इन्डियन प्रिमियर लिग
भारतीय प्रिमियर लिग | |
---|---|
देशहरू | भारत |
प्रशासक | बीसीसीआई |
पहिलो प्रतियोगिता | २००८ भारतीय प्रिमियर लिग |
आगामी प्रतियोगिता | २०२४ भारतीय प्रिमियर लिग |
प्रतियोगिताको ढाँचा | राउण्ड रोबिन प्ले अफ |
टोली सङ्ख्या | १० |
वर्तमान विजेता | चेन्नई सुपर किङ्स (५औँ उपाधी) |
सबैभन्दा सफल | मुम्बई इन्डियन्स चेन्नई सुपर किङ्स (५ उपाधी प्रत्येकको) |
सर्वाधिक रन | विराट कोहली (७२६३), रोयल चैलेन्जर्स बेङ्गलोर[१] |
सर्वाधिक विकेट | युजवेन्द्र चहल (१८७), राजस्थान रोयल्स[२] |
वेबसाइट | iplt20.com |
२०२४ |
प्रतियोगिता | |
---|---|
भारतीय प्रिमियर लिग (आईपीएल/IPL) एक महिनाभन्दा लामो अवधिसम्म[३] हुने ट्वान्टी-ट्वान्टी क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेल प्रतियोगितामा गनिन्छ।[४] यो प्रतियोगिता भारतीय क्रिकेट नियन्त्रण बोर्ड द्वारा सञ्चालन गरिएको हो।[५][६][७][८][९][१०][११][१२]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]सन् २००८ देखि सञ्चालन भएको यस प्रतियोगिताको पाँचौँ संस्करण यो वर्ष (२०१२)मा अप्रिल ४ देखि भारतमा जारी छ। प्रत्येक वर्ष आयोजना हुने आईपीएलको दोस्रो संस्करण (२००९) भारतमा आमनिर्वाचन तथा सुरक्षाका कारण दक्षिण अफ्रिकामा सारिएको बाहेक अन्य सबै प्रतियोगिता भारतमै सञ्चालन हुँदै आएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च संस्था बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को सक्रियतामा स्थापित आईपीएलको मुख्यालय भारतको मुम्बईमा छ। हाल (२०१२)मा बीसीसीआई उपाध्यक्ष राजीव शुक्ला यस लिगका अध्यक्ष तथा म्याच कमिस्नर हुन्। जारी पाँचौँ संस्करणमा नौ भारतीय टिमको सहभागिता छ। रोचक कुरो यस प्रतियोगितामा पाकिस्तानबाहेक संसारभरिका क्रिकेट खेल्ने खेलाडीको सहभागिता छ। भारतीय सरकारले भारतीय खेलकुद कार्यक्रममा पाकिस्तानी खेलाडीलाई सहभागी हुन प्रतिबन्ध लगाएपछि पाकिस्तानी खेलाडी सहभागिता नभएको हो तर बेलायतबाट भिसा लिएका पूर्वपाकिस्तानी खेलाडी अजहर महमुदले भने यसपटक सहभागिता जनाएका छन्। उनी किङ्ग्स इलेभेन पन्जावका तर्फबाट खेलिरहेका छन्।
सन् २०१०मा इन्डिया टाइम्सको सहभागितामा युट्युबमा प्रत्यक्ष प्रसारण हुने आईपीएल अहिलेसम्मकै पहिलो खेलकुद कार्यक्रम पनि बनेको छ। चौथो संस्करणसम्म आईपीएलको ब्रान्ड भ्यालु ३ दशमलव ६७ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ। स्पोर्टिङ इन्टिलिजेन्स डटकमका अनुसार खेलाडीले पाउने पारिश्रमिकका आधारमा अमेरिकी बास्केटबल लिग नेसनल बास्केटबल एसोसिएसन (एनबीए)को दाँजोमा मात्र यो दोस्रो छ। प्रो राटाका आधारमा आईपीएलका प्रत्येक खेलाडीको औसत वाषिर्क आय निकै राम्रो छ।
तेस्रो संस्करणसम्म आठ टिमको सहभागिता रहेको आईपीएलमा चौथो संस्करणदेखि दुई टिम पुणे वारियर्स तथा कोचीलाई थप्ने निर्णय गरियो। कोचीको टिम सहभागिताक्रममा निकै विवादास्पद तथ्य देखापरेपछि तत्कालीन भारतीय केन्द्र सरकारका राज्यमन्त्री शशी थरुरले राजीनामा नै दिनुपर्यो। यसैक्रममा भारत सरकारका विभिन्न निकायले सम्भावित अनियमितताको श्ाङ्कामा आईपीएल तथा सहभागी सबै टिमको आर्थिक मामिलामा समेत अनुसन्धान गर्यो। त्यसलगत्तै बीसीसीआईले सन् २०१० डिसेम्बरमा ललित मोदीलाई आईपीएल अध्यक्षबाट हटायो। कोचीले भने चौथो संस्करणमा सहभागिता जनाउन पायो।
