ब्रुक टेलर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ब्रुक टायलर बाट पठाईएको)
Jump to navigation Jump to search
ब्रुक टेलर
BTaylor.jpg
ब्रुक टेलर (सन् १६८५ - सन् १७३१)
जन्म१८ अगस्ट १६८५
एडमन्टन, मिडलसेक्स, इङ्ल्यान्ड
मृत्यु२९ डिसेम्बर १७३१ (४६ वर्ष)
लन्डन, इङ्ल्यान्ड
नागरिकताअङ्ग्रेजी
मातृ शिक्षाप्रतिष्ठानसेन्ट जोन्स कलेज, क्याम्ब्रिज
चिनारीको कारणटेलरको साध्यटेलर श्रेणी
वैज्ञानिक करियर
क्षेत्रगणितज्ञ
शिक्षासेन्ट जोन्स कलेज, क्याम्ब्रिज
शैक्षिक सल्लाहकारजोन मेचिनजोन कील

ब्रुक टेलर एफआरएस (अङ्ग्रेजी: Brook Taylor FRS) (१८ अगस्ट १८६५ - २९ डिसेम्बर १७३१) टेलरको साध्यटेलर श्रेणीका लागि चिनिने अङ्ग्रेजी गणितज्ञ थिए।

प्रारम्भिक र कार्य जीवन[सम्पादन गर्ने]

मेथोडस इङ्क्रिमेन्टोरम डाइरेक्टा एट इन्भर्सा, सन् १७१५

ब्रुक टेलरको जन्म तत्कालको मिडलसेक्समा अवस्थित एडमन्टनमा प्याट्रिक्सबोर्न, केन्टको बिफ्रोन्स हाउसका जोन टेलर र डरहमका बार्ट सर निकोलस तेम्पेस्टकी छोरी ओलिभिया तेम्पेस्टको छोराको रूपमा भएको थियो।[१]

सन् १७०१ मा आम जनताको रूपमा सेन्ट जोन्स कलेज, क्याम्ब्रिजमा भर्ना गरेका टेलरले सन् १७०९ मा कानुनमा स्नातक उत्तीर्ण गरी सन् १७१४ कानुनमा विद्यावारिधि उत्तीर्ण गरे।[२] जोन मेचिनजोन कीलको अधीनमा शिक्षा प्राप्त गरेका टेलरमा सन् १७०८ मा "दोलनको केन्द्र" सँग सम्बन्धित समस्याको समाधान पत्ता लगाए जसको सन् १७१४ मा प्रकाशन भएपछि गणितज्ञ योहान बर्नोलीद्वारा विवाद गरिएको थियो।[३] सन् १७१५ मा प्रकाशित टेलरको मेथोडस इङ्क्रिमेन्टोरम डाइरेक्टा एट इन्भर्सा (रोमन: Methodus Incrementorum Directa et Inversa) ले गर्दा गणितमा नयाँ शाखा थपिएको थियो जसलाई वर्तमानमा "परिमित अन्तरको कलन" भनिन्छ। यस शाखाको अन्य प्रयोग भए तापनि टेलरले यसलाई धागोको कम्पनले उत्पन्न गर्ने चालको प्रकार पत्ता लगाउने काममा प्रयोग गरेका थिए। उनको यस कार्यमा नै गणितमा प्रयोग भइरहने टेलरको साध्य समावेश गरिएको थियो जसलाई सन् १७७२ मा जोसेफ लुई लाग्रान्जले "अवकलनको प्रमुख जग" भनेपछि मात्रै महत्त्वपूर्ण मान्न थालिएको थियो।[४]

सन् १७१५ मा प्रकाशित लिनियर पर्स्पेक्टिभ (अङ्ग्रेजी: Linear Perspective, अनुवाद: रेखा परिप्रेक्ष्य) नामक निबन्धमा टेलरले आफ्नो साध्यको मूल भाव समावेश गरेका थिए तर अत्यन्तै छोटो भएको हुनाले यसलाई बुझ्नमा कठिनाइ भएको हुनाले फेरि सन् १७५४ मा जशुवा कर्बी र सन् १७६१ मा ड्यानियल फोर्निएरका निबन्धमा विवेचना गर्नुपरेको थियो।[४][५] सन् १७१२ मा टेलरलाई सर आइज्याक न्युटनगटफ्रिड लेब्निजद्वारा दावी गरिएका तथ्यको निर्णय गरेको हुनाले रोयल सोसाइटीको सदस्य बनाउनका लागि निर्वाचन गरिएको थियो। १३ जनवरी १७१४ देखि २१ अक्टोबर १७१८ सम्म उनले उक्त सोसाइटीको सचिवको रूपमा काम गरे। सन् १७१५ मा उनले धर्म, आध्यात्म र दर्शनमा लागे। उनले निकोलस मेलब्रान्सको सिद्धान्तको विषयमा आधारित भई कुम डे मोन्टमोर्ट (फ्रान्सेली: Comte de Montmort, अनुवाद: मोन्टमोर्टको गणना) प्रकाशित गरेका थिए। सन् १७१९ मा उनले आखन भ्रमण गरी फर्केपछि अन द जुइस सेक्रिफाइसेस अन द लफुलनेस अफ इटिङ ब्लड (फ्रान्सेली: On the Jewish Sacrifices and On the Lawfulness of Eating Blood, अनुवाद: यहुदी त्याग र रक्तापानको वैधता) नामक लेख पूरा गरेका थिए जसलाई कहिल्यै आधिकारिक रूपमा प्रकाशन गरिएन।[४]

