बुटवल टेक्निकल इन्स्टिच्यूट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुटवल टेक्निकल इन्स्टिच्यूट
स्थान
नक्सा
बुटवल

नेपाल
जानकारी
स्थापनासन् १९६३
संस्थापकओड होफ्टन
आवद्धताप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद
वेबसाइटhttp://bti.org.np/

बुटवल टेक्निकल इन्स्टिच्यूट (बिटिआई) एक समुदायिक प्राविधिक शैक्षिक संस्था हो। यो रुपनदेही जिल्लाको बुटवलमा अवस्थित छ। यो शैक्षिक संस्था सन् १९६३ मा युनाइटेड मिसन टु नेपाल (युएमएन)को ओड होफ्टनको नेतृत्वमा स्थापना गरिएको थियो। उनी नर्वेको इन्जिनियर थिए। त्यतिखेर, ओड होफ्टनलाई युएमएनले तानसेन मिसन अस्पताल निर्माणको लागि नियुक्त गरेको थियो। अस्पताल निर्माणको क्रममा उनले स्थानीय दक्ष व्यक्तिहरू फेला पार्न सकेनन्। यसैले उनलाई प्राविधिक प्रशिक्षणको लागि बिटिआईको स्थापना आरम्भ गर्न प्रेरित गरेको थियो।[१][२] यस संस्थानमा नेपाल हाइड्रो र इलेक्ट्रिक कम्पनीको १.३% हिस्सा रहेको छ।[३] ‍‌‍‍

पाठ्यक्रमहरू[सम्पादन गर्नुहोस्]

बिटिआईमा उत्पादन-आधारित चार वर्षे प्रशिक्षण दिइन्छ। प्रशिक्षार्थीहरूले कक्षा कोठामा निर्देश प्राप्त गर्छन् त्यसपछि सम्बद्ध कम्पनीहरूसँगको सहकार्यमा जागीर र प्रशिक्षण प्राप्त गर्दछन्। हाल, यसले मेकानिकल, इलेक्ट्रिकल, सिकर्मी र वेल्डिङको प्रशिक्षण प्रदान गर्दछ। बिटिआईले महिला कौशल विकास कार्यक्रम जस्ता विशेष समुदाय-आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्दछ।

उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

बिटिआईलाई प्राविधिक सीप विकास गरेकोमा राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गरेको छ।[४][५][६] जलविद्युत निर्माणको लागि बिटिआईको योगदान निर्धारणात्मक मानिएको छ। सन् १९७८ मा बिटिआईबाट स्नातक गरेका विद्यार्थीहरूको एउटा सर्वेक्षणले ९५% प्रशिक्षार्थीहरूले रोजगार पाएको जानकारी गराएको थियो।[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Follesdal, Andreas (२०११), Review of 'Kraftverket: Odd Hoftun: Portrett Av Et Livsverk' 
  2. Magazine, New Spolight, "On Hydropower", SpotlightNepal, अन्तिम पहुँच २०२०-०८-०६ 
  3. "नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूर हडतालमा", HimalKhabar, अन्तिम पहुँच २०२०-०७-०३ 
  4. "बुटवल उपमहानगरले अघि बढायो महिलालाई उद्यमी र आत्मनिर्भर बनाउने अभियान, फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम – Janata Times", अन्तिम पहुँच २०२०-०७-०३ 
  5. "उपमहानगरपालिकाले दिन लाग्यो दुईसय महिलालाई नि : शुल्क तालिम", Sansar News- Nepal's Fast Khabar Online News Portal, २०१९-११-१२, अन्तिम पहुँच २०२०-०७-०३ 
  6. "Butwal Technical Institute | Training - Production", अन्तिम पहुँच २०२०-०७-०३ 
  7. "petersplassen.no", अन्तिम पहुँच २०२०-०७-०३ 
  8. पाठ, पुष्परमण वाग्ले २५ माघ २०७४ १३ मिनेट, "प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था", अन्तिम पहुँच २०२०-०७-०३