कोची टिमको सहभागिता नरहेको यस संस्करणमा आईपीएलले प्रत्येक टिममा खेलाडी सङ्ख्या ३० लाई बढाएर ३३ पुर्यायो। यस संस्करणमा नौ टिमबीच ७६ म्याच खेलाईनेछ, जसको उद्घाटन खेल मुम्बईमा भयो भने समापन मे २७मा चेन्नईमा हुनेछ। एघार विभिन्न स्थानमा हुने यी म्याच डबल राउन्ड लिगका आधारमा होम एन्ड अवेको तरिकाबाट खेलाईँदै छ। हालसम्मको प्रतियोगिताको सफल टिम चेन्नई सुपर किङ्ग्सलाई मानिन्छ, यसले तेस्रो र चौथो संस्करणको उपाधि हात पारेको छ। यसैगरी, राजस्थान रोयल्स पहिलो संस्करण र डेकन चार्जर्स दोस्रो संस्करण विजेता रहेका छन्।
ट्रफी र पुरस्कार
[सम्पादन गर्नुहोस्]सन् २००८-२०१० सम्मको आईपीएलको ट्रफी हीराजडित रहेको छ। यसमा सुनमा कुँदिएको एउटा खेलाडीको आकृतिले भारतको नक्सानजिकब्याट समातेर ब्याटिङ गर्दै गरेको छ। नक्सामा आईपीएलका सबै टिमको नाम मणिद्वारा अङ्कित छ। प्रत्येक वर्षका विजेतालाई ट्रफीको प्रतिआकृति र नगद पुरस्कार प्रदान गरिन्छ। विजयी टिमले २० लाख डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। आईपीएलको चौथो संस्करणमा दुई नयाँ टिमको प्रवेशसँगै भारतको नक्सा सट्टा एउटा ठूलो कप राखिएको छ।
टिमको स्वामित्व
[सम्पादन गर्नुहोस्]भारतका विभिन्न सहरकेन्दि्रत आठ टिमको निर्माण अवधारणाअनुसार यी टिमको स्वामित्वका लागि लिलाम बढाबढ गरिएको थियो। २४ जनवरी २००८मा आठ टिममा बढी बोली लगाउनेको नाम घोषणा गरिएको थियो। यस लिलामीको सुरुवाती अर्थात् आधार मूल्य ४० करोड अमेरिकी डलर राखिएको थियो तर यस लिलामीमा ७२ करोड ३५ लाख डलरभन्दा बढीको बोली लाग्यो| चओथो संस्करणका दुई नयाँ टिमका लागि भएको लिलाम बढाबढका लागि प्रत्येक टिमका लागि २२ करोड ५० लाख डलरको सुरुवाती मूल्य तोकिए पनि कोची र पुणे दुवैको लिलामी बढाबढ कुल ७० करोडभन्दा बढीमा भएको थियो। सहभागी टिमले खेलाडी प्राप्त गर्ने पाँच विधि छन् । जसअनुसार टिमले वाषिर्क लिलामीमा, घरेलु खेलाडी खरीद गरेर, मोल नतोकिएका खेलाडीलाई खरीद गरेर, खरीद-बिक्री माध्यमबाट र पदास्थापन खेलाडी खरीद गरेर खेलाडी प्राप्त गर्न सक्छन्। खरीद-बिक्रीका लागि टिमले सम्बन्धित खेलाडीको सहमति लिनु अनिवार्य छ। खेलाडी खरीद गर्ने टिमले पुरानो र नयाँ सम्झौताबीचको फरक रकम भुक्तान गरेपछि खरीद प्रक्रिया सम्पन्न हुन्छ। यदि नयाँ सम्झौता पहिलेको तुलनामा बढी छ भने फरक रकमको अंश खेलाडी र सो खेलाडी बेच्ने टिमबीच बाँडिन्छ।
टीम
[सम्पादन गर्नुहोस्]वर्तमान टीम
[सम्पादन गर्नुहोस्]प्रतियोगिताका संस्करण र नतिजा
[सम्पादन गर्नुहोस्]टिम संरचनाका नियम
[सम्पादन गर्नुहोस्]-टिममा न्यूनतम १६ खेलाडी, एक चिकित्सक र एकजना कोच हुनुपर्छ ।
-एउटा टिममा एघारभन्दा बढी विदेशी खेलाडी राख्न नपाइने र बढीमा चार विदेशी खेलाडीले एकैपटक खेल्न पाउँछन् ।
-प्रत्येक टिममा कम्तीमा १४ भारतीय खेलाडी हुनैपर्छ ।
- प्रत्येक टिममा बीसीसीआईको अन्डर-२२ टिमबाट ६ खेलाडी हुनैपर्छ।