सन् १७१७ देखि उनका अनुप्रयोग तथा परीक्षणले उनको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न थालेको थियो।[६]

सन् १७२१ मा वलिङटन, लन्डनकी मिस ब्रिजेससँग विवाह गरेपछि उनी र उनको पिताको सम्बन्धमा दरार आएको थियो। सन् १७२३ मा प्रसवको बेला उनकी श्रीमतीको मृत्यु भएको केही समय पछि नै उनको छोराको पनि मृत्यु भयो। यसपश्चात उनले दुई वर्ष आफ्नो परिवारका साथ् बिफ्रोन्समा समय बिताई सन् १७२५ मा ओलनटाइ, केन्टकी स्याबेटा सब्रिजसँग भएको थियो जसको मृत्यु पनि सन् १७३० मा प्रसवको बेला नै मृत्यु भयो। यस पालि, यद्यपि, उनकी एक मात्र छोरी एलिजाबेथ बाँचिन्।[७] सन् १७२९ मा उनको पिताको मृत्यु पछि बिफ्रोन्सको जग्गा उनको नाममा सारिएको थियो। आइज्याक न्युटनरोजर कोट्स पछिका सबैभन्दा प्रभावशाली हुने क्षमता भएको टेलरले आफ्नो सिद्धान्त तथा साध्यका उचित अभिलेख नराखेका हुनाले उनी खासै चर्चित छैनन्।[४]

स्वास्थ्यमा खासै सुधार नदेखिएको टेलरको मृत्यु २९ डिसेम्बर १७३१ मा ४६ वर्षको उमेरमा लन्डनमा अवस्थित सोमर्सेट हाउसमा भएको थियो।

ब्रुक टेलरकी दिदीको मृत्यु सन् १७७१ मा ९१ वर्षको उमेरमा भयो।[७]

चुनावित लेख[सम्पादन गर्ने]

ब्रुक टेलर

टेलरको मृत्यु पछि सन् १७९३ मा उनका नाति सर विलियम यङले निजी सञ्चालनका लागि कन्टेम्प्लेसियो फिलोसोफिका (रोमन: Contemplatio Philosophica, अनुवाद: दार्शनिक सर्वेक्षण) नामक पुस्तकको प्रकाशन गरेका थिए।[६] सन् १७१९ मा उनले आफ्नो साध्यमा केही सुधार गरी न्यू प्रिन्सिपल्स अफ लिनियर पर्स्पेक्टिभ (अङ्ग्रेजी: New Principles of Linear Perspective, अनुवाद: रेखा परिप्रेक्ष्यका नयाँ सिद्धान्तहरू) नामक अभिलेखको प्रकाशन गरेका थिए जसमा फेरि सुधार गरी जोन कोल्सनद्वारा सन् १७४९ मा र फेरि पछि सन् १८११ मा पुनः प्रकाशन गरिएको थियो। सन् १७५७ मा यसको फ्रान्सेली संस्करण पनि प्रकाशित गरिएको थियो।[८] मेथोडस इङ्क्रिमेन्टोरम डाइरेक्टा एट इन्भर्सा (रोमन: Methodus incrementorum directa et inversa, अनुवाद: प्रगति र विपरित रूपमा) मा टेलरले पहिलो पटक खगोलीय अपवर्तनको बारेमा चित्त बुझ्दो तरिकाले वर्णन गरेका थिए।[९][४]

विरासत[सम्पादन गर्ने]

ब्रुक टेलरको सम्मानमा चन्द्रमामा रहेको प्रहार क्रेटरको नाम टेलर राखिएको छ।[१०]

सन्दर्भ समर्गी[सम्पादन गर्ने]

  1. जोप्लिङ, जोसेफ (सन् १८३५), Dr. Brook Taylor's Principles of Linear Perspective., लन्डन। 
  2. ढाँचा:Acad
  3. Phil. Trans. २८, पृ: ६। 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४  Chisholm, Hugh, सं (१९११). "Taylor, Brook". इन्साइक्लोपिडिया ब्रिटानिका. २६ (११औँ संस्करण). क्याम्ब्रिज विश्वविद्यालय छापाखाना. pp. ४६७-४६८. 
  5. एन्डरसन मार्लो, क्याट्ज भिक्टर, जे. विल्सन, रबिन जे., Sherlock Holmes in Babylon: And Other Tales of Mathematical History., पृ: ३०९। 
  6. ६.० ६.१ "Review of New Publications", द जेन्टलम्यान्स म्यागजिन (लन्डन): ४३६–६९०, मे १७३९, अन्तिम पहुँच ३१ अगस्ट २०२० 
  7. ७.० ७.१ "Epitaph", द जेन्टलम्यान्स म्यागजिन (लन्डन): ४८७, अक्टोबर १७७२, अन्तिम पहुँच ३१ अगस्ट २०२० 
  8. Nouveaux principes de la perspective linéaire, traduction de deux ouvrages, l'un anglais du Docteur Brook Taylor. L'autre latin, de Monsieur Patrice Murdoch. Avec un essai sur le mélange des couleurs par Newton, पृ. ५, गुगल बुक्स मा
  9. P. 108
  10. "Planetary Names: Crater, craters: Taylor on Moon", गजेटियर अफ प्ल्यानेटरी नोमेन्क्लेचर, अन्तिम पहुँच १० जून २०१६ 

बाह्य कडी[सम्पादन गर्ने]