भैरव राग
स्वरूप
| ठाट | भैरव |
|---|---|
| प्रकार | सम्पूर्ण |
| समय | बिहानी;[१] सङ्गीत कार्यक्रमको सुरुवातमा |
| आरोहण | सा रे ग म प ध नि सां/सा ग म ध नि सां |
| अवरोहण | सा नि ध प म ग रे सां |
| पकड | ग म ध ध प, ग म रे रे सां |
| चलन | स ग म प ध ध प म ग म रे सां |
| वादी | ध |
| सम्वादी | रे |
| समान | मायामालवगोव्ला |
| मिल्दोजुल्दो | |
भैरव हिन्दुस्तानी शास्त्रीय सङ्गीत अन्तर्गत पर्ने भैरव ठाटको एउटा राग हो। यस रागमा सातै स्वर लाग्ने भएकोले यसको जाति सम्पूर्ण मानिन्छ। रे र ध यस रागमा कोमल लाग्छन्। वादी स्वर ध र सम्वादी स्वर रे मानिन्छ। यस रागलाई गाउनको लागि बिहानको समय उपयुक्त मानिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]भैरव रागलाई निक्कै प्राचीन राग मान्ने गरिन्छ र यसको उत्पत्ति कयौं शताब्दी पहिले भएको हो।[२] भैरव रागको उत्पत्ति सम्बन्धमा विवादहरू रहेका छन्। केही सङ्गीतकारहरूका अनुसार भैरव राग पहिलो राग थियो जुन भगवान शिवको मुखबाट उत्पन्न भएको थियो भने केही सङ्गीतकारहरूको तर्क अनुसार भैरव रागको उत्पत्ति भगवान सूर्यको मुखबाट भएको थियो जसकारण यस रागलाई एकाबिहानै गाउने गरिन्छ।