सामग्रीमा जानुहोस्

बिली आइलिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिली आइलिस
Billie Eilish
सन् २०२२ मा, आइलिस
जन्मबिली आइलिस पाइरेट बेयर्ड ओ कोनेल
(2001-12-18) १८ डिसेम्बर २००१ (उमेर २३)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • गायिका
  • गीतकार
  • सङ्गीतकार
कार्यकालसन् २०१५–हाल
कार्य
आफन्त
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
  • उकिलेले
  • गितार
  • पियानो
लेबल
हस्ताक्षर
वेबसाइटbillieeilish.com


बिली आइलिस पाइरेट बेयर्ड ओ कोनेल[] (जन्म: १८ डिसेम्बर २००१) एक अमेरिकी गायिका, गीतकार र सङ्गीतकार हुन्। उनले पहिलो पटक सन् २०१५ मा आफ्नो पहिलो एकल गीत "ओसियन आइज"को जारी गरेर चर्चामा आएकी थिइन्। यस गीतलाई उनको दाइ फिनियास ओ'कोनेलले लेख्नुका साथै र निर्माण गरेका थियो जससँग उनी सङ्गीत र प्रत्यक्ष कार्यक्रमहरूमा सहयोग प्रस्तुति दिने गर्छिन्। सन् २०१७ मा, उनले आफ्नो पहिलो विस्तारित गीति सङ्ग्रह, डन्ट स्माइल एट मी जारी गरेकी थिइन्। व्यावसायिक रूपमा सफल यसले, यो अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया लगायत धेरै देशहरूमा रेकर्ड चार्टको शीर्ष १५ मा पुगेको थियो।

आइलिसको पहिलो स्टुडियो एल्बम, ह्वेन वि अल फल एस्लिप, ह्वेर डु वि गो? (सन् २०१९), अमेरिकी बिलबोर्ड २०० र संयुक्त अधिराज्य एल्बम चार्टको शीर्षमा पुगेको थियो र सो वर्षको सबैभन्दा धेरै बिक्री हुने एल्बमहरू मध्ये एक बनेको थियो। यसको गीत "ब्याड गाई" २१औँ शताब्दीमा जन्मेका एक कलाकारद्वारा अमेरिकी बिलबोर्ड हट १०० मा शीर्ष स्थान हासिल गर्ने र अमेरिकी रेकर्डिङ उद्योग सङ्घद्वारा हीरा प्रमाणित हुने पहिलो बनेको थियो। अर्को वर्ष, उनले जेम्स बन्डको चलचित्र नो टाइम टु डाईको लागि शीर्ष गीत "नो टाइम टु डाई" प्रदर्शन गरेकी थिइन्, जसले संयुक्त अधिराज्य एङ्चाकल चार्टमा शीर्ष स्थान हासिल गरेको थियो र सन् २०२२ मा सर्वश्रेष्ठ मौलिक गीतको लागि एकेडेमी पुरस्कार जितेको थियो। त्यसपछिका उनका एकल गीतहरू "एभ्रिथिङ आई वान्टेड", "माई फ्युचर", "दियरफोर आई एम", र "योर पावर", प्रत्येक अमेरिका र संयुक्त अधिराज्यमा शीर्ष १० भित्र पुगेका थिए।

आइलिसको दोस्रो स्टुडियो एल्बम, ह्याप्पीयर देन एभर (सन् २०२१), २५ देशहरूमा चार्टमा शीर्ष स्थानमा रहेको थियो। उनले काल्पनिक चलचित्र बार्बी (सन् २०२३) को लागि "ह्वाट वाज आई मेड फर?" लेखेकी थिइन् र प्रदर्शन गरेकी थिइन्, जुन बेलायतमा उनको दोस्रो शीर्ष गीत बन्न सफल भएको थियो जसले उनलाई दोस्रो एकेडेमी पुरस्कार दिलाएको थियो। उनको तेस्रो एल्बम, हिट मी हार्ड र सफ्ट (सन् २०२४) आलोचनात्मक प्रशंसाको प्राप्त गरेको थियो जसले अमेरिकी शीर्ष पाँच एकल गीत "लन्च" र "बर्ड्स अफ ए फेदर" उत्पन्न गरेको थियो, जुन बिलबोर्ड ग्लोबल २०० मा उनको पहिलो शीर्ष गीत बन्न सफल भएको थियो।

आइलिले दुई एकेडेमी पुरस्कार, नौवटा ग्रामी पुरस्कार, दुईवटा अमेरिकी सङ्गीत पुरस्कार, बीस गिनिज वर्ल्ड रेकर्ड्स, सात एमटिभी भिडियो सङ्गीत पुरस्कार, चार ब्रिट पुरस्कार, र दुई गोल्डन ग्लोब पुरस्कार सहित धेरै प्रशंसा प्राप्त गरेकी छिन्। उनी ग्रामी इतिहासमा दोस्रो कलाकार हुन् जसले एकै वर्षमा रेकर्ड अफ द इयर, एल्बम अफ द इयर, सङ अफ द इयर र बेस्ट न्यू आर्टिस्ट जस्ता चारवटै सामान्य श्रेणीमा पुरस्कार जितेकी थिइन्। उनी एकेडेमी पुरस्कार जित्ने २१औँ शताब्दीमा जन्मिएका पहिलो व्यक्ति हुनुका साथै दुई पटकको सबैभन्दा कान्छी विजेता पनि हुन्। उनी सन् २०१९ मा टाइम पत्रिकाको पहिलो टाइम १०० नेक्स्ट सूची[] र सन् २०२१ मा टाइम १०० मा चित्रित भएकी थिइन्। अमेरिकी रेकर्डिङ उद्योग सङ्घ र बिलबोर्ड का अनुसार, उनी २६औँ उच्चतम प्रमाणित डिजिटल एकल कलाकार हुन्[] र सन् २०१० को दशकको सबैभन्दा सफल कलाकारहरू मध्ये एक हुन्।[] उनलाई डिसेम्बर २०२२ मा बीबीसी १०० महिलामध्ये एकको रूपमा सम्मानित गरिएको थियो।[][] आइलिसको राजनीतिक सक्रियताको पनि इतिहास छ, जसले जलवायु परिवर्तन जागरूकता, महिलाको प्रजनन अधिकार र लैङ्गिक समानतामा ध्यान केन्द्रित गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Savage, Mark (जुलाई १५, २०१७), "Billie Eilish: Is she pop's best new hope?", बीबीसी, मूलबाट जुलाई २१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१८, "...It's eye-lish, like eyelash with a lish." 
  2. Knolle, Sharon (मार्च २७, २०२२), "Billie Eilish Becomes First Oscar Winner Born in 21st Century With 'No Time to Die'", TheWrap, मूलबाट मार्च ११, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २८, २०२३ 
  3. Bloom, Madison (सेप्टेम्बर १५, २०२१), "Billie Eilish, Lil Nas X, Bad Bunny Make 2021 Time 100 List", Pitchfork, मूलबाट सेप्टेम्बर १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १६, २०२१ 
  4. "Recording Industry Association of America Gold & Platinum", अमेरिकी रेकर्डिङ उद्योग सङ्घ, मूलबाट जनवरी २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०२० 
  5. "Billboard's Top Artists of the 2010s", बिलबोर्ड, अक्टोबर ३१, २०१९, मूलबाट मे ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०२१ 
  6. "BBC 100 Women 2022: Who is on the list this year?", BBC News, मूलबाट अप्रिल १३, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १०, २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]