बिग ब्यास लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिग ब्यास लिग (बिबिएल)
आधिकारिक बिबिएल लोगो
देशहरूअस्ट्रेलिया
प्रशासकक्रिकेट अस्ट्रेलिया
ढाँचाट्वान्टी२०
पहिलो प्रतियोगितासन् २०११–१२
पछिल्लो प्रतियोगितासन् २०२०–२१
प्रतियोगिताको ढाँचादोहोरो राउन्ड-रोबिननक आउट प्रतियोगिता
टिम सङ्ख्या
वर्तमान विजेतासिड्नी सिक्सर्स (दोस्रो उपाधि)
सबैभन्दा सफलपर्थ स्कर्चर्स
(३ उपाधि)
सर्बाधिक रनक्रिस लायन (२,४२१)[१]
सर्बाधिक विकेटबेन लाफलिन (११०)[२]
वेबसाइटbigbash.com.au
सन् २०२०–२१ बिग ब्यास लिग

बिग ब्यास लिग (बिबिएल) एक अस्ट्रेलियाली व्यावसायिक फ्रेन्चाइज ट्वान्टी२० क्रिकेट लिग हो, जसलाई सन् २०११ मा[३] क्रिकेट अस्ट्रेलियाद्वारा स्थापित गरिएको थियो। बिग ब्यास लिगले पछिल्लो प्रतियोगिता, केएफसी ट्वान्टी२० बिग ब्यासको स्थान लिएको थियो। पहिले ६ वटा राज्य टोली रहेकोमा त्यसलाई बढाएर आठ वटा सहर आधारित फ्रेन्चाइज टोली राखेर लिगको नाम बिग ब्यास लिग राखिएको थियो। यो प्रतियोगिताको सुरुवातदेखि नै फास्ट फुड चिकन आउटलेट केएफसीद्वारा प्रायोजित गरिएको छ। यो इन्डियन प्रिमियर लिगसँगै औसत दर्शक उपस्थितिमा शीर्ष दस घरेलू खेल लिगहरू मध्येको एक हो। सन् २०१९/२०२० को विजेता सिड्नी सिक्सर्स थियो जसले फाइनल खेलमा मेलबोर्न स्टार्सलाई १९ रनले हराएको थियो।

बिबिएल म्याच अस्ट्रेलियामा दक्षिणी गोलार्धको गर्मीयामको समयमा डिसेम्बर, जनवरी र फेब्रुअरीको महिनामा खेलिने गरिन्छ।

प्रतियोगितामा सहभागिता जनाउने ८ टोलीहरूमध्ये ६ वटा टोलीले कम्तीमा एक पटक उपाधि जित्न सफल रहेको छ। पर्थ स्कर्चर्स यो लिगको इतिहासमा सबैभन्दा सफल टोली हो, यो टोलीले तीन पटक उपाधि जितेको छ र हालसम्म सम्पन्न भएका ९ संस्करणमध्ये ५ संस्करणको फाइनलमा पुगेको छ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बिग ब्यास लिग / Records / Most runs", ESPNcricinfo, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  2. "बिग ब्यास लिग / Records / Most wickets", ESPNcricinfo, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  3. "KFC T20 Big Bash League – Top three trophies as chosen by you", Bigbash.com.au, मूलबाट ८ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०११ 
  4. "Champions League T20 discontinued", ESPN, १५ जुलाई २०१५, मूलबाट १७ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]