बुएनोस आइरेस
बुयेनोस आइरेस सहर
| |
---|---|
राजधानी सहर र स्वशासित सहर | |
उपनाम: | |
निर्देशाङ्क: ३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°Wनिर्देशाङ्कहरू: ३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°W | |
देश | अर्जेन्टिना |
स्थापित | २ फेब्रुअरी १५३६ (पेद्रो दे मेन्दोजाद्वारा) ११ जुन १५८० (जुआन दे गरे) |
सरकार | |
• प्रकार | स्वशासित सहर |
• अङ्ग | सहरी व्यवस्थापिका |
• प्रमुख | रोदरेजेग लारेता |
• Senators | मार्तिन लुइसत्यु, मारिआनो रिकाल्दे, ग्वार्दालुपे तागरियाफेरी |
क्षेत्रफल | |
• राजधानी सहर र स्वशासित सहर | १०३ किमी२ (४० वर्ग माइल) |
• जमीन | २०२ किमी२ (७८.५ वर्ग माइल) |
• महानगर | ४७५८ किमी२ (१८३७ वर्ग माइल) |
उन्नतांश | २५ मिटर (८२ फिट) |
जनसङ्ख्या (सन् २०१० को जनगणना)[८] | |
• क्रम | प्रथम |
• सहरी | २८९१०८२ |
• महानगर | १५५९४४२८ |
वासिन्दाहरू | porteño (पुरुष), porteña (महिला) |
समय क्षेत्र | युटिसी−३ (अर्जेन्टिनामा समय) |
क्षेत्रीय सङ्केत | ०११ |
मानव विकास सूचकाङ्क (सन् २०१६) | ०.८८५ अति उच्च (दोस्रो)[९] |
वेबसाइट | www |
बुयेनोस आइरेस (स्पेनी: Buenos Aires), दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी तथा सबैभन्दा ठूलो सहर हो।[१०] यो सहर दक्षिण अमेरिका महादेशको पम्पा क्षेत्रमा, दक्षिण पूर्वी तटमा, रिओ दे ला प्लाता नदी मुहानको पश्चिमी किनारमा अवस्थित छ।[११][१२][१३] विशाल बुयेनोस आइरेस क्षेत्रले, धेरै बुयेनोस आइरेस प्रदेशका जिल्लाहरू पनि समावेश गर्दछ। यो दक्षिण र उत्तर अमेरिकाको चौथो धेरै जनसङ्ख्याको भएको महानगरीय क्षेत्र हो। यसमा लगभग १ करोड ५६ लाख मानिसहरूको बसोबास रहेको छ।[१४] यो महानगर एक स्वशासित सहर हो। यसको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायिक शक्ति रहेको छ।
बुयेनोस आइरेस सहर, बुयेनोस आइरेस प्रदेशको अंश र राजधानी दुबै होइन।[१५] यो एक स्वशासित जिल्ला हो। सन् १८८० दशक सम्मको राजनैतिक लडाई पछि, बुयेनोस आइरेसलाई सङ्घीय बनाइँदै बोयेनोस आइरेस प्रदेशबाट अलग गरिएको थियो। यसलाई बेल्ग्रानो र फ्लोरेस जस्ता सहरहरू समावेश गर्ने गरी सहरी सीमा विस्तार गरिएको थियो।[१६][१७] दुबै हाल सहरका छिमेकी सहरहरू हन्। सन् १९९४ को संवैधानिक संशोधनले सहरलाई स्वायत्तता प्रदान गरेको थियो। यसैले यसको औपचारिक नाम "सियुदाद आतोनोमा दे बुयेनोस आइरेस" भएको थियो।[१८][१९] यसका नागरिकहरूले पहिलो पटक सन् १९९६ मा सरकारको एक मुख्य (अर्थात् प्रमुख)लाई चयन गरेका थिए।[२०] यस अघि प्रमुखलाई गणतन्त्रका राष्ट्रपतिले सिधा नियुक्त गरेका थिए।[२१]
सन् २०१८ मा, बुयेनोस आइरेसको "जीवनको गुणस्तर" विश्वमा ९१औँ स्थानमा परेको थियो जुन दक्षिण अमेरिकी देशहरूको सर्वाधिक उच्च मध्येको एक हो।[२२][२३] सन् २०१२ मा, यो दक्षिण अमेरिकाको सर्वाधिक भ्रमण गरिएको सहर थियो र यो लातिन अमेरिकामा मेखिको सहर पछिको सर्वाधिक धेरै भ्रमण गरिएको सहर पनि हो। [२४]
सहर यसको संरक्षित युरोपेली वास्तुकला तथा समृद्ध सांस्कृतिक जीवनको लागि परिचित छ।[२५][२६] बुयेनोस आइरेस एक महानगरीय सहर तथा एक महत्त्वपूर्ण पर्यटन गन्तव्य हो। यसका जटिल संरचनाले यसलाई अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण महानगर बनाएको छ र यो विश्वव्यापी रूपमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा पनि परिचित छ।[२७] यसले वाणिज्य, वित्त, फेसन, कला, शिक्षा, मनोरन्जन लगायतका क्षेत्रहरूमा मुख्यतया यसको प्रभावलाई देखाउँदछ।[८] सहरले सन् १९५१ मा पहिलो पान अमेरिकी खेलको आयोजना गरेको थियो र साथै यसले यसका रङ्गशालामा सन् १९७८ फिफा विश्वकपका दुईवटा खेलहरूको आयोजना गरेको थियो। यसले सन् २०१८ मा, ग्रीष्मकालिन युवा ओलम्पिक र सन् २०१८ मै जि२० शिखर सम्मेलनको आयोजन गरेको थियो।[२८]
