सामग्रीमा जानुहोस्

गुजरात टाइटन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुजरात टाइटन्स
लिगइन्डियन प्रिमियर लिग
टीम विवरण
कप्तानहार्दिक पाण्ड्या
प्रशिक्षकआशिष नेहरा
मालिकसिभिसि क्यापिटल पाटनर्स
टिम जानकारी
सहरअहमदाबाद, गुजरात, भारत
२५ अक्टोबर २०२१; ४ वर्ष पहिले (२०२१-१०-25)
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
क्षमता१३२,०००
इतिहास
इन्डियन प्रिमियर लिग जित (२०२२)
आधिकारिक वेबसाइट:gujarattitansipl.com

गुजरात टाइटन्स (प्राय: संक्षिप्त रुपमा जिटी) अहमदाबाद, गुजरात, भारत मा स्थित एक फ्रेंचाइजी क्रिकेट टीम हो। टाइटन्सले २०२१ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रतिस्पर्धा गर्दै आएको छ।[][][] २०२१ मा स्थापना भएको, गुजरात टाइटन्सको घरेलु मैदान मोटेराको नरेन्द्र मोदी स्टेडियम हो। फ्रान्चाइजी सिविसी क्यापिटल पार्टनर्सको स्वामित्वमा छ। टोलीको कप्तानी हार्दिक पाण्ड्याले गरेका छन् र प्रशिक्षक आशिष नेहराले गरेका छन्।[][] गुजरात टाइटन्स हालको आईपीएल च्याम्पियन हो, जसले २०२२ सिजनमा आफ्नो पहिलो उपाधि जितेको थियो।[]

फ्रेन्चाइजको इतिहास

[सम्पादन गर्नुहोस्]

इन्डियन प्रिमियर लिगको गभर्निङ काउन्सिलले अगस्ट २०२१ मा दुई नयाँ टोलीका लागि टेन्डरको निमन्त्रणा जारी गरिएको थियो। कुल २२ कम्पनीहरूले चासो घोषणा गरेका थिए, तर नयाँ टोलीहरूको लागि उच्च मूल्यको आधार भएकोले, छ भन्दा बढी गम्भीर बोलपत्रकर्ताहरू थिएनन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले प्रत्येक फ्रान्चाइजीका लागि तीन कम्पनी वा व्यक्तिहरूको कन्सोर्टियमलाई बिड गर्न अनुमति दिएको थियो। ब्रिटिश निजी इक्विटी र लगानी सल्लाहकार फर्म सिविसि क्यापिटल पार्टनर्सले ₹ ५,६२५ करोड (US$ ७०० मिलियन) को बोलीको साथ अहमदाबाद फ्रान्चाइजी सञ्चालन गर्ने अधिकार हाँसिल गरेको थियो।[][]

सिविसि क्यापिटल पार्टनर्सले अक्टोबर २०२१ मा दुबईमा भएको लिलामीमा अहमदाबाद फ्रेन्चाइज जितेको थियो।

आईपीएल २०२२ मेगा लिलामी अघि नै, फ्रेन्चाइजीले हार्दिक पाण्ड्यालाई कप्तानको रूपमा ड्राफ्ट गरेको थियो। फ्रान्चाइजीले शुभमन गिल र राशिद खानलाई पनि छनोट गरेको थियो।[]

अहमदाबाद फ्रेन्चाइजीले आफ्नो क्रिकेट टोलीको नाम गुजरात टाइटन्सको रूपमा ९ फेब्रुअरी २०२२ मा घोषणा गरिएको थियो।[१०][११]

घरेलु मैदान

[सम्पादन गर्नुहोस्]

टोलीको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हो, जुन गुजरातको मोटेरामा अवस्थित छ।[१२]

