बुमष्टार्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुमष्टार्टर डटरू
साइटको प्रकार
संयुक्त कोष
उपलब्ध भाषारूसी
युआरएलboomstarter.ru
अलेक्सा क्रमवृद्धि २,४७,९७७ (विश्वव्यापी)
व्यवसायिकहो
दर्ताआवश्यक
चालु भएको मिति२१ जुलाई २०१२; ११ वर्ष पहिले (२०१२-०७-21)
वर्तमान स्थितिचालू

बुमष्टाटर व्यवसायीक परियोजना, प्राविधिक, रचनात्मक, सामाजिक तथा अन्य परियोजनाहरूका लागि संयुक्त कोष मञ्च हो। परियोजना किकष्टार्टरसँग मिल्दोजुल्दो छ।[१][२] बुमष्टार्टरले विभिन्न परियोजनाहरूको लागि वित्तलाई आकर्षित गर्दछ जसमा चलचित्र, प्रविधि, सङ्गीत, श्रव्य दृश्य खेल, प्रकाशन, आदि पर्दछन्।

बुमष्टाटर २१ अगष्ट २०१२ मा रूस्लान तुगुसेभ र एभजेनी ग्याभरिलिनद्वारा संयुक्त रूपमा सुरुवात गरिएको थियो। यसको प्रधान कार्यालय रूसको राजधानी मस्कोमा अवस्थित छ। [३].

कार्यहरू[सम्पादन गर्नुहोस्]

बुमष्टाटरले रचनात्मक र प्राविधिक परियोजनाहरूका लेखकहरूकालाई संयुक्त कोषको शैलीको प्रयोग गरी उनीहरूको कार्यान्वयनको लागि रकम आकर्षित गर्न मद्दत गर्दछ। वित्त प्राप्त गर्नका लागि तपाईलाई बुमष्टाटर परियोजनाको विवरण दर्ता गर्न आवश्यक पर्छ र बताईएको अवधिको लागि कम्तिमा पनि रकम जम्मा गर्नु पर्दछ। यदि सङ्ग्रह असफल भयो भने, प्रायोजकहरूको लागि पैसा फिर्ता हुन्छ।[४]

बुमष्टाटरले यसको काम गरे बापत ५००० रूबल दस्तुर काट्छ भने यसले ३.५ भुक्तानी शुल्क लिन्छ र १३% भुक्तानी व्यक्तिगत आयकरमा जान्छ।[५] तपाईको परियोजनालाई बुमष्टाटरमा राख्दै हुनुहुन्छ भने लेखकहरूले सम्पत्तीमा सबै अधिकार राख्छन् तथापि सबै परियोजना आँकडा सार्वजनिक रूपमा रहन्छ र वित्तिकरण पूरा भएपछि परिवर्तन गर्न वा मेटाउन मिल्दैन।

सम्भावित सफल परियोजनाहरूको लागि लगभग एक उद्योगको रूपमा व्यवस्थापक संस्था सञ्चार माध्यम साझेदारको रूपमा रहेका हुन्छन् जसले यसका मिडिया स्रोतहरू मार्फत मानिसहरूलाई परियोजनाको बारेमा जानकारी दिन मद्दत गर्दछ जसको व्यवस्थापकहरू - "भेष्टी", "स्लोन डटरू" दूरदर्शन च्यानल र जोड एचडी तथा अन्य धेरै दूर्दशनहरू समावेश छन्।[६]

प्रत्यक्ष परियोजनाहरू[सम्पादन गर्नुहोस्]

यसले परियोजनाहरू २० वटा श्रेणीमा स्वीकार गर्दछ जसमा व्यवसाय, प्रविधि, मुद्रा, पर्यटन, समाज, खाना, खेल, बनावट, प्रकाशन, कला, फेसन, सङ्गीत, चलचित्र तथा श्रव्य दृश्य, तस्वीर आदि पर्दछन्।

उत्पादन तथा स्पष्ट परिभाषित उद्देश्यहरूका साथ परियोजनाहरूमा भाग लिनका लागि (उदाहरणको लागी, सङ्गीतको सङ्गीतीक सङ्गालो रेकर्ड, पुस्तकको संस्करण)। यदि तपाई नयाँ उत्पादन सृजना गर्नुहुन्छ भने यो तयार, नमूना पाउन योग्य छ। निजी व्यवसाय खोल्न र विस्तार गर्नु पनि एक परियोजनाको लागि राम्रो विचार हो।

बुमष्टाटरको नियमहरूले रूसी कानून उल्लङ्घन गर्ने परियोजनाहरू अनुमति दिँदैन जसमा व्यक्तिहरूको उपचार, छात्रवृत्ति, अभियान, व्यक्तिगत खरीद (जस्तै क्यामेरा खरीद) समावेश छन्।

प्रदर्शन सङ्केतहरू[सम्पादन गर्नुहोस्]

अगष्ट २०१२ देखि, १७८८ भन्दा बढी परियोजनाहरूले ३६३ मिलियन रूबल उठाएका थिए। सबैभन्दा लोकप्रिय प्रविधिहरू, चलचित्र र श्रव्य दृश्य, पुस्तक, सुखाङ्ख्य खेल, बनावट, समाज, आदि हुन्।[४]

२०१८ को गृष्ममा, बुमष्टाटरले आइसिओमा एक (अज्ञात शब्द) जारी गर्ने घोषणा गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "W.K.? попросили у поклонников денег на запись нового альбома", Lenta.ru, २०१२-०८-२४, अन्तिम पहुँच २०१३-०६-१८ 
  2. Мария Горбачёва (२०१२-०९-१४), "Стартап-линч: BoomStarter. Есть ли рынок для краудфандинга?", Slon.ru, अन्तिम पहुँच २०१३-०६-१८ 
  3. "Объявлены лауреаты премии «Стартап года» 2012", Полит.ру, २०१२-१२-०५, अन्तिम पहुँच २०१३-०६-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-२६ मिति
  4. ४.० ४.१ Римма Авшалумова (११.०४.२०१४), "Как краудфандинг работает в России", Ведомости, अन्तिम पहुँच २०१४-०५-१० 
  5. Авторам — Boomstarter
  6. Юрий Ильин (४ февраля २०१३), "Руслан Тугушев, Boomstarter: «Деньги перетекают к успешным проектам»", Компьютерра, अन्तिम पहुँच २०१४-०५-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]