यस्तै खेलाडी खरीदमा खर्च गर्न पाउने सीमा पनि तोकिएको छ, यो सीमा ५० लाख डलरको छ । अन्डर-२२ का खेलाडीको न्यूनतम वाषिर्क पारिश्रमिक २० हजार डलर तोकिएको छ । अन्य खेलाडीका लागि ५० हजार डलर छ । आईपीएलको इतिहासमा हालसम्मकै सर्वाधिक महँगा खेलाडी गौतम गम्भीर हुन्, जसलाई कोलकाता नाइट राइडर्सले चौथो संस्करणका लागि २४ लाख डलरमा खरीद गरेको थियो । यसपछि पाँचौँ संस्करणका सर्वाधिक महँगा खेलाडी रवीन्द्र जडेजा भए । उनलाई खरीद गर्न चेन्नई सुपर किङ्ग्स तथा डेक्कन चार्जस्बीच हानाथाप नै भएको थियो । अन्ततः रवीन्द्रलाई २० लाख डलरमा खरीद गरेर चेन्नईले आपनो पोल्टामा पार्न सफल भयो ।
टेलिभिजन प्रसारण अधिकार र प्रायोजन
[सम्पादन गर्नुहोस्]टेलिभिजन प्रसारण अधिकारबाट आईपीएलले आपनो आयको मुख्य अंश प्राप्त गर्छ। सन् २००८ मा सोनी टेलिभिजन र सिङ्गापुरस्थित वल्र्ड स्पोटर्स ग्रूप (डब्लुएसजी) सँग आईपीएलले सम्झौता गरेर टेलिभिजन प्रसारण अधिकारबाट पाँचदेखि दस वर्षको अवधिमा १ दशमलव ६ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । यो धनराशिमध्ये ४० प्रतिशत आईपीएललाई, ५४ प्रतिशत टिमलाई तथा ६ प्रतिशत पुरस्कार राशिका रूपमा वितरण गरिनेछ । सन् २०१७ सम्म यस ढाँचाबाट धनराशि वितरण गरिनेछ भने यसपछि आईपीएलले ५० प्रतिशत, टिमले ४५ प्रतिशत र पुरस्कार राशिमा ५ प्रतिशत खर्च गरिनेछ। यस्तै आईपीएलले किङ फिसर एयरलाईन्सलाई अफिसियल अम्पायर पार्टनरका रूपमा सम्झौता गरेको छ। जसबापत आईपीएललाई भारतीय रूपियाँ १०६ करोड -दुई करोड ११ लाख डलर) थप आय हुनेछ । यसबापत खेलमा अम्पायरको पोसाकका साथै थर्ड अम्पायर निर्णयक्रममा खेल मैदानको ठूलो स्त्रिmनमा किङफिसर एयरलाईन्सको ब्रान्डहरू देखिन्छन् । सोनी र डब्लुएसजीले टेलिभिजन आईपीएलको विभिन्न मुलुकका टेलिभिजनलाई प्रसारण अधिकार पुनर्बिक्री गरेका छन् । बेलायतदेखि अमेरिका, क्यानडा लगायत विश्वभरिका एक सयभन्दा बढी मुलुकमा यस प्रतियोगिताको टेलिभिजन प्रसारण हुन्छ ।
प्र्रायोजन तथा आर्थिक कारोबार
[सम्पादन गर्नुहोस्]भारतको सबैभन्दा ठूलो प्रोपर्टी डेभलपर्सले आईपीएलको टाइटल प्रायोजन गर्न पाँच करोड डलर तिरेको छ। यस्तै मोटरसाइकल कम्पनी हिरो होन्डासँग दुई करोड २५ लाख डलर, पेप्सीसँग एक करोड २५ लाख डलर तथा वियर निर्माता तथा एयरलाईन्स कम्पनी किङफिसरसँग दुई करोड ६० लाख डलरभन्दा बढीको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतस्थित ब्रान्ड फाइनान्स नामक कम्पनीले सन् २०१०मा आईपीएलको मूल्य ४ दशमलव १३ अर्ब, सन् २००९मा २ दशमलव ०१ अर्ब डलर भएको बताएको थियो । तर, सन् २०११मा आईपीएलको ब्रान्ड भ्यालु घटेर ३ दशमलव ६७ अर्ब डलर भएको कम्पनीले सार्वजनिक गरेको छ । आईपीएलको झन्डै आठ दर्जनभन्दा बढी आधिकारिक प्रायोजनको सहमति भएको छ भने स्वीस घडी कम्पनी ब्यान्डेलियरले आईपीएलका लागि आधिकारिक घडी निर्माण गर्ने पनि भएको छ । पछिल्ला त्थ्याङ्कहरूमा आईपीएलका टिमहरूको नाफा सम्बन्धमा केही विरोधाभास देखिएका छन् । यसमध्ये केहीले आईपीएलका चार टिममात्र नाफा कमाउन सक्षम भएको बताएका छन् भने द टाइम्सले प्रायः सबै टिमले नाफा कमाइरहेको जानकारी दिएको छ । एक अनुमान अनुसार सहभागी टिमहरूमध्ये पनि सबैभन्दा कमको ब्रान्ड भ्यालु नै झन्डै चार करोड डलर भएको बताइन्छ ।
क्रिकेट, राजनीति र बलिउड
