Modernity (अङ्ग्रेजीमा), John Wiley & Sons, पृ: 143, आइएसबिएन 978-0-470-77685-8।
- ↑ Ph.D, Lavanya Vemsani (२०१६-०६-१३), Krishna in History, Thought, and Culture (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: 79–80।
- ↑ Jones, Constance; Ryan, James D. (२००६), Encyclopedia of Hinduism (अङ्ग्रेजीमा), Infobase Publishing, पृ: 510।
- ↑ Flueckiger, Joyce Burkhalter (२०१५-०५-०६), Everyday Hinduism (अङ्ग्रेजीमा), John Wiley & Sons, पृ: 24।
- ↑ Olson, Carl (२००७), The Many Colors of Hinduism (अङ्ग्रेजीमा), Rutgers University Press, पृ: 166।
- ↑ Inc, Merriam-Webster (१९९९), Merriam-Webster's Encyclopedia of World Religions (अङ्ग्रेजीमा), Merriam-Webster, पृ: 647।
- ↑ Miller, Barbara Stoler; Hawley, John C. (१९९७), Love Song of the Dark Lord, New York: Columbia University Press, आइएसबिएन 0-231-11097-9।
- ↑ Vishwananda, Paramahamsa Sri Swami (२०१६-०३-०७), The Essence of Shreemad Bhagavatam (अङ्ग्रेजीमा), BoD – Books on Demand, पृ: 434।
- ↑ Vaswani, J. P. (२०१९-०६-२०), Stories with a difference from the Bhagavata Purana (अङ्ग्रेजीमा), Gita Publishing House, पृ: 176।
- ↑ Gupta, Ravi M.; Valpey, Kenneth R. (२०१६-११-२९), The Bhāgavata Purāna: Selected Readings (अङ्ग्रेजीमा), Columbia University Press, पृ: 164–165।
- ↑ Weddle, David L. (२०१०-०७-०१), Miracles: Wonder and Meaning in World Religions (अङ्ग्रेजीमा), NYU Press, पृ: 42।
- ↑ Students' Britannica India By Dale Hoiberg, Indu Ramchandani p.251