वर्तमान टोली

[सम्पादन गर्नुहोस्]
  • अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको खेलाडीको नाम बोल्ड अक्षरमा राखिएको छ ।
नं. नाम राष्ट्रियता जन्म मिति ब्याटिङ तरिका बलिङ तरिका आवद्ध वर्ष पारिश्रमिक नोट
बयाटरहरू
शुबमन गिल भारत८ सेप्टेम्बर १९९९ (उमेर २६)दायाँ-हातेदायाँ-हाते अफब्रेक२०२२८ करोड (युएस$१.१ मिलियन)
१०डेविड मिलर दक्षिण अफ्रिका१० जुन १९८९ (उमेर ३७)बाँया-हातेदायाँ-हाते अफब्रेक२०२२३ करोड (युएस$४२०,०००)ओभरसिज
१८अभिनव मनोहर भारत१६ सेप्टेम्बर १९९४ (उमेर ३१)दायाँ-हातेदायाँ-हाते लेगब्रेक२०२२२.६ करोड (युएस$३६०,०००)
२३साई सुदर्शन भारत१५ अक्टोबर २००१ (उमेर २४)बाँया-हातेदायाँ-हाते लेगब्रेक२०२२२० लाख (युएस$२८,०००)
केन विलियम्सन न्युजिल्यान्ड८ अगस्ट १९९० (उमेर ३५)दायाँ-हातेदायाँ-हाते अफब्रेक२०२३२ करोड (युएस$२८०,०००)ओभरसिज
उर्विल पटेल भारत१७ अक्टोबर १९९८ (उमेर २७)दायाँ-हाते-२०२३२० लाख (युएस$२८,०००)
दसुन शनका श्रीलङ्का९ सेप्टेम्बर १९९१ (उमेर ३४)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम2023ओभरसिज
२०२३ केन विलियमसनको प्रतिस्थापन
विकेटकिपरहरू
रिद्दिमन शाह भारत२४ अक्टोबर १९८४ (उमेर ४१)दायाँ-हाते-२०२२१.९ करोड (युएस$२७०,०००)
१३म्याथ्यु वाडे अस्ट्रेलिया२६ डिसेम्बर १९८७ (उमेर ३८)बाँया-हाते-२०२२२.४ करोड (युएस$३४०,०००)ओभरसिज
१४के.एस. भरत भारत३ अक्टोबर १९९३ (उमेर ३२)दायाँ-हाते-२०२३१.२ करोड (युएस$१७०,०००)
अलराउण्डरहरू
राहुल तेवतिया  भारत २० मे १९९३ (उमेर ३३) बाँया-हाते दायाँ-हाते लेगब्रेक २०२२ ९ करोड (युएस$१.३ मिलियन)
५९विजय शंकर भारत२६ जनवरी १९९१ (उमेर ३५)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम२०२२१.४ करोड (युएस$२००,०००)
३३हार्दिक पाण्डेया भारत११ अक्टोबर १९९३ (उमेर ३२)दायाँ-हातेदायाँ-हाते मिडियम फास्ट२०२२१५ करोड (युएस$२.१ मिलियन)कप्तान
स्पिनरहरू
१९रशिद खान अफगानिस्तान२० सेप्टेम्बर १९९८ (उमेर २७)दायाँ-हातेदायाँ-हाते लेगब्रेक२०२२१५ करोड (युएस$२.१ मिलियन)ओभरसिज
रविश्रिनिवास साई किसोर भारत६ नोभेम्बर १९९६ (उमेर २९)बाँया-हातेबाँया-हाते अर्थोडक्स२०२२३ करोड (युएस$४२०,०००)
२२जयन्त यादव भारत२० जनवरी १९९० (उमेर ३६)दायाँ-हातेदायाँ-हाते अफब्रेक२०२२१.७ करोड (युएस$२४०,०००)
१५नूर अहमद अफगानिस्तान३ जनवरी २००५ (उमेर २१)दायाँ-हातेबाँया-हाते अर्थोडक्स२०२२३० लाख (युएस$४२,०००)ओभरसिज
पेसरहरू
११मोहम्मद शमी भारत३ सेप्टेम्बर १९९० (उमेर ३५)दायाँ-हातेदायाँ-हाते फास्ट२०२२६.२५ करोड (युएस$८८०,०००)
१३३यश दयाल भारत१३ डिसेम्बर १९९७ (उमेर २८)बाँया-हातेबाँया-हाते फास्ट मिडियम२०२२३.२० करोड (युएस$४५०,०००)
अल्जारी जोसेफ वेस्ट इन्डिज२० नोभेम्बर १९९६ (उमेर २९)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम२०२२२.४ करोड (युएस$३४०,०००)ओभरसिज
१२प्रदिप शंगवान भारत५ नोभेम्बर १९९० (उमेर ३५)दायाँ-हातेबाँया-हाते फास्ट मिडियम२०२२२० लाख (युएस$२८,०००)