[सम्पादन गर्नुहोस्]क्रिकेट भारतमा सबैभन्दा लोकपि्रय खेल भएकै कारणले हुन सक्छ यसको प्रभाव सबै क्षेत्रमा देखिन्छ। नाम र दाम कमाउने सजिलो उपायका रूपमा क्रिकेटलाई उपयोग गर्छन् भारतीय राजनीतिज्ञ । भारतीय क्रिकेट संस्थामा नेताहरूको जमघट भएकै हुन्छ । यस्तै आईपीएलका वर्तमान अध्यक्ष राजीव शुक्ला सांसद हुन् । यस्तै, आईपीएलमा कोची टिमको भ्रष्टाचार विवादमा राष्ट्रसङ्घमा समेत काम गरिसकेको भारतका केन्द्रीय राज्यमन्त्री शशी थरुरले पदबाटै हात धुनुपर्यो । यस्तै विभिन्न पटक केन्द्रीय मन्त्री भइसकेका शरद पवारको क्रिकेट पावर पनि राम्रै छ ।
आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ । कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरूख खान, जुही चावला तथा उनका पति जय मेहता । यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ । राजस्थान रोयल्समा इमर्जिङ मिडियाका तर्फबाट मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा लाच्लान मर्डोकको लगानी छ । यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन् । आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ । क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ । त्यसैले बलिउड नायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "IPL Most runs", Cricinfo.com, अन्तिम पहुँच ५ मे २०१५।
- ↑ "IPL Most wickets", Cricinfo.com, अन्तिम पहुँच १५ अप्रिल २०१६।
- ↑ "On a Sticky Wicket", American Appraisal, अन्तिम पहुँच २०१४-११-०७। वेब्याक मेसिन अभिलेखिकरण १७ अक्टोबर २०१५ मिति
- ↑ "IPL 2015 contributed Rs. 11.5 bn to GDP: BCCI", The Hindu, अन्तिम पहुँच ६ जनवरी २०१६।
- ↑ Scorecard "Final (N), Bengaluru, May 29, 2016, Indian Premier League", ESPN Cricinfo, अन्तिम पहुँच २९ मे २०१६।
- ↑ "Champions League T20 discontinued", ESPN, १५ जुलाई २०१५, अन्तिम पहुँच १५ जुलाई २०१५।
- ↑ "BCCI announces mini IPL for September", ESPN Cricinfo, अन्तिम पहुँच २३ जुन २०१६।
- ↑ "IPL 2016 brand valuation", Economic Times, अन्तिम पहुँच २७ जुन २०१६।
- ↑ "IPL confirms South Africa switch", BBC, २४ मार्च २००९, अन्तिम पहुँच १२ फेब्रुअरी २०१५।
- ↑ "Big Bash League jumps into top 10 of most attended sports leagues in the world", Sydney Morning Herald, अन्तिम पहुँच ५ अप्रिल २०१६।
- ↑ "IPL matches to be broadcast live on Youtube", ESPNcricinfo, अन्तिम पहुँच ५ अप्रिल २०१६।
- ↑ "PL to broadcast live on YouTube", The Telegraph UK, अन्तिम पहुँच ५ अप्रिल २०१६।
- ↑ Bharath Seervi (३० मे २०१६), "A great tournament for captains, a poor one for spinners", Sony ESPN, मूलबाट २१ अप्रैल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL all seasons' results", Iplt20.com, Board of Control for Cricket in India, मूलबाट २८ फ़रवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ १५.० १५.१ १५.२ १५.३ "2008 IPL Final scorecard, venue and MVP details", ESPN Cricinfo, मूलबाट १७ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2008 season squads", ESPNcricinfo, मूलबाट २६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ १७.० १७.१ १७.२ १७.