बुयेनोस आइरेस एक बहुसांस्कृतिक सहर हो वा यो बहु जातीय र धार्मिक समूहहरूको धरोहर पनि हो।[२९][३०] सहरमा स्पेनी बाहेक थुप्रै भाषाहरू बोलिन्छ जसले यसको संस्कृति, सहर र देशको अन्य केही भाषाहरूमा योगदान गर्दछ।[३१] विगतका १५१ वर्षहरू यो सामान्य रूपमा देश विदेशका लाखौँ आप्रवासीहरूको प्रमुख प्रापक बनेको छ।[३२]
भूगोल
[सम्पादन गर्नुहोस्]अवस्थिति
[सम्पादन गर्नुहोस्]बुयेनोस आइरेस सहर दक्षिण अमेरिकी दृश अर्जेन्टिनामा अवस्थित छ। यो ३४° ३६' दक्षिण अक्षांश र ५८° २६' पश्चिम अक्षांशमा, रिओ दे ला प्लाताको किनारमा अवस्थित छ। यसको किनारमा कोलोनिया देल साक्रेमान्तो र यसै पछाडि उरुवाईको राजधानी मोन्तेभिदिओ २२० किलोमिटर टाढा रहेको छ, जहाँ विमानबाट २५ मिनेट वा डुङ्गाबाट २ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ।[३३] १०६५ किलोमिटरमा (विमानबाट डेढ घण्टा) पारावाईको राजधानी अवस्थित छ भने यसबाट १७१९ किलोमिटरमा (विमानबाट २ घण्टा) चिलेको राजधानी सान्तियागो अवस्थित छ। यसबाट १७१९ किलोमिटर टाढा ब्राजिउको प्रमुख सहर साओ पाउलो अवस्थित छ।[३४]
सिमाना
[सम्पादन गर्नुहोस्]रिओ दे ला प्लाता (पूर्व र उत्तरमा) र मातान्जा-रियाचुएलो नदी (दक्षिणमा) बुयेनोस आइरेसक सहरको प्राकृतिक सीमाना हो।[३५] यसको बाँकी परिधि देशको एक २४ किलोमिटर लम्बाई भएको राजमार्गद्वारा घेरिएको छ जसले सहरलाई उत्तरदेखि पश्चिमसम्म घेर्दछ र यो दक्षिणमा मातान्जा-रियाचुएलो नदीको किनारमा अन्त्य हुन्छ।[३६] यसको पूर्वी सीमामा नदीहरू अवस्थित छन्। रिओ दे लन प्लाटा विश्वको सबैभन्दा चौडा नदी हो। बुयेनोस आइरेस सहर पाम्पा क्षेत्रमा अवस्थित छ। [३७]यसको पूर्वी सीमा ला प्लाताको नदी बाहेक, सहरका अन्य सबै सङ्केत गरिएका सीमाहरूले यसको क्षेत्राधिकार बुयेनोस आइरेसको प्रदेशसँग मिल्दछ।[३८][३९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ La fama que perdió la Reina del Plata artículo en La Nación(22/02/1998). Consultado el 27 de diciembre de 2018
- ↑ El parnaso argentino: antología de poetas del Plata desde los tiempos coloniales hasta nuestros días Editor Maucci Hermanos, 1845 página 28
- ↑ Ciudad de Buenos Aires, sitio oficial del gobierno de la CABA. Consultado el 27 de diciembre de 2018
- ↑ 20 ciudades con apodos increíbles (I) en Destino Infinito. Consultado el 27 de diciembre de 2018
- ↑ 5 cosas que tienes que ver en Buenos Aires en el sitio Cooperating Volunteers. Consultado 27/
- ↑ कोरोसालिनि, क्लाउदिओ (४ फेब्रुअरी २०१७)। "En la 'Reina del Plata', sólo el 3% de las calles tiene nombre de mujer"। परफिल (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ नोभेम्बर १०१७।
- ↑ अर्जेन्टिना: एक छोटो इतिहास कोलिन एम लुइ, वनवर्ल्ड प्रकाशन, अक्सफोर्ड, सन् २००२ आइएसबिएन १-८५१६८-३००-३
- ↑ ८.० ८.१ "Censo 2010. Resultados provisionales: cuadros y grá" (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ फेब्रुअरी २०११।
- ↑ "Información para el desarrollo sostenible: Argentina y la Agenda 2030" (PDF) (स्पेनी भाषा)। संयुक्त राष्ट्र विकास कार्यक्रम। सङ्ग्रह मिति २५ अगस्ट २०१७।
- ↑ "Jurisdicción de primer orden" en Argentina
- ↑ Constitución Nacional Argentina
- ↑ "Elecciones 2017 - Capital Federal: mirá los resultados de las PASO en tu distrito"। La Nación। १४ अगस्ट २०१७।
- ↑ "Código Nacional Electoral"। Infoleg।
- ↑ CONSTITUCIÓN DE LA CIUDAD DE BUENOS AIRES. वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०८ मिति
- ↑ Constitución Argentina actual.