दर्शन नलकण्डे भारत४ अक्टोबर १९९८ (उमेर २७)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम२०२२२० लाख (युएस$२८,०००)
शिवम मावी भारत२६ नोभेम्बर १९९८ (उमेर २७)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम२०२३६ करोड (युएस$८४०,०००)
८२जोश लिटल आयरल्यान्ड१ नोभेम्बर १९९९ (उमेर २६)दायाँ-हातेबाँया-हाते मिडियम फास्ट२०२३४.४ करोड (युएस$६२०,०००)ओभरसिज
२७मोहित शर्मा भारत१८ सेप्टेम्बर १९८८ (उमेर ३७)दायाँ-हातेदायाँ-हाते मिडियम फास्ट२०२३५० लाख (युएस$७०,०००)
ओेडेन स्मिथ वेस्ट इन्डिज१ नोभेम्बर १९९६ (उमेर २९)दायाँ-हातेदायाँ-हाते फास्ट मिडियम२०२३५० लाख (युएस$७०,०००)ओभरसिज
  1. "IPL 2022: Ahmedabad team officially named Gujarat Titans", Hindustantimes, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२
  2. "It's official! Ahmedabad IPL franchise to be called 'Gujarat Titans'", TIMESNOWNEWS.com, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२
  3. "Gujarat Titans unveiled as name for new Ahmedabad IPL franchise", ESPNcricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०२२
  4. "Hardik Pandya announced as captain of Ahmedabad team for IPL 2022, Rashid Khan and Shubman Gill included as draft picks", Hindustantimes.com, २१ जनवरी २०२२, अन्तिम पहुँच ७ फेब्रुअरी २०२२
  5. "Nehra all set to become head coach of Ahmedabad IPL team, Vikram Solanki to be 'Director of Cricket'", Indian express.com, ४ जनवरी २०२२, अन्तिम पहुँच ७ फेब्रुअरी २०२२
  6. "All-round Hardik Pandya leads debutants Gujarat Titans to dream title", ESPNCricinfo, अन्तिम पहुँच २ मे २०२३
  7. "New IPL teams: CVC Capital wins bid for Ahmedabad, RPSG Group gets Lucknow", Business Standard India, अन्तिम पहुँच ३ मे २०२३
  8. "BCCI ANNOUNCES THE SUCCESSFUL BIDDERS FOR TWO NEW INDIAN PREMIER LEAGUE FRANCHISES", iplt20.com, अन्तिम पहुँच ३ मे २०२३
  9. "Hardik Pandya announced as captain of Ahmedabad team for IPL 2022, Rashid Khan and Shubman Gill included as draft picks", Hindustantimes.com, अन्तिम पहुँच ३ मे २०२३
  10. "Gujarat Titans Name Meaning: Ahmedabad Based IPL Franchise Explains", Timesofsports, ८ मार्च २०२२, अन्तिम पहुँच ६ अप्रिल २०२२ अभिलेखिकरण १८ अप्रिल २०२२ वेब्याक मेसिन
  11. "Gujarat Titans Revealed As The Official Name Of Ahmedabad Franchise In The Indian Premier League", Cricket Addictor, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच ७ अप्रिल २०२२
  12. "Gujarat Titans to host its inaugural event at World's Largest Cricket Stadium in Ahmedabad on March 13", Times Now, अन्तिम पहुँच ८ मे २०२३