३ "2009 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट १६ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2009 season squads", ESPNcricinfo, मूलबाट २७ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ १९.० १९.१ १९.२ १९.३ "2010 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट ३ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2010 season squads", ESPNcricinfo, मूलबाट २१ अप्रैल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ २१.० २१.१ २१.२ २१.३ "2011 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट १७ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2011 season squads", ESPNcricinfo, मूलबाट २४ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ २३.० २३.१ २३.२ २३.३ "2012 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट २८ मई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2012 season squads", ESPNcricinfo, मूलबाट १७ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ २५.० २५.१ २५.२ २५.३ "2013 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट ९ जून २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2013 season squads", ESPNcricinfo, मूलबाट १७ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ २७.० २७.१ २७.२ २७.३ "2014 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट ६ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2014 season squads", ESPNcricinfo, मूलबाट १९ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ २९.० २९.१ २९.२ २९.३ "2015 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट २६ जून २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2015 season squads", ESPNcricinfo, मूलबाट १७ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ ३१.० ३१.१ ३१.२ ३१.३ "2016 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट १९ जून २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2016 season squads", ESPNcricinfo, मूलबाट १३ दिसंबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ ३३.० ३३.१ ३३.२ ३३.३ "2017 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट १९ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2017 Squads", ESPNcricinfo, मूलबाट १७ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ ३५.० ३५.१ ३५.२ "2018 IPL Final scorecard, venue and MVP details", ESPNcricinfo, मूलबाट २४ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ "IPL 2018 Squads", ESPNcricinfo, मूलबाट १ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।
- ↑ ३७.० ३७.१ ३७.२ "Full Scorecard of Mumbai Indians vs Chennai Super Kings, Indian Premier League, Final - Score Report | ESPNcricinfo.com", ESPNcricinfo (अङ्ग्रेजीमा), मूलबाट २० मई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-१२।
- ↑ "IPL 2019 season squads", ESPNcricinfo, मूलबाट ६ फ़रवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१९।