बाह्लीक
ब्याक्ट्रिया वा ब्याक्ट्रियाना (ग्रीक भाषा: Βακτριανή ब्याक्ट्रियाने; फारसी भाषा: باختر / बाख्तर; ल्याटिन Bactria; चिनियाँ:大夏 दा जिया; संस्कृत: बाह्लिक प्रदेश) प्राचिन मध्य एसियाको ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट अमु दर्या नदी देखि हिन्दु कुश पर्वतसम्म रहेको छ जुन अफगानिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानको भूमिमा पर्दछ ।
नामाङ्करण[सम्पादन गर्नुहोस्]
ब्याक्ट्रिया शब्दको उत्पत्ति प्राचिन ग्रीक भाषाको शब्द (Βακτριανή) ब्याक्ट्रियानेबाट भएको हो जो ब्याक्ट्रियन संज्ञा (βαχλο) बाख्लोबाट अप्रभंश भएको थियो । संस्कृत काव्यहरूमा यस क्षेत्रलाई बाह्लीक प्रदेश भनिन्थ्यो ।