साउन्डक्लाउड
व्यवसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | सङ्गीत प्रवाह, इन्टरनेट समुदाय |
संस्थापित | अगस्ट २००७ |
मुख्यालयहरू | , |
मालिक | साउन्डक्लाउड लिमिटेड |
संस्थापक (हरू) | अलेक्जेन्डर ल्युङ एरिक वाहलफोर्स |
मुख्य व्यक्तिहरू | माइक विसमान (कार्यकारी),[२] एलिह सेटोन (अध्यक्ष),[३] ड्र्यु विल्सन (सञ्चालन अधिकृत, वित्तीय अधिकृत),[४] लउरेन वित्स-सिउड (सामग्री अधिकृत, बजार व्यवस्थापन अधिकृत),[५] एन्टोनियस पोर्च (उपप्रमुख),[६] अलेक्जेन्डर ल्युङ (अध्यक्ष र उप-संस्थापक) |
उद्योग | सङ्गीत, सामाजिक/इन्टरनेट समुदाय |
कर्मचारीहरू | करिव ४२५ (सन् २०२१)[७] |
युआरएल | soundcloud |
दर्ता | वैकल्पिक; सामग्री हाल्नका लागि अनिवार्य |
प्रयोगकर्ताहरू | +७.६ करोड मासिक प्रयोगकर्ता (नोभेम्बर २०२१)[८] |
चालु भएको मिति | अक्टोबर २००८ |
लेखिएको भाषा | रूबी,[९] सकला[१०] |
साउन्डक्लाउड एक अनलाइन श्रव्य वितरण मञ्च र सङ्गीत साझेदारी वेबसाइट हो जसलाई सन् २००७ मा अलेक्जेन्डर ल्जुङ र एरिक वाहलफोरसद्वारा स्थापना गरिएको थियो। साउन्डक्लाउडले आफ्ना प्रयोगकर्ताहरूलाई सङ्गीत अपलोड गर्न, प्रवर्धन गर्न र साझेदारी गर्न सक्षम बनाउँदछ। साथै, एक डिजिटल सङ्केत प्रशोधकले श्रोताहरूलाई सङ्गीत प्रवाह गर्न सक्षम बनाउँदछ। साउन्डक्लाउड अनलाइनमा एउटा महत्वपूर्ण श्रव्य मञ्च बन्न पुगेको छ।[११] श्रोताका आधारमा, यसमा ७.६ करोड भन्दा बढी सक्रिय मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। नोभेम्बर २०२१ सम्म साउन्डक्लाउडमा १७.५ करोड भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेका छन्।[१२] कलाकारको कुरा गर्दा, १९० देशहरूमा ३० करोडभन्दा बढी स्रष्टाहरू छन्। मार्च २०२१ सम्म यस मञ्चमा २६ करोड ५० लाख भन्दा बढी गीतहरू अपलोड गरिएका छन्।[१३] साउन्डक्लाउड, मोबाइल, डेस्कटप र एक्सबक्स उपकरणहरूको लागि उपलब्ध छ। यसले दुवै निःशुल्क र सशुल्क सदस्यता प्रदान गर्दछ।
साउन्डक्लाउडले ट्विटर लगायतका अन्य मञ्चहरूबाट लगानी र समर्थन प्राप्त गरेको छ।[१४][१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "SoundCloud Listening History (Everything You Need to Know) | SelectYourDeals", ८ अक्टोबर २०२१। वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०२२ मिति
- ↑ SoundCloud Names Michael Weissman to Succeed Kerry Trainor as CEO at Variety;by Jem Aswad;प्रकाशित मिति: १ डिसेम्बर २०२०; पहुँचमिति ५ मे २०२१।
- ↑ OFFICIAL: ELIAH SETON NAMED PRESIDENT OF SOUNDCLOUD at Music Business Worldwide; by Murray Stassen; प्रकाशित:८ अप्रिल २०११; पहुँचमिति: ५ मे २०११।
- ↑ SoundCloud Names Drew Wilson COO & CFO at Billboard Magazine; by Chris Eggersten; प्रकाशित मिति;२२ मार्च २०२१। पहुँचमिति: ५ मे २०२१।
- ↑ LAUREN WIRTZER-SEAWOOD JOINS SOUNDCLOUD AS CHIEF CONTENT AND MARKETING OFFICER at Music Business Worldwide; by Murray Stassen; प्रकाशित: १० मे २०२१; पहुँचमिति:२६ मे २०२१।
- ↑ Antonious Porch, General Counsel, SoundCloud at Legal500; प्रकाशित सन् २०१९।
- ↑ SoundCloud employees shocked by job cuts: 'Nobody saw it coming' at Business Insider; by Sam Shead; प्रकाशित:७ जुलाई २०१७; पहुँचमिति:२६ मे २०११।
- ↑ SoundCloud Statistics, User Count and Facts from By The Numbers; by Craig Smith; पहुँचमिति: २८ नोभेम्बर २०२१।
- ↑ "SOUNDCLOUD.COM Technology Profile on BuiltWith", BuiltWith।
- ↑ "Building Products at SoundCloud —Part I: Dealing with the Monolith", developers.soundcloud.com।
- ↑ "About SoundCloud - Listen to music", साउन्डक्लाउड (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२०।
- ↑ Smith, Craig (२०१६-०६-२४), "16 Amazing SoundCloud Statistics", DMR, अन्तिम पहुँच २०२१-१२-२०।
- ↑ "SoundCloud revolutionizes streaming music payouts, launching new royalties system", म्युजिक बिजनेस वर्ल्डवाइड (अङ्ग्रेजीमा), २०२१-०३-०२, अन्तिम पहुँच २०२१-१२-२०।
- ↑ काफ्का, पिटर (२०१७-०३-१०), "SoundCloud needs more money, or it may sell at a fire-sale price", Vox, अन्तिम पहुँच २०१९-०८-०४।
- ↑ "Music streaming pioneer SoundCloud raises $75M from Pandora owner SiriusXM", टेकक्रन्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-२४।[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ढाँचा:Music digital distribution platforms ढाँचा:Music streaming services