- ↑ "Población total y variación intercensal absoluta y relativa por comuna. Años 2001-2010" (PDF)। INDEC। सङ्ग्रह मिति ३ मे २०१२।
- ↑ INDEC। "Provincia de Buenos Aires, 24 partidos del Gran Buenos Aires. Población total por sexo e índice de masculinidad, según edad en años simples y grupos quinquenales de edad. Año 2010" (PDF)। सङ्ग्रह मिति ३ मे २०१२। Para el cálculo de la población del gran Buenos Aires se sumaron la población de la ciudad y la de los 24 partidos.
- ↑ "Para el cálculo de la población del gran Buenos Aires"।
- ↑ Ciudad de México, Buenos-Aires y San Pablo los destinos turísticos favoritos वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१५ मिति
- ↑ Niebieskikwiat, Natasha। "Argentina fue elegida sede del G-20 para 2018"। clarin.com। सङ्ग्रह मिति १९ जुन २०१६।
- ↑ "The World According to GaWC 2010" (स्पेनी भाषा)। सङ्ग्रह मिति १५ अप्रिल २०१२।
- ↑ "Página en www.infobae.com"।
- ↑ "Página en infogourmet.infonews.com"।
- ↑ "Western European Cities Top Quality Of Living Ranking - Mercer" (अङ्ग्रेजी भाषा)।
- ↑ "Indicadores de TRABAJO Y DESARROLLO ECONÓMICO"।
- ↑ ukmediacentre.pwc.com, सम्पादक (१ नोभेम्बर २००९)। "Ciudades más ricas del mundo en 2008"।
- ↑ "¿Son realmente los argentinos de Buenos Aires los parisinos de Sudamérica?"।
- ↑ Ruiz Moreno, Isidro (१९८६)। "La federalización de Buenos Aires: debates y documentos"। Buenos Aires: Buenos Aires: Hyspamerica।
- ↑ "Viena encabeza el 20º ranking de Calidad de Vida de Mercer"। मेसेर। सङ्ग्रह मिति १५ अप्रिल २०१८।
- ↑ "Calidad de vida 2018 Clasificaciones de la ciudad"। मेसेर। सङ्ग्रह मिति १५ अप्रिल २०१८।
- ↑ "Introducción a la arquitectura en Buenos Aires"। Lonely Planet। १४ जुन २०११। सङ्ग्रह मिति १८ जनवरी २०१५।
- ↑ "Historia y cultura de Buenos Aires"। Adventure Life। सङ्ग्रह मिति २८ मे २०१२।
- ↑ Distancias. Sitio de turismo de la ciudad de Buenos Aires. Consultado el 11 de junio de 2011.
- ↑ "Ciudad de Buenos Aires"। Dirección General Centro Documental de Información y Archivo Legislativo। सङ्ग्रह मिति १९ डिसेम्बर २०१८।
- ↑ "Ubicación"। सङ्ग्रह मिति ११ डिसेम्बर २०१०।
- ↑ Mapa Oficial de la Ciudad Autónoma de Buenos Aires वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
- ↑ "Servicios y trámites"। Gobierno de la Ciudad de Buenos Aires। सङ्ग्रह मिति २९ नोभेम्बर २०११।
- ↑ ANEXO de la LEY Nº 1.777 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१५ मिति
- ↑ Catastro oficial de la Ciudad de Buenos Aires
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक सरकारी वेबसाइट (स्पेनीमा)
- सहरको जानकारी
- सहरको अनुमानित जनसङ्ख्या
- इन्साइक्लोपिडिया ब्रिटानिका
- माइक्रसफ्टमा (अभिलेख २००९-१०-३१)
- यस पृष्ठ सम्बन्धित भौगोलिक तथ्याङ्क बुएनोस आइरेस ओपन स्ट्रिट नक्सामा रहेको छ।
३४°३६′१२″द॰ ५८°२२′५४″प॰ / ३४.६०३३३°S ५८.३८१६७°W